सल्यानको कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरमा एकदिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा कुल ३८५ जनाले सेवा लिएका थिए। बिरामीमध्ये २०९ महिला र १७६ पुरुष रहेका छन्।
सर्लाहीको हरिवन नगरपालिका–४, मा रहेको हरिवन नगर अस्पताल सासापुरमा इर्मेजेन्सी र बेड भर्ना सेवा सुरु भएको छ । हरिवन नगरपालिकाले आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन गरी सोमबारबाट इर्मेजेन्सी सेवा शुभारम्भ गराएको हो ।
नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन तीन वटा फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणका क्रममा कैफियत देखिएपछि विभागले सुवाः ग्रोसरी, प्रमिसा खाद्यस्टोर र ए जे सल्पायर्सलाई जरिवाना गरेको हो ।
विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जभित्रका प्राकृतिक ताल तथा सिमसार क्षेत्र सुक्न थालेका छन् । वन क्षेत्रका तालतलैया तथा जलाशय सुक्दै र खुम्चिँदै जाँदा यसमा आश्रित दुर्लभ जलचर, थलचर तथा चराचुरुङ्गीमा असर पर्न थालेको छ ।
गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ ।
वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहद्वारा यस वर्ष छ वटा पोखरी निर्माण गर्न थालिएको हो ।
‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँस् राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव हुने भएको छ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र पर्यटन प्रवर्द्धनको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइनको टावर निर्माण भएको जग्गाका धनीहरूलाई रु तीन करोडभन्दा बढी मुआब्जा वितरण भएको छ ।
टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले वार्षिक लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरे पनि बाँकी चार महिनामा ४० प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने देखिएको हो ।
जलेश्वर कारागारबाट फरार भएका एक भारतीय कैदीलाई प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको छ । गत भदौ २४ गते कारागार तोडफोड गरी फरार भएका भारतीय नागरिक सब्दुल नदाफ पक्राउ परेका हुन् ।
डोटीको आदर्श गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
कुनै समाज भ्रष्टाचारबाट मुक्त हुन सकेन भने उन्नति असम्भव नै हुन्छ । विडम्बना, नेपाल धेरै भ्रष्टाचार हुने मुलुककै सूचीमा पर्छ । गत भदौको नवपुस्ता अर्थात् जेनजी विद्रोहको मूलभूत कार्यसूचीमा भ्रष्टाचारमुक्त नेपालको सपनासमेत अग्रस्थानमा पर्छ । देशमा सुशासन कायम गर्न सक्दा भ्रष्टाचार न्यूनीकरण हुँदै जान्छ । सुशासनको अभावले नै भ्रष्टाचार मौलाउँदै जान्छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचन
मिथिलाञ्चलको महान् सांस्कृतिक तथा धार्मिक पर्व छठको तेस्रो दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिँदै छ । चार दिनसम्म मनाइने कठोर व्रतका रूपमा मानिने यस पर्वको तेस्रो दिन ‘सन्ध्या अर्घ’का रूपमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी मनाइन्छ ।
झापाको कचनकवल गाउँपालिका–४ केचनामा एक सिटी सफारीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।