सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको आक्रमणमा मृत्यु सङ्ख्या ११४ पुगेको राज्य सरकारले आइतबार जनाएको छ, जसमा ६३ बालबालिका छन् भने करिब ७१ जना घाइते भएका छन् ।
गत भदौ २४ गते सिन्धुलीमा जेनजीको आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् ।
कालीकोट जिल्लाको महावै गाउँपालिकाले एक आर्थिक वर्षमा ७० लाख नजिक रकम होचुवाको तालमा वितरण गरेको पाइएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण समस्याको पूर्ण समाधान गर्न नसकिएको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताउनु भएको छ ।
भारतीय राजदूतावासबाट प्राप्त एम्बुलेन्स गोसाइँकुण्ड गाउँपालिकाले टिमुरे स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
थासाङ गाउँपालिका–५ स्थित कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउरालीलगायतका स्थानमा भालुका कारण मानवीय जोखिम बढेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको शिवालय गाउँपालिका–१ को चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीमाथि रकम हिनामिनाको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दर्ता गरेको छ।
जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशितरूपमा बढेको छ । फेडरल तथ्याङ्क संस्था डेस्टाटिसका प्रारम्भिक तथ्याङ्कअनुसार, कारखाना उत्पादन महिनामा १.८ प्रतिशतले बढेको छ, जुन सेप्टेम्बरमा भएको १.१ प्रतिशत वृद्धिभन्दा बढी हो ।
आर्थिक शिथिलतालाई चिर्दै बजार चलायमान बनाउने उद्देश्यसहित मोरङ उद्योग व्यापार सङ्घले ‘विराट ट्रेड एक्स्पो २०८२’ आयोजना गर्ने भएको छ । आगामी पुस ९ गतेदेखि १९ गतेसम्म एक्स्पो सञ्चालन गर्ने तयारी गरिएको छ ।
नव युवा समूह (जेनजी)को आन्दोलनको क्रममा भदौ २४ गते तनहुँ कारगारबाट भागेका स्याङ्जाको पुतलीबजार नगरपालिका–९ का २६ वर्षीय ईश्वर दर्जीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
रूपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक व्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ को गेटमा निर्माण गरिएको नमूना लण्डन ब्रिजमा दर्शकको आकर्षण बढेको छ ।
विनासकारी चक्रवातले नित्याएको भारी वर्षापछि हाल देश भरका सबै जलाशयको जलस्तर निरन्तर सामान्य हुँदै गएको श्रीलङ्काको सिँचाइ विभागले सोमबार जनाएको छ ।
नेपालगन्ज भन्सार कार्यालयबाट आइतबारदेखि ‘भन्सार मूल्याङ्कन डाटावेस प्रणाली’को सुरुवात भएको छ । अर्थमन्त्री रामेश्वर खनालले उक्त प्रणालीको आइतबार नेपालगन्ज भन्सार कार्यालयमा उद्घाटन गर्नुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र पारिएको छ ।