राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रिय उपाध्यक्ष तथा पूर्व सांसद गोविन्दविक्रम शाहको निधन भएको छ ।
मेची पहाड जोड्ने मेची राजमार्ग अन्तर्गत इलामको माईखोला माथि राजदुवाली–भन्ज्याङ सडकखण्ड अवरुद्ध हुने निश्चितजस्तै भएको भन्दै इलामबासीले यस खण्डको विकल्प दिन सरकारलाई आग्रह गरेका छन् ।
नवलपुरमा अटोको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभयो ।
नेपालमा स्वास्थ्य सेवाको विकासको इतिहासमा ‘आँखा उपचार सेवा’ एउटा सफल उदाहरणका रूपमा स्थापित भएको छ । सीमित स्रोत, जटिल भौगोलिक अवस्था र स्वास्थ्य सेवाको सीमित पहुँचका बाबजुत नेपालले अन्धोपन न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रलाई समेटेर आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको तयारी अर्थ मन्त्रालयले तीव्र पारेको छ। बजेट सार्वजनिक हुन करिब दुई महिना बाँकी छँदा मन्त्रालयले प्रक्रिया अघि बढाएको हो।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पूर्वपश्चिम राजमार्ग विस्तारले निर्धारित गति लिन सकेको छैन। कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) अन्तर्गत सर्लाही, महोत्तरी र धनुषामा चार लेनको राजमार्ग बनाउने काम जारी छ। तर आयोजना र निर्माण कम्पनीहरूले स्वीकार गरे अनुसार कामको गति अपेक्षाकृत सुस्त छ।
वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका सल्यानका एक युवकको आफ्नै साथीको चक्कु प्रहारबाट मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका–३ दमारखोलाका २१ वर्षीय बेदबहादुर बुढा रहनुभएको छ।
बाँके जिल्लाका विभिन्न नदी र खोलामा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन र ओसारपसार तीव्र रूपमा भइरहेको पाइएको छ।
चीनले आफ्नो विकासको नयाँ अध्यायका रूपमा २०२६ देखि २०३० सम्मको १५ औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ। यो योजना चीनको भविष्यको मार्गचित्र मात्र नभई विश्व अर्थतन्त्रमा अग्रसरता कायम राख्ने रणनीतिक दस्तावेज पनि हो।
दाङको घोराहीस्थित ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटलले सुविधासम्पन्न एमआरआई शुभारम्भ भएको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नेरुवा खोलामा निर्माण गरिँदै आएको मोटर गुड्ने (मोटरेवल) पुल भाँचिएको छ । मङ्गलबार साँझ भएको वर्षापछि नेरुवा खोलामा आएको बाढीका कारण निर्माणाधीन उक्त पुल भाँचिएको हो ।
जनगुनासा सुन्न संघ सरकारले सञ्चालन गरेको ‘हेल्लो सरकार’मा लमजुङबाट ७६ वटा गुनासा दर्ता भएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९२० कायम भएको छ ।
मकवानपुरका भएको छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु र तीन जना घाइते भएका छन् । कान्ति लोकपथको बकैया गाउँपालिका वडा नम्बर ११ घट्टेपाखा स्थित सडकखण्डमा आइचर ट्रक दुर्घटना हुँदा वीरगञ्ज महानगपालिका ३२ का २० को सन्तोष यादवको मृत्यु भएको हो ।