दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को समूह चरण सम्पन्न भइसकेको छ । प्लेअफ, इलिमिनेटर र अन्तिम भिडन्त मात्र बाँकी हुँदा उपाधि विजेताको धमिलो तस्बिर सफा देखिन थालेको छ । अब गत उपविजेता सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्ग्स, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स मात्र उपाधि होडमा बाँकी छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
कलाकार हरेराम जोजिजुले नेपाली कागजमा कोर्नुभएको चित्रकलाले कला पारखीको ध्यान तान्न सफल भएको छ ।
गुल्मीको छत्रकोट गाउँपालिकामा सञ्चालन भएको आठौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीताको उपाधी आत्मबोध मावि छत्रकोट गाउँपालिका–५ खज्र्याङले जितेको छ । १३ स्वर्ण, चार रजत र छ कास्य गरेर २३ पदकसहित आत्मबोध प्रथम भएको हो ।
यस वर्षको सूर्यभक्त–पतनादेवी स्मृति वाङ्मय पुरस्कार पोखरा निवासी वरिष्ठ व्यङ्ग्यकार दुर्गा बराल वात्स्यायनलाई प्रदान गरिएको छ ।
नेपाली चलचित्र ‘जेरी अन टप’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । गत असोज ३१ गतेदेखि प्रदर्शन भएको ‘जेरी अन टप’ ले शनिबार सो कोसेढुङ्गा छोएको हो । उक्त चलचित्रले काठमाडौँ उपत्यकामा रहेका क्युएफएक्स सिटी स्क्वाएर, रन्जना सिनेप्लेक्स, वान सिनेमाज नयाँ बानेश्वर र कालीमाटी, एफक्युब चाबहिल र इलाइट सिनेमा इटहरीमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको उक्त चलचित्रका वितरक करण श्रेष्ठले जानकारी दिनुभयो ।
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो क्वालिफायर खेल हुनेछ ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विकास साझेदार संस्थाहरू परियोजनामुखी भएकाले सामाजिक अभियानहरू प्रभावकारी नभएको बताउनुभएको छ । सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा सोमबार यहाँ आयोजित तीनदिने अन्तर्राष्ट्रिय सिकाइ सम्मेलनको उद्घाटनमा मन्त्री खरेलले विकास र सामाजिक परिवर्तनको क्षेत्रमा काम गर्ने अधिकांश विकास साझेदार सं
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ८२ पैसा र बिक्रीदर १४४ रुपियाँ ४२ पैसा निर्धारण गरिएको छ ।
गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको जेननी आन्दोलनमा मृत्युवरण गरेका ४५ जना सहिदको सूची सबै जिल्ला प्रशासन कार्यालयमा राख्न निर्देशन दिएको छ ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ६७ वटा दलले दर्ताको निवेदन दिएका छन् । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ताका लागि मङ्सिर २१ देखि २३ गतेसम्मको समयसीमा तोकेको छ ।
गायक, गीतकार तथा मोडल अशोक बिष्टको स्वर रहेको नयाँ लोकगीत ‘मिठो मिठो बोली’ सार्वजनिक भएको छ । उक्त गीतलाई लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले सार्वजनिक गर्नुभयो ।
रसुवा जिल्लाको कालिका गाउँपालिका –५ मा सोमबार भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । बिहान करिब ७ः३० बजे बारीमा घाँस काटिरहेका जिवजिवेका चेतनाथ गजुरेल र नौकुण्ड गाउँपालिका –५ खाल्चेतका मानबहादुर थिङलाई जङ्गली भालुले आक्रमण गरेको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनु भएको छ।