निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी नेतृत्वका लागि फरक फरक समूह बनाएर उम्मेदवारी घोषणा हुन थालेको छ । आगामी चैत २९ गते हुने महासङ्घको ६० औँ साधारण सभाले नयाँ कार्यसमिति चयन गर्दै छ । त्यससँगै आकाङ्क्षीहरूले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गरेका हुन् । सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै वस्तुगत उपाध्यक्षतर्फ शिवप्रसाद घिमिरे, जिल्ला नगर उपाध्यक्षतर्फ दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा र एसो
पश्चिम एसियाको युद्धको प्रभाव बढ्ने देखेपछि अन्य देशले आफ्ना श्रमिकको सुरक्षालाई ध्यान दिँदै फिर्ता गरिरहेको बेला नेपाल सरकारले भने तिनै देशमा पुनः श्रम स्वीकृति दिएर पठाउन थालेको छ । गत फागुन १७ देखि पश्चिम एसियाका १२ देशमा नयाँ र पुनः श्रम स्वीकृति बन्द गरेको सरकारले गएको मङ्गलबारदेखि खाडीका केही देश र टर्कीसहित सात देशमा कार्यरत नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति दिन थालेको हो ।
लुम्बिनी प्रदेश सरकारको बजेट खर्च कछुवा गतिमा भइरहेको छ । आर्थिक वर्ष २०८२/८३ सुरु भएको फागुनसम्मको आठ महिनाको अवधिमा प्रदेश सरकारले २७.६३ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । प्रदेश सरकारलाई अब चार महिनामा करिब ७२ प्रतिशतभन्दा बढी बजेट खर्च गर्नुपर्ने चुनौती छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ आज उकालो लागेको छ ।
हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन ऐतिहासिक रूपमा सफल रहेको उल्लेख गर्दै यसले नयाँ मानक स्थापित गरेको बताउनुभएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री अर्यालले यस पटकको निर्वाचन शान्तिपूर्ण र पुनः मतदानको आवश्यकता नपर्ने गरी सम्पन्न भएको जनाउनुभयो । सामूहिक नेतृत्व प्रणाली र सरोकारवालाबिचको सशक्त समन्वयले सकारात्मक परिणाम ल्याएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यही अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधि सभाका नवनिर्वाचित २७५ मध्ये १८ जना सदस्यले मातृभाषामा शपथ लिने सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएका छन् । सोमबार बेलुकी ५ बजेसम्म १८ जना सदस्यले मातृभाषामा शपथ लिने जानकारी गराउँदै शपथको बेहोरा अनुवाद गरी सचिवालयमा बुझाएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने भएको छ । उपसभापति पुष्पा भुसालका अनुसार कांग्रेसको १५ औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको हो । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुने छ ।
अमेरिका र इजरायलले इरानमाथिको सैन्य कारबाही रोकेका छन् । युद्ध सुरु भएको २४ औँ दिनमा इरानमाथिको सैन्य कारबाही रोकिएको हो । युद्धबाट जनधनको व्यापक क्षति हुनुका साथै यसको असर विश्वव्यापी भएपछि अमेरिका र इजरायलले इरानमाथिको सैन्य कारबाही रोकेको बताएका छन् ।
मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने छ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।
गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा उद्योगमा क्षति पुगेको छ ।
यहाँको एक सामुदायिक विद्यालयले ‘पढ्दै कमाउँदै कार्यक्रम’अन्गर्तत बाँझो जमिनको सदुपयोग गर्दै व्यावसायिक केरा खेती सुरु गरेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२र०८३ को वार्षिक बजेटमार्फत थारु समुदायका बड्घर र चौकीदारलाई साईकल वितरण गरेको छ। गाउँपालिका कार्यालय परिसर रामपुरमा सोमबार औपचारिक रुपमा साईकल हस्तान्तरण गरिएको हो ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा जग्गा नापजाँच सुरु गरेको छ।
नेपालमा डढेलो नियन्त्रण केवल सरकारी प्रयासले मात्र सम्भव नहुने सरोकारवालाले बताएका छन् ।