तिव्र इजरायली आक्रमणका कारण एक लाख ३० हजार भन्दा बढी मानिस लेबनानबाट सिरियामा स्थानान्त्रण गरेको आप्रवासनका लागि संयुक्त राष्ट्रसङघीय सङ्गठन (आइओ एम) ले जनाएको छ ।
सिन्धुली जिल्लाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था ‘सिन्धुली अस्पतालमा एनेस्थेसिया चिकित्सकको अभावमा डेढ महिनादेखि शल्यक्रिया सम्बन्धी सबै सेवा ठप्प भएका छन् ।
मध्यपूर्वमा जारी युद्धबिच कूटनीतिक प्रयासले गति लिएको सङ्केत दिँदै इरानले अमेरिकाबाट १५ बुँदे युद्धविराम प्रस्ताव प्राप्त गरेको दाबी पाकिस्तानी अधिकारीले गरेका छन् । यद्यपि तेहरानले औपचारिक रूपमा यस्तो वार्तामा संलग्न नरहेको अडान दोहोर्याउँदै आएको छ ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिज–२०२६ अन्तर्गत थाइल्यान्डमा खेल्ने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिजका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बुधबार ३२ सदस्यीय प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ ।
जिल्लामा व्यावसायिक रुपमा टमाटर खेती गर्ने किसानले अहिले नयाँ प्रविधि प्रयोग गरेर टमाटर खेती गर्ने तर्फ अग्रसर भएका छन ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पदभार ग्रहण गर्नुभएको छ। राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित संसद् सचिवालय पुगेर उहाँले आफ्नो कार्यकक्षमा पदभार सम्हाल्नुभएको हो।
नेपालका आठ जना क्रिकेटरले एकै पटक वेल्जियमको लिग खेल्ने भएका छन् ।
तनहुँ प्रहरीले पछिल्लो तीन दिनमा अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधन र लागुऔषध ओसारपसारमा सङ्लन व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले खप्तड पर्यटन विकास बोर्डको अध्यक्षमा नेकपा (एमाले) की जमुना चन्दलाई नियुक्त गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको स्वतन्त्रता, सामाजिक न्याय, सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्ने ठूलो दायित्व अब जनप्रतिनिधिहरूको काँधमा आएको बताउनुभएको छ।
बागलुङमा एक हजार रुपैयाँको नक्कली नोट फेला परेका छन ।
काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले २० जना विदेशी महिलालाई पक्राउ गरेको छ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका-२, भाचेमा सडक फराकिलो बनाउनका लागि ढुङ्गा फुटाउने क्रममा पहरा खस्दा एक्साभेटरसहित चालक पुरिएका छन् ।
बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक महत्त्वका बहुवर्षीय सडक आयोजनाहरूको निर्माण प्रभावित बनेको छ ।
बाँकेमा यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थी घटेका छन् । यस वर्ष बाँकेबाट नौ हजार ६१५ जना विद्यार्थीले एसइई दिन लागेका हुन् ।