काभ्रेपलाञ्चोक जिल्लाको चौँरीदेउराली–५ का मधुकुमार चौलागाईंले लामो समयसम्म कानुन व्यवसायीका रूपमा काम गर्नुभयो । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन नेकपा (मा
सप्तरी प्रहरीले सवारी ज्यान मुद्दाका एक प्रतिवादीलाई पक्राउ गरेको छ । ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएपछि प्रतिवादीलाई पक्राउ गरेको हो ।
गर्मी बढेसँगै निकुञ्जभित्र पानीको स्रोत सुक्ने र पानीको अभाव देखिन थालेपछि बर्दिया राष्ट्रिय निकुञ्जले कृत्रिम पोखरी निर्माण गर्न थालेको छ । यस वर्ष निकुञ्जभित्र चार स्थानमा कचौरा आकारका कृत्रिम पोखरी निर्माण गरिएको छ । निकुञ्जका अनुसार पानी ढुवानी गर्न सवारीसाधन सहज रूपमा पुग्न सक्ने स्थान छनोट गरेर पोखरी निर्माण गरिएको छ । पोखरीमा दैनिक जसो पानी भरेर वन्यजन्तुलाई निरन्तर पानी उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।
पश्चिम नवलपरासीमा चैत १९ गते देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईको तयारी सुरु भएको छ ।
सिमकोट गाउँपालिका—८, स्याँडा गाउँका स्थानीयहरू आवतजावत गर्न निक्कै जीर्ण अवस्थामा रहेको माजसाँघु खोलाको काठेपुलमा बाध्य छन् ।
डिभिजन वन कार्यालयले वन्यजन्तु र जडीबुटीको चोरीसिकारी नियन्त्रणमा सक्रियता बढाएको छ । चालु आर्थिक वर्षको चैत दोस्रो सातासम्मको अवधिमा करिब १८६ क्युफिट काठ बरामद गरेको छ भने ४९ टन गुजरगानो नियन्त्रण गर्न सफल भएको छ । कार्यालयले यो अवधिमा नौ वटा मुद्दा दायर गरेको छ । यसमा वन पैदावरतर्फ छ वटा र वन्यजन्तुतर्फ तीन वटा मुद्दा दायर गरेका छन् । गत मङ्सिरमा सुर्खेतको लेकबेँसी नगरपालिकको आरनटुँडाबाट ४९ टन गुजरगानो जडीबुटी बरामद गरिएको छ । प्रतिबन्धित गुजरगानो नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय सुर्खेतका सूचना अधिकारी वरिष्ठ वन अधिकृत नवराज पौडेलले बताउनुभयो ।
धनकुटाको हिलेमा मंगलबारदेखि १८औँ संस्करणको कोशी प्रदेशस्तरीय अन्तरपालिका रामनवमी कप भलिवल प्रतियोगिता सुरु भएको छ ।
कर्णाली प्रदेश राधजानी सुर्खेतबाट कर्णालीका हिमाली जिल्लामा हवाईसेवा सञ्चालनको प्रयास थालिएको छ । अहिलेसम्म प्रदेश राजधानी सुर्खेतबाट हिमाली जिल्लामा सिधा हवाईसेवा छैन । हिमाली जिल्ला जानका लागि लुम्बिनी प्रदेशको नेपालगन्ज आएर जानुपर्ने बाध्यता छ ।
नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
विसं २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा शून्य नतिजा आएका विद्यालयप्रति जिल्ला परीक्षा समन्वय समितिले चासो देखाएको छ । यस वर्षको एसइईमा नतिजा सुधार
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
सुक्खायामसँगै वन डढेलोको जोखिम बढ्दै गएपछि तनहुँमा त्यसको नियन्त्रण र व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्लास्तरीय वन डढेलो द्रुत प्रतिकार्य टोली गठन गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भारतबाट आएका सहयोगापेक्षीको बिगबिगी बढेको छ । भारतको विभिन्न ठाउँबाट बालबच्चासहित आएका सहयोगापेक्षीले स्थानीयवासी, व्यापारी, बटुवालाई हैरान पार्ने गरेका छन् । उनीहरूले धनगढी उपमहानगरपालिकाको धनगढीगाउँ र भुइँयाघाट जोड्ने सडक किनारमा डेरा हालेर बस्दै विभिन्न टोल र बजारक्षेत्रमा माग्ने काम गरिरहेका छन् । यो कार्यमा २०/२५ परिवारका व्यक्ति सक्रिय छन् ।
कैलालीको बर्दगोरिया गाउँपालिकाले छाडा पशुचौपायाको दिगो व्यवस्थापन तथा गौशाला सुदृढीकरण गर्ने भएको छ । पर्याप्त खाना र व्यवस्थापन अभावले गौशालामा रहेका गाईको नाजुक अवस्था झल्काउने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पालिकाले व्यवस्थापनमा चासो दिएको हो । गा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा