जलेश्वर कारागारबाट फरार भएका एक भारतीय कैदीलाई प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको छ । गत भदौ २४ गते कारागार तोडफोड गरी फरार भएका भारतीय नागरिक सब्दुल नदाफ पक्राउ परेका हुन् ।
डोटीको आदर्श गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
कुनै समाज भ्रष्टाचारबाट मुक्त हुन सकेन भने उन्नति असम्भव नै हुन्छ । विडम्बना, नेपाल धेरै भ्रष्टाचार हुने मुलुककै सूचीमा पर्छ । गत भदौको नवपुस्ता अर्थात् जेनजी विद्रोहको मूलभूत कार्यसूचीमा भ्रष्टाचारमुक्त नेपालको सपनासमेत अग्रस्थानमा पर्छ । देशमा सुशासन कायम गर्न सक्दा भ्रष्टाचार न्यूनीकरण हुँदै जान्छ । सुशासनको अभावले नै भ्रष्टाचार मौलाउँदै जान्छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचन
मिथिलाञ्चलको महान् सांस्कृतिक तथा धार्मिक पर्व छठको तेस्रो दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिँदै छ । चार दिनसम्म मनाइने कठोर व्रतका रूपमा मानिने यस पर्वको तेस्रो दिन ‘सन्ध्या अर्घ’का रूपमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी मनाइन्छ ।
झापाको कचनकवल गाउँपालिका–४ केचनामा एक सिटी सफारीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
कार्यसम्पादन मूल्याङ्कन प्रणालीमा जुन कुरा मापनयोग्य छ त्यसको नतिजाबाट सिक्दै अघि बढ्नु पर्छ भन्ने मान्यता हुन्छ । नेपालमा क्रियाशील स्थानीय तहको मूल्याङ्कन सम्बन्धमा प्रयोगमा रहेका संस्थागत स्वमूल्याङ्कन, वित्तीय जोखिम स्वमूल्याङ्कन र स्थानीय आर्थिक विकाससम्बन्धी स्वमूल्याङ्कनका कार्यविधि प्रयोगमा थिए । स्थानीय तह नागरिकप्रति संवेदनशील छन् र कानुनी शासनको परिपालना गरेका छन् भन्ने पुष्टि गर्न तथा स्वयम्
जिल्लाको पहिचान र ऐतिहासिक परम्परासँग जोडिएको प्रसिद्ध चैत्राष्टमी मेला मङ्गलबारदेखि सुरु हुँदैछ । कालिका भगवती मन्दिर परिसरमा हुने मेलाको गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।
संसद् जनप्रतिनिधिमूलक सर्वोच्च संस्था हो । जनताको जनादेश प्राप्त संस्था भएकाले संसद्को जवाफदेहिता सार्वभौम जनताप्रति हुन्छ । जनताको आवाजको प्रतिनिधि भएकाले संसद्ले गर्ने हरेक काम जनताको हकहित र भलाइसँग जोडिएको हुन्छ भने संसदीय प्रक्रिया र पद्धतिको सूचनाको पहुँचमा जनता हुनु पर्छ ।
मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु सरकारको प्रमुख दायित्व हो । निर्वाचनका समयमा जनतासँग गरेको प्रतिबद्धता एवं सम्झौताका आधारमा शासन सञ्चालन गर्ने नेतृत्वले सुशासनलाई सरकारको मुख्य प्राथमिकताको सबाल बनाउनु पर्छ । सार्वजनिक निकायबाट नियमित प्रवाह हुने सेवाको गुणस्तरका आधारमा जनताले सरकारको मूल्याङ्कन गर्छन् । त्यसैले सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउनु जरुरी छ । सेवा प्रवाहको गुणस्तर हुन नसक्दा सार्वजनिक निकायप्रतिको गुनासो सङ्घीयदेखि स्थानीय तहसम्म रहेको छ । सेवा प्रवाहलाई गुणस्तरीय बराउन नसक्नुमा मूलतः कर्मचारीतन्त्र र रा
गुल्मी रेसुङ्गा विमानस्थलको उडान तालिका हेरफेर भएको छ । विमानस्थल प्रमुख सुमन थापाका अनुसार आजदेखि आइतबार, मङ्गलबार र बिहीबार उडान गर्ने तालिका सार्वजनिक भएको छ ।
भीरकोट नगरपालिकामा कार्यान्वयन भइरहेको एकीकृत सहरी पूर्वाधार विकास योजना निर्माणमा ढिलाइ भएको छ । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, कास्कीअन्तर्गत सडक कालोपत्रे, पोखरी निर्माण र पदमार्ग निर्माणको काम म्याद सकिँदासम्म ५० प्रतिशत मात्रै सम्पन्न भएको हो ।
विश्वमै क्षयरोगलाई एउटा गम्भीर स्वास्थ्य चुनौतीका रूपमा लिइन्छ । विशेष गरी कम तथा अल्पविकसित देशमा यो रोगका दूरगामी सामाजिक, सांस्कृतिक र आर्थिक प्रभावले गर्दा दिगो मानवीय विकासका लक्ष्य हासिल गर्न कठिन हुँदै गएको छ । विश्वव्यापीकरण, आप्रवासन, सहरीकरण, जलवायु परिवर्तन, प्राकृतिक विपत् र कोभिड जस्ता महामारीले गर्दा स्वास्थ्य प्रणाली र समुदायलाई नराम्ररी असर पारेको छ । अहिलेको सन्दर्भमा अन्तर्राष्ट्रियस्तरमै भएको बजेट कटौतीले पनि क्षयरोगलगायत अन्य स्वास्थ्य कार्यक्रम प्रभावकारी रूपमा विस्तार गर्न असजिलो भएको छ । यो परिदृश्यले अति कम विकसित देशमा गुणात्मक स्वास्थ्यसेवाको समतामूलक पहुँच सुनि
गुल्मीमा गाउँबाट सहरतर्फ बसाइँसराइँ गर्ने क्रम रोकिएको छैन । गाउँमा विकास पुगे पनि बसाइँसराइँ भने सहरमुखी नै रहेको पाइएको छ ।
यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि हिमाली जिल्ला म्याग्दीमा केन्द्राध्यक्ष र परीक्षा केन्द्र तोकिएको छ ।
लुम्बिनी प्रदेश सरकारले चैत १२ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार चैत १२ गते चैते दशै (शुक्ल अष्टमी) का अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।