विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जभित्रका प्राकृतिक ताल तथा सिमसार सुक्न थालेका छन् । वन क्षेत्रका तालतलैया तथा जलाशय क्षेत्र सुक्दै तथा खुम्चँदै गर्दा
देशभरबाट नेपाली कांग्रेसका उम्मेदवार पराजित भइरहँदा रसुवाबाट मोहन आचार्यले प्रतिनिधि सभा निर्वाचनमा विजयको ‘ह्याट्रिक’ गर्नुभएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा आचार्य यसअघि विसं २०७४ र २०७९ को आमनिर्वाचनमा विजयी बन्नुभएको थियो ।
गुल्मीमा गाउँबाट सहरतर्फ बसाइँसराइ गर्ने क्म रोकिएको छैन, बरु पछिल्ला वर्षमा अझ तीव्र बन्दै गएको तथ्याङ्कले देखाएको छ । ग्रामीण क्षेत्रमा सडक पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवामा सुधार हुँदै गए पनि स्थायी बसोबासका लागि भने नागरिकको रोजाइ सहर नै बन्ने गरेको देखिन्छ ।
पछाडितिर ‘सादा जीवन उच्च विचार’ लेखिएको ना.६ ख ७७८ नम्बरको ट्रकले एउटै दिशामा गइरहेको गोरुगाडालाई पछाडिबाट ठक्कर दियो । कैलालीको कैलारी गाउँपालिका–५, बैजपुरनजिक बुधबार राति हुलाकी राजमार्गमा भएको यो दुर्घटनामा बयलगाडामा सवार ज्येष्ठ दम्पतीको मात्रै ज्यान गएन गाडा तान्ने गोरु पनि म¥यो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बाजुराबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य जनकराज गिरी निर्वाचित हुनुभएको छ । उहाँ १७ हजार १७३ मतसहित विजयी हुनुभएको हो । उमेरले ६० वसन्त पार गर्दै गर्नुभएका गिरीले साढे दुई दशकपछि पुनः जनप्रतिनिधि हुने अवसर प्राप्त गर्नुभएको हो । उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का लालबहादुर थापालाई ५४० मतले पराजित गर्नुभएको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रका ग्यास डिपो र खाद्य पसलमा उपभोक्ता ठगी भइरहेको पाइएको छ। यसपछि नगरपालिकाले अनुगमनलाई निरन्तरता दिएको छ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिकास्थित एक विद्यालयमा विगत छ महिनायता गणित विषयको पठनपाठन ठप्प छ । गाउँपालिकाको वडा नं. ५ भुर्सास्थित गणेश माध्यमिक विद्यालयमा गणित विषयको शिक्षक मिलानमा गाउँपालिकाले मनोमानी गरेपछि विद्यार्थीको पठनपाठनमा अवरोध पुगेको हो । गत असोज ९ गते बसेको गाउँ कार्यपालिका बैठकले वडा नं. २ स्थित रौलेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक कृपाराम उपाध्यायलाई शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन गर्ने भन्दै वडा नं. ५ स्थित गणेश मावि मोहनपुर भुर्सामा पदस्थापन गर्ने निर्णय ग¥यो ।
दाङमा क्षयरोगी विरामी बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को चैत ८ गतेसम्म दाङमा ८७६ जना नयाँ क्षयरोगी बिराम फेला परेका छन् ।
जुम्लामा सार्वजनिक यातायातका साधनको मनपरी भाडा लिने प्रवृत्तिलाई अन्त्य गर्न दुरीका आधारमा नयाँ भाडादर कायम गरिएको छ । स्थानीयको मागका आधारमा जिल्ला यातायात दररेट समितिले जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा नयाँ दररेट कायम गरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
झापाको दमक नगरपालिका वडा नं. १० स्थित दमक एग्रिकल्चर फार्म प्रा. लि.मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झापाले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको छ।
पढाइ तथा सिकाइलाई उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण प्रस्तुत गर्नुभएको छ रुकुमपश्चिमकी ५८ वर्षीय जानकीदेवी उपाध्यायले । आठबिसकोट नगरपालिका–९, राडी निवासी उपाध्याय आइतबारबाट सुरु भएको कक्षा ८ को वार्षिक परीक्षामा सहभागी हुनुहुन्छ । हाल उहाँ सोही वडाको वडा सदस्यसमेत हुनुहुन्छ ।
सरकारले सन् २०५० सम्ममा मुलुकलाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिएर रोकथाम, नियन्त्रण र उपचारमा सक्रियता देखाइरहेको भएपनि मोरङमा रोगको सङ्क्रमण र त्यसबाट हुने मृत्युदरमा कमी आउन सकेको छैन ।
कालीकोटको पचालझरना गाउँपालिका–९, कोटिलामा जन्मिएका महेन्द्रबहादुर शाही चौथो पटक संसदीय यात्रा गर्ने क्रममा हुनुहुन्छ । यस पटक उहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट संसदीय यात्रा तय गर्दै हुनुहुन्छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उहाँ ११ हजार ७३४ मतसहित विजयी हुनुभएको हो ।