• १० चैत २०८२, मङ्गलबार

दुर्घटनामा एकको मृत्यु

blog

बिष्णुप्रसाद पोखरेल
दमक, चैत १० गते ।
झापाको कचनकवल गाउँपालिका–४ केचनामा एक सिटी सफारीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमबार साँझ करिब ६ः३० बजे बनियानीबाट लोधाबारीतर्फ जाँदै गरेको बीआर–११–सी–३०७१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–००२ ह ६४११ नम्बरको सिटी सफारी एकआपसमा ठोक्किँदा दुर्घटना भएको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक कचनकवल–४ का ५० वर्षीय सुकदेब गणेशको मृत्यु भएको हो । घाइते गणेशलाई उपचारका लागि ओमसाइ पाथिभरा अस्पताल लैजानसाथ चिकित्सकहरुले मृत घोषणा गरेको बताइएको छ ।

दुर्घटनामा संलग्न सिटी सफारी चालक कचनकवल–४ का १९ वर्षीय सैजन मियाँलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको खड्काले जानकारी दिनुभयो ।