उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै बुधबार चैती छठ पर्व श्रद्धा र भक्तिपूर्वक सम्पन्न भएको छ । पारिवारिक सुख, शान्ति र दीर्घायुको कामनासहित मनाइने यो पर्वको धार्मिक महत्व उस्तै रहे पनि राजविराजस्थित भगवती पोखरीको फोहोर पानीले भने यस पटक ब्रतालुहरूलाई असहज बनाएको छ ।
नेपाली सेनाले उदयपुरको त्रियुगा नगरपालिका वडा ८ साहिखोलास्थित खाटमन्दिर आधारभूत विद्यालयको पूरानो जीर्ण भवन मर्मत सम्हार तथा स्तरवृद्धि गरी स्थानीय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
गोरखापत्र संस्थान र गोरखापत्र एकेडेमीको संयुक्तरूपमा पुस ३ गते ललितपुरको द प्लाजामा आयोजना गरिएको ‘गोरखापत्र डिस्कोर्स’को समीक्षा गरिएको छ ।
गत तीन दिन बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज चौथो कारोबार दिन भने दोहोरो अङ्कले घटेको छ ।
बागलुङ निर्वाचन क्षेत्र नं. २ का सांसद सोम शर्माको अगुवाइमा बागलुङवासीलाई काठमाडौं उपत्यकाको बिएन्डबी अस्पतालमा उपचारमा छुट दिने व्यवस्था गरिएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विभिन्न जटिलता र व्यवधान बेहोरेर पनि निर्वाचन आयोगले घोषित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरेको बताउनुभएको छ ।
टीकापुर साहित्य महोत्सवको तेस्रो संस्करण थारू साहित्य तथा सांस्कृतिक महोत्सवका रूपमा मनाइने भएको छ । टीकापुर साहित्य समाजको आयोजनामा चैत १३ गतेदेखि १५ गतेसम्म टीकापुरमा साहित्य महोत्सव हुँदैछ ।
नुवाकोटको शिवपुरी गाउँपालिका–३, गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
पश्चिमी इराकमा भएको आक्रमणमा सात जना सुरक्षाकर्मीको मृत्यु भएको रक्षा मन्त्रालयले बुधबार जनाएको छ । गत फेब्रुअरी-२८ मा इरानविरुद्ध अमेरिका र इजरायली आक्रमणले भड्काएको युद्ध हाल इराकको अधिकाशं भागमा फैलिएको छ ।
जनस्वास्थ्यको मुख्य समस्याका रूपमा रहेको क्षयरोगको समस्या सुदूरपश्चिम प्रदेशमा बढ्न थालेको छ ।
बाँके राष्ट्रिय निकञ्ज र भारतको शोहलुवा वन्यजन्तु आरक्ष जोड्ने कम्दी जैविक मार्ग (काेरिडोर) मा वन्यजन्तुको वासस्थान सुधार कार्यक्रम सुरु गरिएको छ।
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा सञ्चालित जडीबुटी प्रशोधन उद्योग सिल गरिएको एक महिना बितिसक्दा पनि पुनः सञ्चालनमा आउन नसक्दा करिब ५० लाख रुपैयाँ बराबरको कच्चा पदार्थ नोक्सानी भएको छ ।
बाढीले पुलको टेका र फर्मा राखिएको जमिनको सतह बगाएपछि निर्माण सम्पन्न हुन लागेको पुल भाँचिएको हो ।
बङ्गलादेशका विशाल शरणार्थी शिविरमा बस्ने रोहिङ्ग्या शरणार्थीले बुधबार खाद्य सहायता कटौतीको खबरपछि गम्भीर चिन्ता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले नगद सङ्कटमा परेपछि १२ लाख शरणार्थीका लागि राशन घटाउने तयारी गरिरहेको छ ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार सिंहदरबारस्थित संसद् सचिवालय र नयाँ संसद् बैठक कक्षको अवलोकन गर्नुभएको छ ।