जनगुनासा सुन्न संघ सरकारले सञ्चालन गरेको ‘हेल्लो सरकार’मा लमजुङबाट ७६ वटा गुनासा दर्ता भएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९२० कायम भएको छ ।
मकवानपुरका भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र तीन जना घाइते भएका छन् । कान्ति लोकपथको बकैया गाउँपालिका वडा नम्बर ११ घट्टेपाखा स्थित सडकखण्डमा आइचर ट्रक दुर्घटना हुँदा वीरगञ्ज महानगपालिका ३२ का २० को सन्तोष यादवको मृत्यु भएको हो ।
जुम्लामा कारागारका कैदीवन्दीको स्वास्थ्य परीक्षण गरिएको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको समन्वयमा जुम्ला कारागारका कैदीवन्दीलाई स्वास्थ्य परीक्षण गरिएको हो।
देशभरका निजी विद्यालयहरूको शुल्क महँगिँदै गएपछि धेरै अभिभावकका लागि आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षा दिलाउनु चुनौतीपूर्ण बन्दै गएको छ।
पूर्वी नेपालका सहरमा पर्यटकहरूलाई पोखरा बोलाउन ‘जाउँ है पोखरा’ कार्यक्रमका साथ सोमबारदेखि निस्केको होटल सङ्घ नेपाल (हान) पोखराको टोलीलाई पूर्वी नेपालका व्यवसायीले ‘कनेक्टिभिटी’ सहज बनाउन आग्रह गरेका छन् ।
बाँकेको बैजनाथ गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क प्राथमिक कान उपचार शिविरमा ८१६ जनाको कानको उपचार गरिएको छ ।
कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका–११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको सफल शल्यक्रिया भएको छ । उहाँले बुधबार बिहान सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी दिनुभएको छ ।
उहाँलाई राजनीतिमा प्रवेश गर्न ठुलो दुःख गर्नु परेन । राजनीतिक पृष्ठभूमि बोक्नुभएका उहाँले बुवा चन्द्रकान्त चौधरीको राजनीतिक विरासतलाई यतिबेला अगाडि बढाउनुभएको छ
गोरखामा केही दिनदेखि परेको अविरल वर्षा र असिनाले पालुङटार नगरपालिका–७ बगरगाउँका किसान गुञ्ज बहादुर चेपाङको काक्रो खेती पूर्ण रूपमा नष्ट भएको छ।
प्रतिनिधि सभा निर्वाचनमा धनकुटाबाट एमालेका नेता राजेन्द्र राई विजयी हुनुभएको छ । धनकुटाबाट राई तेस्रो पटक विजयी हुनुभएको हो । राईले नेपाली कांग्रेसका दिनेश राई
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ४ स्थित जगत रिसोर्ट होटलबाट सुन जस्तो देखिने धातुसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित सांसद क्षितिज थेवे यतिबेला मतदाता भेटघाटमा व्यस्त हुनुभएको छ । नवनिर्वाचित प्रतिनिधि स
खाना पकाउने ग्यासको कृत्रिम अभाव बढ्न थालेपछि स्थानीय प्रशासनले बजार अनुगमन गर्न थालेको छ । अनुगमनपश्चात् अहिले जिल्लामा आधा सिलिन्डर ग्यास वितरण हुन थालेका छन् । आधा सिलिन्डर वितरण हुने गरे पनि ग्यासको अभाव कायमै रहेको छ, माग अनुसार सिलिन्डरको आपूर्ति हुन सकिरहेको छैन । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाको नेतृत्वमा अनुगमन गर्न खटिएको टोलीले धेरै ठाउँबाट लुकाएर राखेका ग्यास समात्न थालेपछि आधा सिलिन्डर ग्यास पाउन अलि सहज भएको छ । यस्तो बेलामा पनि बजारमा कृत्रिम अभाव देखाएर ग्यासको मूल्य बढी लिने काम भइरहेको गुनासो कावासोती नगरपालिका–१ का अमरसिंह विकले बताउनुभयो ।