झापाको कचनकवल गाउँपालिका–४ केचनामा एक सिटी सफारीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
कार्यसम्पादन मूल्याङ्कन प्रणालीमा जुन कुरा मापनयोग्य छ त्यसको नतिजाबाट सिक्दै अघि बढ्नु पर्छ भन्ने मान्यता हुन्छ । नेपालमा क्रियाशील स्थानीय तहको मूल्याङ्कन सम्बन्धमा प्रयोगमा रहेका संस्थागत स्वमूल्याङ्कन, वित्तीय जोखिम स्वमूल्याङ्कन र स्थानीय आर्थिक विकाससम्बन्धी स्वमूल्याङ्कनका कार्यविधि प्रयोगमा थिए । स्थानीय तह नागरिकप्रति संवेदनशील छन् र कानुनी शासनको परिपालना गरेका छन् भन्ने पुष्टि गर्न तथा स्वयम्
जिल्लाको पहिचान र ऐतिहासिक परम्परासँग जोडिएको प्रसिद्ध चैत्राष्टमी मेला मङ्गलबारदेखि सुरु हुँदैछ । कालिका भगवती मन्दिर परिसरमा हुने मेलाको गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।
संसद् जनप्रतिनिधिमूलक सर्वोच्च संस्था हो । जनताको जनादेश प्राप्त संस्था भएकाले संसद्को जवाफदेहिता सार्वभौम जनताप्रति हुन्छ । जनताको आवाजको प्रतिनिधि भएकाले संसद्ले गर्ने हरेक काम जनताको हकहित र भलाइसँग जोडिएको हुन्छ भने संसदीय प्रक्रिया र पद्धतिको सूचनाको पहुँचमा जनता हुनु पर्छ ।
मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु सरकारको प्रमुख दायित्व हो । निर्वाचनका समयमा जनतासँग गरेको प्रतिबद्धता एवं सम्झौताका आधारमा शासन सञ्चालन गर्ने नेतृत्वले सुशासनलाई सरकारको मुख्य प्राथमिकताको सबाल बनाउनु पर्छ । सार्वजनिक निकायबाट नियमित प्रवाह हुने सेवाको गुणस्तरका आधारमा जनताले सरकारको मूल्याङ्कन गर्छन् । त्यसैले सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउनु जरुरी छ । सेवा प्रवाहको गुणस्तर हुन नसक्दा सार्वजनिक निकायप्रतिको गुनासो सङ्घीयदेखि स्थानीय तहसम्म रहेको छ । सेवा प्रवाहलाई गुणस्तरीय बराउन नसक्नुमा मूलतः कर्मचारीतन्त्र र रा
गुल्मी रेसुङ्गा विमानस्थलको उडान तालिका हेरफेर भएको छ । विमानस्थल प्रमुख सुमन थापाका अनुसार आजदेखि आइतबार, मङ्गलबार र बिहीबार उडान गर्ने तालिका सार्वजनिक भएको छ ।
भीरकोट नगरपालिकामा कार्यान्वयन भइरहेको एकीकृत सहरी पूर्वाधार विकास योजना निर्माणमा ढिलाइ भएको छ । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, कास्कीअन्तर्गत सडक कालोपत्रे, पोखरी निर्माण र पदमार्ग निर्माणको काम म्याद सकिँदासम्म ५० प्रतिशत मात्रै सम्पन्न भएको हो ।
विश्वमै क्षयरोगलाई एउटा गम्भीर स्वास्थ्य चुनौतीका रूपमा लिइन्छ । विशेष गरी कम तथा अल्पविकसित देशमा यो रोगका दूरगामी सामाजिक, सांस्कृतिक र आर्थिक प्रभावले गर्दा दिगो मानवीय विकासका लक्ष्य हासिल गर्न कठिन हुँदै गएको छ । विश्वव्यापीकरण, आप्रवासन, सहरीकरण, जलवायु परिवर्तन, प्राकृतिक विपत् र कोभिड जस्ता महामारीले गर्दा स्वास्थ्य प्रणाली र समुदायलाई नराम्ररी असर पारेको छ । अहिलेको सन्दर्भमा अन्तर्राष्ट्रियस्तरमै भएको बजेट कटौतीले पनि क्षयरोगलगायत अन्य स्वास्थ्य कार्यक्रम प्रभावकारी रूपमा विस्तार गर्न असजिलो भएको छ । यो परिदृश्यले अति कम विकसित देशमा गुणात्मक स्वास्थ्यसेवाको समतामूलक पहुँच सुनि
गुल्मीमा गाउँबाट सहरतर्फ बसाइँसराइँ गर्ने क्रम रोकिएको छैन । गाउँमा विकास पुगे पनि बसाइँसराइँ भने सहरमुखी नै रहेको पाइएको छ ।
यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि हिमाली जिल्ला म्याग्दीमा केन्द्राध्यक्ष र परीक्षा केन्द्र तोकिएको छ ।
लुम्बिनी प्रदेश सरकारले चैत १२ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार चैत १२ गते चैते दशै (शुक्ल अष्टमी) का अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
१०० वर्ष अघिको गोर्खापत्र
चलचित्र क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ‘सिनेम्याटिक एआई ः फ्रम स्क्रिप्ट टु स्क्रिन विथ आर्टिफिसियल इन्टेलिजेन्स’ विषयक दुईदिने कार्यशाला सुरु भएको छ । चलचित्र विकास बोर्ड र नेपाल एआई चलचित्र एलायन्स (नाइफा) को सहकार्यमा आयोजित कार्यक्रममा दुई सयभन्दा बढी चलचित्रकर्मीको सहभागिता रहेको छ । कार्यशालामा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले एआईले चलचित्र क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरेको बताउनुभयो । उहाँले एआईको प्रयोगसँगै मानवीय सिर्जनशीलताको भूमिका अझ महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।
ओम गुरुङको अभिनय रहेको ‘भाग्यामा नाम लेखेर’ बोलको गीत सार्वजनिक भएको छ । गीता पाइजा, मट्ठु गुरुङ, दीपक गुरुङ र सबिना बुढामगरको स्वर रहेको गीत पोखराको रमणीय स्थल फेवाताल, पामेमा छायाङ्कन भएको हो । युनिक थापाले सङ्गीत दिनुभएको भाग्यमा नाम लेखेर गीतमा प्रविन गुरुङको शब्द रहेको छ । दीप गुरुङले निर्देशन तथा कोरियोग्राफी गर्नुभएको हो ।
महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवम् सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदैछ ।