नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानको टोलीसँग भेटघाट तथा छलफल गर्नुभएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा इस्ट बङ्गालले ट्रान्सपोर्ट युनाइटेडलाई ४–० गोलले हरायो ।
अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनकारीले क्षति गरेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको निरीक्षण गर्नुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वर्रे संघर्षका योद्धा दिवंगत भेषराज ढुंगानाले कम्युनिस्ट आन्दोलनलाई सुदृढ बनाउने क्रममा देखाएको त्याग, समर्पण र अविचलित प्रतिबद्धता आजको पुस्ताका लागि प्रेरणाको स्रोत बनेको बताउनुभएको छ ।
वीरगञ्ज महानगरपालिकाले व्यवस्थित तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा ल्याएको छ । व्यवस्थित तरकारी तथा फलफूल थोक बजारको अभाव रहेकोमा वीरगञ्जमा आइतबार बजार शुभारम्भ गरिएसँगै अभाव पूरा भएको छ ।
म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थानको रुम्मा गाउँमा रहेका मौलिक कला र सिपबाट निर्माण गरिएका घरहरु भत्किन थालेका छन् । बसाइँसराइका कारण घरहरु खाली भएसँगै गाउँको पहिचान मेटिन थालेको हो ।
नेपाली कृषि वैज्ञानिकहरूले उत्पादन गरेको मधु जातको काँक्रोको अनुसन्धान परीक्षण नवलपुरमा सफल भएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हरिलाल पौडेलद्वारा रचना गरिएको प्रक्रियासार कौमुदी (प्रयोगात्मक संस्कृत भाषा व्याकरण) पुस्तकको लोकर्पण गरिएको छ ।
नवलपुरको कावासोती नगरपालिका –४ हसौराका वासिन्दाले वर्षौदेखि जोत कमोद गर्दैआएको जमिन दर्ताको माग गर्दै सोमबार जिल्ला प्रशासन र मालपोत कार्यालय घेराउ गरेका छन् ।
काठेखोला गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अमर मावि बिहुँले जितेको छ । गत शनिबारदेखि काठेखोला गाउँपालिका –६ मा रहेको भीमसेन माध्यमिक विद्यालयमा सञ्चालित सातौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड अमर माविले हात पारेको हो ।
इजरायली कब्जामा रहेका सेनाले सोमबार कब्जा गरिएको वेस्ट ब्याङ्कबाट छ जना प्यालेस्टिनीलाई पक्राउ गरेको जनाएको छ ।
थाइल्यान्डले सोमबार आफ्नो छिमेकी क्याम्बोडियामा हवाई आक्रमण सुरु गरेको छ । दुबै पक्षले सीमा विवादका कारण एकअर्कामाथि आरोप-प्रत्यारोप जारी राखेका छन् ।
गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा.सुबोधकुमार पोखरेलको गीति एल्बम ‘परेली’को आज यहाँ एक समारोहबिच विमोचन गरिएको छ ।