अपहरण मुद्दामा दोषी ठहर भई फरार रहेका पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
आगामी चैत १९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मधेश प्रदेशबाट ८७ हजार ५९१ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ ।
मध्यपूर्वमा युद्धविरामको सम्भावना झल्किएको केही घण्टामै इरानले इजरायलमाथि नयाँ क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय तनाव फेरि तीव्र बनेको छ ।
मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनी र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको आक्रमणको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले निन्दा गर्नु भएको छ ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागु औषधसहित १५ जनालाई पक्राउ गरेको छ ।
बसाइसराइ र खुला क्षेत्रको कारण बागलुङमा क्षयरोगका बिरामी बर्सेनि बढ्दै गएका छन ।
विश्वव्यापी आर्थिक अनिश्चितता र बढ्दो संरक्षणवाद बिच युरोपेली सङ्घ (इयु) र अस्ट्रेलियाले बहुप्रतीक्षित स्वतन्त्र व्यापार सम्झौतामा अन्ततः सहमति जनाएका छन् ।
कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ ।
मध्यपूर्व एसियामा उत्पन्न तनाव चर्किँदै गएपछि बाँकेमा कच्चापदार्थ अभाव भएको छ ।
स्याङ्जामा यस आर्थिक वर्षको अहिलेसम्म क्षयरोगका कारण पाँच जनाको मृत्यु भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, चुत्राघारीडाँडामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा धादिङ जिल्लाबाट पाँच हजार ४६ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
‘हो ! हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो योगदान’ नाराका साथ विविध चेतनामूलक कार्यक्रमका साथ देशका विभिन्न भागमा क्षयरोग दिवस मनाइएको छ ।