देशकै प्रसिद्व धार्मिक शक्तिपीठ बागलुङ कालीका मन्दिर परिसरमा बागलुङको मौलिक र ऐहासिक महत्व बोकेको चैत्राष्टमी मेला सुरु भएको छ ।
मध्यपूर्वमा बढ्दो तनावका कारण इन्धन आयातमा सम्भावित अवरोधहरू आउन सक्ने अवस्थामा श्रीलङ्काको प्रमुख आवश्यक सेवा कार्यालयले सरकारी निकायहरूका लागि इन्धन र ऊर्जा बचतसम्बन्धी निर्देशिका जारी गरेको छ ।
यही चैत १३ गतेदेखि हेटौँडामा बागमती प्रदेशस्तरीय कृषि प्रदर्शनी मेला, २०८२ आयोजना हुने भएको छ ।
पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आज दिउँसो मृत्यु भएको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका कागहरूमा बर्ड फ्लू सङ्क्रमित भएको पुष्टि भएको छ ।
करेन्ट लागेर मकवानपुरमा एक वडा सदस्यको मृत्यु भएको छ ।
जिल्लामा पाँच वर्षको अवधिका क्षयरोगका कारण १८ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । आज विश्व क्षयरोग दिवसमा स्वास्थ्य कार्यालय बाजुराले आज सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
नेपालको घरजग्गा (रियल एस्टेट) क्षेत्रलाई व्यवस्थित र संस्थागत बनाउने सरकारी नीति अनुरूप बाँकेको नेपालगञ्जमा दुईवटा कम्पनीले औपचारिक रूपमा घरजग्गा कारोबारको इजाजत प्राप्त गरेका छन्।
दिगो कृषि विकास र जैविक विविधता संरक्षणलाई सहयोग पुर्याउने उद्देश्यसहित दाङका दुई स्थानीय तहमा ‘नेपालञ परागसेचन परियोजना’ सुरु भएको छ ।
ताप्लेजुङमा मङ्गलबार साँझ परेको असिनाले कृषिजन्य बालीमा क्षति गरेको छ ।
पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण आज काठमाडौँलगायत केही जिल्लामा वर्षा भएको छ।
गण्डकी सरकारले दीर्घकालीन पुन : स्थापना केन्द्रमार्फत हिंसापीडितलाई आश्रय र समाजमा पुनस्र्थापनामा जोड दिएको छ ।
जिल्लाका पाँच स्थानमा बर्डफ्लु सङ्क्रमण फैलिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जिल्ला अदालत कास्कीमा विचाराधीन सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुद्दामा अदालतको तारेखमा आउन नपर्ने भएको छ।
चार दिवसीय चैती छठ पर्वको तेस्रो दिन मङ्गलवार साँझ अस्ताउँदो सूर्यलाई पूजापाठसहित 'सँझिया अर्घ्य' दिइएको छ ।