नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वर्गीय बुवा मोहनप्रसाद ओलीको १३ औं पुण्यतिथिको अवसरमा परम्परा अनुसारको संस्कार सम्पन्न गर्नुभएको छ । गुण्डुस्थित रहेको अध्यक्षको निवासमा सो संस्कार पूर्ण गरिएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित अन्नपूर्ण आधार शिविर (एबिसी) मा रहेको पिसफुल लज एन्ड रेस्टुरेन्टमा आगलागी भएको छ ।
वीर अस्पतालले अत्याधुनिक ल्याब मेडिसन (स्पेक्ट, सिटी) उपकरण भित्र्याएको छ । अस्पतालको मेडिकल फिजिसिस्ट प्राडा. कञ्चनप्रसाद अधिकारीका अनुसार उक्त उपकरणको जडानको काम अन्तिम चरणमा रहेको छ । केही दिनमा सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँको भनाइ छ।
इजरायली सेनाले बुधवार तेहरानमा इरानको रक्षा मन्त्रालय अन्तर्गत सञ्चालित दुई सैनिक मिसाइल उत्पादन स्थलमा आक्रमण गरेको घोषणा गरेको छ ।
इरान, अमेरिका र इजरायलबिच जारी युद्धको बिचमा कूटनीतिक पहल तीव्र हुँदै गए पनि समग्र अवस्था अझै अन्योलपूर्ण र तनावग्रस्त बनेको छ ।
धनुषाको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्व–पश्चिम लोकमार्गमा बुधबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
धनकुटाको हिलेमा जारी १८ औ संस्करणको कोशी प्रदेशस्तरीय अन्तरपालिका रामनवमी कप भलिबल प्रतियोगिता सभापोखरी, पाख्रिवास र कन्काइ विजयी भएका छन् ।
पूर्वी अफ्रिकाबाट अरब प्रायद्वीपतर्फ जाने ‘पूर्वी मार्ग’ मा सन् २०२५ मा ९२२ आप्रवासी मृत्यु वा बेपत्ता भएका छन् । यो अहिलेसम्मकै सबैभन्दा घातक वर्ष भएको संयुक्त राष्ट्र आप्रवासन एजेन्सी (आइओएम) ले बुधबार जनाएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विभिन्न जटिलता र व्यवधान बेहोरेर पनि निर्वाचन आयोगले घोषित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरेको बताउनुभएको छ ।
आर्थिक जोखिमबाट बच्नका लागि बिमा हरेक मानिसका लागि आवश्यक रहेका नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख जमुना अर्यालले बताउनुभएको छ ।
एनआइसी एशिया बैँकको दलदले शाखाले घरधनीलाई जानकारी नदिई घर लिलाम गरी अर्कैलाई बेचेको भन्दै मिटरब्याज विरुद्ध किसान मजदुर संघर्ष समिति नवलपुरले विरोध जनाएको छ ।
झापामा मङ्गलबार बिहान र साँझ आएको हावाहुरी तथा असिना पानीले विभिन्न पालिकाहरूमा क्षति गरेको छ । एक साताअघि आएको हावाहुरी र असिना पानीले सो क्षति गरेको हो ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सफलता पूर्वक सम्पन्न भएको उपलक्ष्यमा आयोगमा विशेष कार्यक्रम गरेको छ ।
शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको तेस्रो डोलीयात्राको अवसरमा बुधबार आयोजित रक्तदान कार्यक्रममा भक्तजनहरुले रक्तदान गरेका छन्।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थीलाई बिदाइ गरेको छ।