अग्रज कथाकार भागीरथी श्रेष्ठको लघुकथाकृति ‘पानीको अर्थ’ एक कार्यक्रमबिच लोकार्पित गरिएको छ । यो उहाँको दोस्रो लघुकथाकृति हो । ३४ वर्षअघि उहाँको पहिलो लघुकथाकृति ‘रङ्गीन पोखरी’ प्रकाशित भएको थियो । कृतिमा प्रकृति, समाज र मानवीय जीवनसँग पानीको सम्बन्धका कुरालाई कृतिभित्र उल्लेख गर्न खोजिएको छ ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले विद्यार्थीलाई सङ्गीतमा अध्ययन गराउन थालेपछि यसै वर्षदेखि नगरभित्रका १६ वटा विद्यालयमा सङ्गीत कक्षा सञ्चालनमा आएका छन् । सङ्गीत कक्षा सुरु भएपछि विद्यार्थीमा मोबाइलको लत घटाउन सहयोग गर्ने पनि सङ्गीत कक्षाको एउटा आधार भएको नगर शिक्षा अधिकारी हेमचन्द्र पौडेलले बताउनुभयो । सङ्गीत सिकाइले विद्यार्थीको विषयवस्तुमा ध्यानाकर्षण हुने क्षमता विकास हुने तथा आधुनिक तथा परम्परागत बाजाको संरक्षण गर्न यो कार्यक्रमले मद्दत गर्ने पौडेलको भनाइ छ ।
दाङमा सुविधासम्पन्न थिएटर बन्ने भएपछि स्थानीय कला, संस्कृतिको संरक्षण र प्रवर्धनमा थप टेवा पुग्ने भएको छ । स्थानीय कला, संस्कृति तथा सिर्जनशीलताको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यसहित दाङको घोराहीमा सामुदायिक कलाघर ‘पहल थिएटर’ निर्माण हुने भएको छ ।
जेनजी आन्दोलनपछि अन्तरिम सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका अनिलकुमार सिन्हा बुधबार बिदाइ हुनुभएको छ । बिदाइ हुँदै गर्दा मन्त्री सिन्हाले १६६ बुँदे कार्यप्रगति सार्वजनिक गर्नुभएको छ । जस अनुसार कार्यकालमा सुशासन, औद्योगिक विकास, व्यापार सहजीकरण र आपूर्ति व्यवस्थापनका क्षेत्रमा सुधारका काम अघि बढाइएको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोत अनुमान तथा मूल्याङ्कन सम्पन्न गर्दै बजेट तयारीको गृहकार्य अघि बढाएको हो ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।
सोलुखुम्बुको लोबुचेमा भएको अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना उडानअघि पाइलटलाई अद्यावधिक मौसमसम्बन्धी पर्याप्त सूचना नहुनु र हिउँले ढाकिएको समथर नरहेको हेलिप्याडका कारण भएको देखिएको छ ।
पश्चिम एसियाका देशमा जारी युद्धका कारण खाडी मुलुकका गन्तव्यमा हुँदै आएका चार सयभन्दा बढी उडान प्रभावित भएका छन् । फागुन १६ गतेदेखि उडान सुरक्षासम्बन्धी तनावका कारण पश्चिम एसियाका नौ वटा देशमा गैरसैनिक उडान प्रतिबन्धका कारण फागुन २० गतेदेखि बुधबारसम्म सात वटा वायुसेवा कम्पनीका ४०६ अन्तर्राष्ट्रिय उडान रद्द भएका हुन् ।
इलाममा आउने पर्यटकलाई इलाम सदरमुकामनजिकै रहेको नेपाल भिलेज होमस्टेले निकै आकर्षण गर्ने गरेको छ । यो होमस्टे नयाँ बनेको घर भने होइन, न त यो कुनै सुविधा सम्पन्न होटेल रिसोर्ट नै हो ।
संयुक्त राज्य अमेरिका सरकारले नेपालमा हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बहुमत प्राप्त गर्न सफल भएकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बधाई दिएको छ । अमेरिका सरकारको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले रास्वपा सभापति रवि लामिछानेलाई टेलिफोनमार्फत कुराकानी गर्दै निर्वाचनमा प्राप्त जितका लागि बधाई दिनुभएको हो ।
ट्राफिक प्रहरीले ‘राइड सेयरिङ’ सवारीमाथि कडा निगरानी बढाएको छ । प्रहरीले विशेष चेकिङ अभियान सञ्चालन गर्दै कारबाही गरिरहेको छ । ‘राइड सेयरिङ’ चालकले मनोमानी पैसा असुल्ने, बार्गेनिङ गर्ने र अनलाइन नलिई अफलाइन चलाउने गुनासो बढेपछि ट्राफिक प्रहरीले निगरानी बढाएको हो ।
सरकारी स्वास्थ्य सेवामा कार्यरत विशेषज्ञ चिकित्सकको तलब मासिक दुई लाख रुपियाँ पुर्याउन प्रस्ताव गरिएको छ । सार्वजनिक प्रशासन रूपान्तरण अभियानले सार्वजनिक गरेको प्रस्तावमा स्वास्थ्यकर्मीको संरचनामा व्यापक सुधार आवश्यक रहेको औँल्याउँदै चिकित्सकको न्यूनतम तलब मासिक दुई लाख रुपियाँ पुर्याउन सुझाव दिएको हो । अभियानले भावी सरकारलाई बुझाएको सुधार खाकामा हाल विशेषज्ञ चिकित्सकको तलब अन्य सरकारी कर्मचारी सरह रहेको उल्लेख गर्दै यसलाई पुनर्संरचना गर्दै दुई लाख रुपियाँ पुर्याउने प्रस्ताव गरेको हो ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन असोजमा हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले १५ औँ महाधिवेशन २०८३ असोज १६, १७, १८ र १९ गते गर्ने निर्णय गरेको हो । प्रवक्ता देवराज चालिसेका अनुसार प्रदेश अधिवेशन २०८३ असोज ७ र ८ गते, जिल्ला अधिवेशन २०८३ असोज २ र ३ गते गर्ने निर्णय भएको छ । कांग्रेसले संविधान संशोधन सम्बन्धमा अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन गर्ने निर्णय गरेको छ । उहाँले भन्नुभयो, “संविधान संशोधनको विषयमा अध्ययन गरी आवश्य
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा रहेका कागमा बर्डफ्लु पुष्टि भएको छ । पशु सेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले कीर्तिपुरका जङ्गलमा काग मरेको जानकारी पाइएपछि विभागको प्राविधिक टोली गएर परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको जानकारी दिनुभयो । कागमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङक्रमण पुष्टि भएपछि सतर्कता अपनाउन आग्रह गर्दै आत्तिनुपर्ने अवस्था नरहेको जानकारी दिनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमा मतदाताले देखाएको अभूतपूर्व सहभागिता लोकतन्त्रप्रतिको अटुट विश्वास भएको बताउनुभएको छ । चुनावी प्रक्रिया समापनका अवसरमा निर्वाचन आयोगले बुधबार आयोजना गरेको जलपान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सु्दृढ तुल्याएको बताउनुभयो ।