दाङको कोइलावास भन्सार कार्यालयले ३९ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरूको अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
सरकारले सोमबार उखुको मूल्य र अनुदान रकम निर्धारण गरेको छ । तर महोत्तरीका उखु किसानले भने सरकारले आपूmहरुको मागअनुसार मूल्य नतोके पनि गत वर्षभन्दा केही बढाएको उल्लेख गर्दै चित्त बुझाएका छन् ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले आँखामा मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने भएको छ ।
सिरहा–धनुषा जोड्ने कमला नदीमा जनस्तरबाट पुल निर्माणका लागि सिरहाको औरही नगरपालिकाले एक करोड सहयोग गरिने घोषणा गरेको छ ।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र पाटन हेल्थ ल्याब प्रालिबिच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूलाई ललितपुर थसिखेलमा रहेको पाटन हेल्थ ल्याब प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सोमबार सम्झौता भएको बैंकले जनाएको छ ।
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भगवती माध्यमिक विद्यालयले हात पारेको छ ।
। बाजुराको बडीमालिका नगरपालिका –४ रिलामा भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । यहाँका झण्डै १८० घरपरिवारमा भाइरल ज्वरोका बिरामीहरु रहेका छन् ।
यहाँको मुस्ताङ–डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ । विसं २०२२ मा पहिचान भएको यस गाउँको नाम हो साङ्ता । पछि पत्ता लागेका कारण यहाँको साङ्ता गाउँलाई मुस्ताङ जिल्लाको सबैभन्दा कान्छो गाउँसमेत भन्ने गरिएको छ ।
महिला स्वास्थ्य, महिला उद्यमशीलता, नीति र न्याय, सशक्तीकरण र जवाफदेहिता क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने महिला जनप्रतिनिधि छनोट कार्यक्रम “शी लिड आइकन”को लम्कीचुहा नगरपालिका कैलालीकी नगरप्रमुख सुशीला शाही प्रथम विजेता बन्नुभएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका–३,स्थित स्याङ गाउँमा दुई दशक अगाडि स्थानीय फलेन्द्रप्रसाद थकालीले अनुदानमार्फत दुई वटा जर्सी दुधालु गाई भित्र्याउनुभयो ।
सप्तरीबाट हराएका एक सयभन्दा बढी बालबालिका, महिला तथा ज्येष्ठ नागरिक फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
पश्चिम नवलपरासीस्थित सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर)मा भएको पुरातात्विक उत्खननमा बौद्कलीन शहरका भग्नावशेष र पूर्वाधारहरू फेला परेका छन् ।
नवलपुर सदरमुकाम कावासोती–११, लौगाईस्थित श्री नारायणी प्राथमिक विद्यालय निकै नाजुक अवस्थामा पुगेको छ । विसं २०५३ सालमा स्थानीय बोटे, माझी, मुसहरलगायत विपन्न परिवारका बालबालिकालक्षित विद्यालय हाल खारेज नै हुने अवस्थामा पुगेको छ । विद्यालयमा हरेक वर्ष विद्यार्थी सङ्ख्या घट्दै गएको अवस्थामा विद्यालयका प्रधानाध्यापकले समेत राजीनामा दिएर रा
भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ ।