नेपाल बैङ्क लिमिटेडमा कार्यरत कर्मचारी र बैङ्कमा खाता रहेका ग्राहकलाई ललितपुरको ज्वागलमा अवस्थित क्युरा हेल्थ प्रालिले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ६८ पैसा र बिक्रीदर १४४ रुपियाँ २८ पैसा निर्धारण गरिएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनको मुख्य मुद्दा आर्थिक समृद्धि रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिलाई दिगो बनाउने गरी काम गरिरहेको बताउनुभयो ।
सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।
रसुवागढी जलविद्युत् आयोजना आंशिक रूपमा सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको सो आयोजनामा गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने ल्हेन्दे खोलामा आएको बाढीले आयोजनाको बाँधलगायतका संरचनामा ठुलो क्षति पु¥याएको थियो ।
कृत्रिम बौद्धिकता (एआई) लाई शिक्षा, स्वास्थ्य सेवा र कृषिलगायत बहुपक्षीय सुमन्नतिमा लगाउन नेपालले ढिला गर्न नहुने विज्ञले सुझाव दिएका छन् । एआईको नियमन निम्ति विश्वव्यापी रूपमा अनेक बहस चलिरहेकाले यसको नेपालमा बहुपक्षीय प्रयोगका निम्ति राष्ट्रिय स्वार्थ, सुरक्षा, सही सूचनासमेतमा ध्यान दिनुपर्नेसमेत सुझाइएको छ ।
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुल ११४ दलले भाग लिन पाउने भएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ११७ दलबाट १२० वटा निवेदन परेकामा निर्वाचन आयोगले १३ वटा निवेदन खारेज गर्दै १०७ वटा निर्वाचन चिह्न प्रयोग हुने गरी दलको निवेदन स्वीकृत गरेको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन सफल बनाउनु सबैको दायित्व भएको बताउनुभएको छ । सरकार, निर्वाचन आयोग, राजनीतिक दल, मतदाता, नागरिक समाजलगायत सबै सरोकारवालाले फागुन २१ गते घोषणा गरिएको निर्वाचन सफल बनाउनु प्रमुख दायित्व भएको उहाँले स्पष्ट पार्नुभयो ।
कुनै ट्युसन सेन्टर धाएनौँ । धैरेले घरको मात्र तयारीले त शाखा अधिकृत पास गर्ने कुरा त्यतिकै हो भनेर खिस्याए पनि । हामीले अरूका कुरा सुन्यौँ तर आफ्नो अठोटबाट कहिल्यै पछि हटेनौँ र आफ्नो लगातारको मेहनतलाई जारी राख्यौँ यही दृढ अठोटले अहिले हामी यो सफलता चुम्न सफल भयौँ । हालै लोक सेवा आयोगको एउटै विज्ञापनबाट शाखा अधिकृतमा सिफारिस हुनुभएका एकै परिवारका तीन जनामध्येका अग्रज एकराज कुलुङको भनाइ हो यो ।
विघटित प्रतिनिधिसभामा रहेका नेपाली कांग्रेसका केही सांसदहरु प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दाका लागि पेस गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बसोबासको व्यवस्था गरेको छ । सम्पर्क समन्वय कमिटीले बस्न र खाना समस्या हुने प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा भए पनि बासको प्रबन्ध गरेको जनाएको छ ।
पुस १५ ताका दुई संवत फेरिन्छन् । इस्वीसंवत् २०२६ सँगसँगै गुरुङहरुको नयाँ वर्ष अर्थात् तमु ल्होसार पनि पर्छ ।
बागलुङमा स्काभेटरमा ढुङ्गा खस्दा सहचालकको मृत्यु भएको छ । जिल्लाको ताराखोला गाउँपालिका वडा ५ मराम भन्ने स्थानमा आइतबार दिनको करिब ११ः ३० बजे स्काभेटर चलाइरहनेक्रममा स्काभेटरभन्दा माथिबाट ढुङ्गा खस्दा सहचालकको मृत्यु भएको हो ।
पश्चिम नवलपरासीको बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीका प्रमुख महेन्द्र थापालाई नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा सङ्गठनले कालोमोसो दलेका छन् ।
बङ्गलादेशी प्रहरीले गत बर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको सहमतिविना गाडिएका करिब ११४ अज्ञात पीडितहरू रहेको विश्वास गरिएको सामूहिक चिहान आइतबारदेखि उत्खनन सुरु गरेको छ।