राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कार्यसमितिलाई तीन महिना निलम्बन गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको बताएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन पेस गर्नुभएको छ ।
नेपाल उमा कुङफु सङ्घले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको छ ।
रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौलीको मुगिटार बस्ती ‘पारी’, मन्थली नगरपालिका वडा नं ६ को कुनाउरीमा अवस्थित माझी बस्ती ‘वारी’ र बीच भएर बगेको तामाकोशी नदीमाथि निमाणाधीन मोटर चल्ने पुल ।
लमजुङको दोर्दी गाउँपालिका–५ सादीखोलामा घरायसी विवादका क्रममा बञ्चरो प्रहार हुँदा श्रीमतीसहित तीन जना घाइते भएका छन्।
हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) मा प्लेबक्स एरेनामाथि फराकिलो जित निकालेको छ ।
नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्यतालिका पारित गरेको छ ।
नेपाल माल्दिभ्समा जारी यु–२० साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल नजिक पुगेको छ ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा मधेश प्रदेश र कर्णाली प्रदेश विजयी भएको छ ।
मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री मनिषकुमार सुमनले ई–रिक्सा चालकका लागि सवारीचालक अनुमतिपत्र (लाइसेन्सं) प्राप्त गर्ने प्रक्रिया सहज बनाइने प्रतिवद्धता जनाउनुभएको छ ।
सप्तरी प्रहरीले भन्सार छलेर भारतबाट अवैध रुपमा ल्याइएका दुई वटा मोटरसाइकलसहित कपडा बरामद गरेको छ ।
पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका लागि पाँचौ पटक सूचना जारी गरिएपनि आवेदन परेको छैन ।
चालु आथिृक वर्षको आठ महिना विती सक्दा पनि सामाजिक विकास कार्यालय हुम्लाको हालसम्मको समग्र प्रगति २६ प्रतिशत रहेको छ । यो उक्त कार्यालयको चालु र पुँजीगत खर्च सहितको प्रगति हो ।
उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै बुधबार चैती छठ पर्व श्रद्धा र भक्तिपूर्वक सम्पन्न भएको छ । पारिवारिक सुख, शान्ति र दीर्घायुको कामनासहित मनाइने यो पर्वको धार्मिक महत्व उस्तै रहे पनि राजविराजस्थित भगवती पोखरीको फोहोर पानीले भने यस पटक ब्रतालुहरूलाई असहज बनाएको छ ।