म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ स्थित धार्मिक महत्त्व बोकेको गायत्री मन्दिर राहुघाट र कालीगण्डकी नदीको कटानबाट जोगिएको छ ।
कपिलवस्तु प्रहरीले अवैध खैर जातको काठ बरामद गरेको छ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
आर्थिक वर्ष २०७९÷०८० मा सुरु भएको घोराही उपमहानगरपालिका-६, चैनपुरमा सुरु भएको सौडियार २, ३ ४ स्किम नम्बर ४ खानेपानी आयोजना बजेट अभावका कारण पूरा हुन सकेको छैन ।
कास्कीको पोखरा महानगरपालिका–९ मा कार्यालय रहेको धनुष बचत तथा ऋण सहकारीमा १२ करोड ५६ लाख रुपियाँ हिनामिना गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
भिमाद नगरपालिकाले उत्कृष्ट सेवा प्रवाह गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई सम्मान गरेको छ।
बागलुङ जेसीजको आयोजनामा चौथो संस्करणको जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको बताउनुभएको छ ।
धनुषाको मिथिला नगरपालिका-७, एक्लेबरस्थित मानवबस्ती नजिकै जङ्गली चितुवा देखापरेको छ ।
दक्षिण यहाँको विहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण विगत तीन वर्षदेखि अधुरो बनेको छ ।
आगामी आर्थिक वर्ष २०८३र८४ का लागि सङ्घीय सरकारबाट समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहबाट करिब तीन हजार ५०० आयोजनाको प्रस्ताव परेको छ ।
तनहुँ जिल्लामा क्षयरोगका बिरामी पत्ता लगाउनु मुख्य चुनौती बनेको पाइएको छ ।
नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।
पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडमा दोस्रो वाडा अटो सो–२०२६ आयोजना गरिने भएको छ ।
यहाँको रामधुनी नगरपालिका–६स्थित शङ्करबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।