कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विभिन्न जटिलता र व्यवधान बेहोरेर पनि निर्वाचन आयोगले घोषित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरेको बताउनुभएको छ ।
आर्थिक जोखिमबाट बच्नका लागि बिमा हरेक मानिसका लागि आवश्यक रहेका नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख जमुना अर्यालले बताउनुभएको छ ।
एनआइसी एशिया बैँकको दलदले शाखाले घरधनीलाई जानकारी नदिई घर लिलाम गरी अर्कैलाई बेचेको भन्दै मिटरब्याज विरुद्ध किसान मजदुर संघर्ष समिति नवलपुरले विरोध जनाएको छ ।
झापामा मङ्गलबार बिहान र साँझ आएको हावाहुरी तथा असिना पानीले विभिन्न पालिकाहरूमा क्षति गरेको छ । एक साताअघि आएको हावाहुरी र असिना पानीले सो क्षति गरेको हो ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सफलता पूर्वक सम्पन्न भएको उपलक्ष्यमा आयोगमा विशेष कार्यक्रम गरेको छ ।
शक्तिपिठको रुपमा पर्सा जिल्लामा मात्र नभइ यस भेगमा प्रख्यात माइस्थान गहवामाइ मन्दिरको तेस्रो डोलीयात्राको अवसरमा बुधबार आयोजित रक्तदान कार्यक्रममा भक्तजनहरुले रक्तदान गरेका छन्।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थीलाई बिदाइ गरेको छ।
ट्राफिक कार्यालय बागलुङले सवारी दुर्घटना न्युनीकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक र यात्रुलाई सचेतना अभियान सञ्चालन गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको काँधमा ठुलो दायित्व आएको बताउनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि यथावत् हुँदै जानुपर्नेमा जोड दिनुभएको छ ।
तिव्र इजरायली आक्रमणका कारण एक लाख ३० हजार भन्दा बढी मानिस लेबनानबाट सिरियामा स्थानान्त्रण गरेको आप्रवासनका लागि संयुक्त राष्ट्रसङघीय सङ्गठन (आइओ एम) ले जनाएको छ ।
सिन्धुली जिल्लाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था ‘सिन्धुली अस्पतालमा एनेस्थेसिया चिकित्सकको अभावमा डेढ महिनादेखि शल्यक्रिया सम्बन्धी सबै सेवा ठप्प भएका छन् ।
मध्यपूर्वमा जारी युद्धबिच कूटनीतिक प्रयासले गति लिएको सङ्केत दिँदै इरानले अमेरिकाबाट १५ बुँदे युद्धविराम प्रस्ताव प्राप्त गरेको दाबी पाकिस्तानी अधिकारीले गरेका छन् । यद्यपि तेहरानले औपचारिक रूपमा यस्तो वार्तामा संलग्न नरहेको अडान दोहोर्याउँदै आएको छ ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा सिरिज–२०२६ अन्तर्गत थाइल्यान्डमा खेल्ने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिजका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बुधबार ३२ सदस्यीय प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ ।
जिल्लामा व्यावसायिक रुपमा टमाटर खेती गर्ने किसानले अहिले नयाँ प्रविधि प्रयोग गरेर टमाटर खेती गर्ने तर्फ अग्रसर भएका छन ।