लग्जरी इभेन्ट एन्ड इन्टरटेनमेन्टको आयोजनामा ‘एक्टिङ आइडल’ सिजन–१ प्रतियोगिता आयोजना हुने भएको छ । अभिनय क्षेत्रमा नयाँ प्रतिभा खोज्ने उद्देश्यसहित एक्टिङ आइडल सिजन–१ ल्याउन लागिएको लग्जरी इभेन्ट एन्ड इन्टरटेनमेन्टकी संस्थापक पूजा रेग्मी महन्तले जानकारी दिनुभयो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राजविराजस्थित सप्तरी कारागार कार्यालयमा बन्दी जिवन बिताइरहेका १६० जना कैदीबन्दीले मतदान गर्ने भएका छन् ।
बारा जिल्लाको परवानीपुर गाउँपालिका–१, रहरियाडी टोलमा एकै परिवारका आमाछोराको हत्या भएको छ । अज्ञात व्यक्तिको आक्रमणबाट ५२ वर्षीया आमा र उहाँका ३२ वर्षीय छोरा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
परराष्ट्रमन्त्री बालानन्द शर्माले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष हुने बताउनुभएको छ । सर्लाहीको लालबन्दीस्थित नेपाली सेनाको कालीध्वज गण पाँचकुमारी ब्यारेक जुटपानीमा मङ्गलबार साँझ सर्लाहीका सुरक्षा अधिकारीलाई निर्वाचनलक्षित निर्देशन दिँदै मन्त्री शर्माले स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो । परराष्ट्रमन्त्री शर्माले जिल्लाका सुरक्षा अधिकारीसँग सर्लाहीमा निर्वाचनलाई लक्षित गरी बनाइएको सुरक्षा योजनाबारे जानकारीसमेत लिनुभएको छ ।
मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । दलका १४ र स्वतन्त्र १८ गरी ३२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस निर्वाचन क्षेत्रमा छ दलका उम्मेदवारबिच प्रतिस्पर्धा हुने आकलन गर्न थालिएको छ ।
दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
रौतहटमा नक्कली नोटसहित दुई जना भारतीय पक्राउ परेको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर गौरले मङ्गलबार नक्कली जस्तो देखिने दुई हजार पाँच सय भारतीय रुपियाँसहित दुई जना भारतीयलाइ पक्राउ गरेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उदयपुर क्षेत्र नं. १ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिए पनि चुनावी माहोल भने फरक ढङ्गले अगाडि बढेको छ । विगत दुई दशकदेखि नेपाली कांग्रेसको एकछत्र प्रभाव रहँदै आएको यस क्षेत्रमा दल विभाजन, गठबन्धन गर्ने परिपाटीको अन्त्य, विभिन्न घटकका कम्युनिस्ट पार्टी एकताको प्रयोग र नयाँ राजनीतिक शक्तिको उदयले यसअघिको चुनावी अभ्यासलाई फरक बनाएको छ ।
नेपाली कम्युनिष्ट पार्टी धनकुटाका मतदाताले १२ वर्षपछि प्रतिनिधि सभामा आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्न पाउने भएका छन् ।
मुस्ताङमा वर्षासहित हिमपात भएको छ । गएराति मङ्गलबारदेखि तल्लो मुस्ताङमा पर्ने थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा वर्षासहित हिमपात हुदाँ जनजीवन कष्टकर बनेको छ ।
बजेट संशोधन, समायोजन एवम् विभिन्न ऐन तथा कार्यविधिहरु पारित गर्दै सल्यानको छत्रेश्वरी गाउँपालिकामा गाउँसभाको १९ औँ अधिवेशन सम्पन्न भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मोरङ क्षेत्र नं. ४ मा राजनीतिक चासो बढेको छ । लगातार दुई पटक निर्वाचित भई तेस्रो इनिङ्सको तयारीमा रहेका पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता अमनलाल मोदी र उहाँलाई रोक्न मैदानमा उत्रिएका नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे एवं एमालेका जीवन घिमिरेबिचको त्रिपक्षीय भिडन्तले यस क्षेत्रलाई चर्चामा ल्याएको हो । आगामी निर्वाचन मोदीको व्यक्तिगत लोकप्रियताको वास्तविक परीक्षासमेत हुने छ ।
जुम्लामा फेरि हिमपात भएको छ । बुधबार बिहान वर्षासँगै हिउँ परिरहेको छ । । उच्च हिमाली क्षेत्रमा बिहानै आधाफिट हिउँ परिसकेको छ भने जुम्ला सदरमुकाममा हिउँ पर्न थालेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले प्रदेश अस्पताल बेनीले भोग्दै आएका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । स्वास्थ्य बिमा रकम भुक्तानीको ढिलाइ, दक्ष चिकित्सक तथा आवश्यक स्वास्थ्य उपकरणको अभाव लगायतका समस्याको समाधानका लागि मन्त्री गौतमले तत्काल पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।