प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधि सभाका नवनिर्वाचित २७४ जना सदस्यलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराउँदै हुनुहुन्छ । उहाँले सभाको ज्येष्ठ सदस्यको हैसियतमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गर्नुभयो ।
ढाकाबाट १२५ किलोमिटर दक्षिणमा करिब ४० जना बोकेको बस दुर्घटना भई नदीमा डुब्दा यसमा सवार अधिकांश नदीमा डुवेको आशङ्का गरिएको छ।
जिल्लाको कालिका गाउँपालिका–१ ग्राङजुङ डाँडास्थित पासाङल्हामु मार्गमा आज साँझ कन्टेनर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ ।
काठमाडौँ महानगरपालिका–२७ ले वीर अस्पतालसँगको सहकार्यमा निःशुल्क रूपमा वडावासीको कलेजो जाँच गर्ने भएको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘पदमार्गमा आधारित पर्यटन विकास परियोजना’ले प्रदेशको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपियाँ वृद्धि गरेको हो ।
दाङको लमहीमा बरामद गरिएको अखाद्य चामल नष्ट गरिएको छ । म्याद सकिएको गुन लागेको र झुम्रा परेको चामल प्रशोधन गरी बिक्रीका लागि तयारी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको चामल बुधवार नष्ट गरिएको हो ।
गुल्मीमा टिपरको ठक्करबाट घाइते हुनुभएकी एक वृद्धाको मृत्यु भएको छ। बुधबार यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा १३ मा टिपरको ठक्करबाट घाइते हुनुभएको ९२ वर्षीय वृद्धाको मृत्यु भएको हो।
प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गर्नुभएको छ।
सुनसरीका विभिन्न ठाउँमा बर्ड फ्लू पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ ।
नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको हातहातमा पुर्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सम्बद्ध निकायहरूले तीव्रताका साथ काम गरिरहेका छन् ।
सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा फर्छ्यौट गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कार्यसमितिलाई तीन महिना निलम्बन गरेको छ ।