अष्ट्रेलियाको अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिँदै गएको छ, जहाँ फेब्रुअरी महिनामा वार्षिक मुद्रास्फीति दर घटेर ३.७ प्रतिशतमा पुगेको छ ।
वन डढेलोको जोखिम कम गर्न धनुषाको भाटिघारी सामुदायिक वन क्षेत्रमा क्यामेरा जडान गरिएको छ।
नेपाल भारत सीमानाको नजिक रहेका भारत उत्तरप्रदेशका विभिन्न ठाउँ र नेपालका समेत केही ठाउँमा बर्डफ्लु देखिएपछि बाँके जिल्ला पनि बर्डफ्लुको उच्च जोखिममा रहेको छ ।
अमेरिका र इरानबिच सम्भावित वार्ताका सङ्केत देखिइरहेका बेला इरानले बुधबार इजरायल तथा खाडी क्षेत्रका लक्ष्यतर्फ नयाँ मिसाइल आक्रमण गरेको छ । यो आक्रमणले कूटनीतिक पहलसँगै सैन्य तनाव पनि समानान्तर रूपमा जारी रहेको स्पष्ट पारेको छ ।
देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग सुरु भइसकेको छ । यतिखेर सिंहदरबारका सबै मन्त्रालयमा मन्त्रीहरू भई दिएको भए प्रदेश एवं स्थानीय तहका जनप्रतिनिधिहरु बजेट माग्न सिंहदरबारमा आइसकेका हुने थिए ।
अझै पनि विश्व आर्थिक वृद्धिको प्रमुख चालकका रूपमा एशिया कायम रहेको एक नयाँ प्रतिवेदनले देखाएको छ । मङ्गलबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार विश्व कुल गार्हस्थ उत्पादनमा एशियाको हिस्सा निरन्तर बढिरहेको छ ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नैतिकवान, अनुशासित, जिम्मेवार र राष्ट्रप्रति सद्भाव भएका कर्मचारीले मात्र मुलुकमा प्रभावकारी रूपमा कार्यसम्पादन गर्न सक्ने बताउनुभएको छ ।
अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ ।
सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार इश्वरचन्द्र गौतम सम्मानित हुनुभएको छ । सो पुरस्कारको राशि २५ हजार सहित सम्मानपत्र रहेको छ ।
चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा मुस्ताङबाट करिब दुई सय विद्यार्थी सहभागी हुने भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रिय उपाध्यक्ष तथा पूर्व सांसद गोविन्दविक्रम शाहको निधन भएको छ ।
मेची पहाड जोड्ने मेची राजमार्ग अन्तर्गत इलामको माईखोला माथि राजदुवाली–भन्ज्याङ सडकखण्ड अवरुद्ध हुने निश्चितजस्तै भएको भन्दै इलामबासीले यस खण्डको विकल्प दिन सरकारलाई आग्रह गरेका छन् ।
नवलपुरमा अटोको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभयो ।
नेपालमा स्वास्थ्य सेवाको विकासको इतिहासमा ‘आँखा उपचार सेवा’ एउटा सफल उदाहरणका रूपमा स्थापित भएको छ । सीमित स्रोत, जटिल भौगोलिक अवस्था र स्वास्थ्य सेवाको सीमित पहुँचका बाबजुत नेपालले अन्धोपन न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।