मधेश प्रदेशमा आइतबार तीन नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गरेर नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको हो ।
प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताउनुभएकाे छ ।
भारतीय पर्यटकलाई बढीभन्दा बढी संख्यामा नेपाल भित्र्याउने उद्देश्यसाथ नेपालगन्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ आयोजना गरिने भएको छ ।
सुनसरीको इनरुवामा मेलमिलापसम्बन्धी आठदिने आधारभूत तालिम सम्पन्न भएको छ । मेलमिलाप परिषद्को आयोजनामा आठ दिने अर्थात् ४८ घण्टे तालिम समपन्न भएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय, मनाङको आर्थिक सहयोगमा नार्पाभूमि गाउँपालिका–५ अन्तर्गत पर्ने फू गाउँभित्रको पैदल गोरेटो बाटो स्तरोन्नति कार्य सम्पन्न गरिएको छ ।
गुलियो सक्खर निस्कने उखुको रस सर्लाहीको धन्कौल गाउँपालिका–३, छन्कीका विलास रायलाई कहिल्यै गुलियो भएन । ६८ वर्षका रायले उखुको स्वाद सधैँ नमिठो अनुभव गर्नुपरेको छ ।
यसवर्ष काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादनमा १० देखि १५ प्रतिशतसम्म बढ्न सक्ने प्रक्षेपण गरिएको छ । गत वर्ष भने बाढीपहिरोका कारण जिल्लाको सुन्तला उत्पादनमा करिब सात प्रतिशतले गिरावट भएको थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन मार्फत् भ्रष्टाचारको अन्त्य र निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न वर्तमान सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
पर्वतको कुश्मा नगरपालिकास्थित पुरी परिवारले मृतक आमाको सम्झनामा सामुदायिक विद्यालयमा अक्षय कोषको स्थापना गरेको छ ।
भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइट क्लबमा लागेको भीषण आगलागीमा २५ जनाको मृत्यु भएको राज्यका मुख्यमन्त्री प्रमोद सावन्तले आइतबार पुष्टि गर्नुभएको छ ।
अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको सिमानामा रहेको दुर्गम र अत्यन्त कम जनसङ्ख्या भएको पहाडी भूभागमा शनिबार साँझ ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको भूवैज्ञानिकहरूले बताएका छन् ।
रौतहटको गौरमा संस्कृत कर्मकाण्डको अध्ययन अध्यापन आजबाट सुरु भएको छ ।
मधेश प्रदेशको मुख्यमन्त्रीको रूपमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले शपथ लिनुभएको छ ।