चैत्राष्टमी मेला २०८२ को मुख्य आकर्षणको रुपमा रहेको खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । चैत्राष्टमी मेलाको उद्घाटनसँगै भलिबल प्रतियोगिताको पनि उद्घाटन गरिएको हो ।
नेपालमा धेरै जसो योजनामा गरिएको लगानी बालुवामा हालेको पानी जस्तै भएको छ । सस्तो लोकप्रियताका लागि हचुवाको भरमा योजना बनाउने, लगानी गर्ने अनि कमिसनको चक्करमा योजना बेवारिसे पार्ने कामले प्रतिफल राम्रो प्राप्त हुन सकेको छैन । योजनाको निरन्तर अनुगमन र व्यवस्थापनको कमी मुख्य समस्या बनेको छ । काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सञ्चालित द्रुत बससेवा यस्तै दुश्चक्र
मिथिलाञ्चलको महान् सांस्कृतिक तथा धार्मिक पर्व छठको चौथो दिन बुधबार उदाउँदो सूर्यलाई अर्घ दिई पर्व सम्पन्न गरिएको छ । चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै विधिवत् रूपमा पर्वको समापन भएको हो ।
राजनीतिले आफ्नो सहजताका लागि निर्माण गरेको सहयोगी संयन्त्रको आधुनिक स्वरूप सार्वजनिक प्रशासन हो । सार्वजनिक प्रशासनसँग सरकार र विधायिकीले बनाइदिएका नीति र कानुन हुबहु कार्यान्वयन गर्ने जिम्मेवारी रहन्छ । प्रशासनिक कानुनले उनीहरूको अस्तित्व संरक्षण र सञ्चालन गर्छ । त्यो प्रशासनिक कानुनको ढाँचा निर्माण र कार्यान्वयनको शैली राजनीतिक दर्शनबाट निःसृत हुन्छ । तसर्थ प्रशासनको भुत्तेपन वा निक्खराको अमृत वा विषको भागीदारी राजनीतिमा नै रहन्छ ।
बैतडीमा एक परिवारले स्वलगानीमा विद्यालयमा पुस्तकालय स्थापना गर्नुका साथै विद्यार्थीलाई कथा लेखनमा प्रेरित गरी पुस्तक प्रकाशनसमेत गरेका छन् ।
सुशासन आधुनिक राज्य व्यवस्थाको मेरुदण्ड हो । शासन प्रणाली कति लोकतान्त्रिक, उत्तरदायी र प्रभावकारी छ भन्ने मूल्याङ्कन केवल संविधान, कानुन वा संस्थागत संरचनाबाट मात्र हुँदैन । यसको वास्तविक परीक्षा नागरिकले दैनिक जीवनमा अनुभूत गर्ने सार्वजनिक सेवाको गुणस्तर, सरकारप्रतिको विश्वास र सार्वजनिक निकायको जवाफदेहिताबाट हुन्छ । नेपालमा पछिल्ला वर्ष राजनीतिक परिवर्तनसँगै सङ्घीय शासन प्रणालीको अवलम्बन तथा
मुक्तिनाथ विकास बैंकले पुतलीबजार नगरपालिका– १४ मा एक सय जना विद्यार्थीलाई विद्यालय झोला र एक सेट कम्प्युटर प्रदान गरेको छ ।
१. ‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस’ द्वारा सार्वजनिक (सन् २०२६ मार्च) प्रतिवेदन अनुसार आतङ्कवादी गतिविधि हुने देशहरूको सूचीमा नेपाल कति औँ स्थानमा रहेको छ ? ८९ औँ – सन् २०२५ को प्रतिवेदनमा नेपाल ६८ औँ स्थानमा रहेको थियो । यसले नेपालमा सुरक्षा स्थिति बलियो बनेको र आतङ्कवादी गतिविधिमा कमी आएको सङ्केत गर्छ । – १६३ देश समेटिएको यस सूचीमा आतङ्कवाद
सत्यवती गाउँपालिका–७ जुनियाँको जुनियाँ स्वास्थ्यचौले करिव तीन दशकपछि आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । २०५३ सालमा स्थापना भएको जुनियाँ स्वास्थ्यचौकी तीन वर्ष स्थानीय नारायण शाहीको घरभाडामा लिएर सञ्चालन भयो ।
शिक्षामा सुधार हुनुपर्ने बढ्दो मागलाई सम्बोधन गर्न स्थानीय तहअन्तर्गत रहेका शिक्षा शाखाहरूले कक्षा १ देखि ९ सम्मका परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सक्रियता देखाउन थालेका छन् ।
गैरसरकारी क्षेत्रको भूमिका १. विकास प्रक्रियामा गैरसरकारी क्षेत्रको संलग्नता किन महत्वपूर्ण मानिन्छ ? मुलुकको सर्वाङ्गीण विकासमा गैरसरकारी क्षेत्रको भूमिका उल्लेख गर्दै गैरसरकारी क्षेत्रको संलग्नताबाट प्राप्त विकासको लाभलाई समानुपातिक रूपमा वितरण गर्न सरकारको भूमिका कस्तो हुनु पर्छ ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् । समाजमा रहेका बहुआयामिक समस्या समाधान गरी समाज र मानिसको जीवनमा गुणात्मक परिवर्तन ल्याउने प्रक्रियालाई विकास प्रक्रियाको रूपमा बुझिन्छ । यो एक जटिल, बहुआयामिक र गतिशील प्रक्रिया हो । सरकार मात्रको एकल प्रयासले
सडक मापदण्डभित्र परेका जग्गामा अतिक्रमण गरी बनाइएका संरचना मङ्गलबारदेखि राजविराज नगरपालिकाले डोजर लगाएर भत्काउन सुरु गरेको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय लोकनाट्य महोत्सव–२०८३ का लागि मौलिक लोकनाटकको पाण्डुलिपि आह्वान गरेको छ ।
नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा पाँच रुसी चलचित्र प्रदर्शन हुने भएका छन् । ‘रुसी फिल्म डेज नेपाल २०२६’ कार्यक्रम अन्तर्गत निफले चार रुसी चलचित्र प्रदर्शन गर्न लागेको अध्यक्ष केपी पाठकले बताउनुभयो ।