जिल्लाको महाराजगञ्ज नगरपालिका-२ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ ।
कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार रहेको विमान उडेको केही समयमै दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने दर्जनौँ घाइते भएका छन् ।
दाङको लमही नगरपालिकाले सुशासन, पारदर्शिता र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राख्दै कार्यशैलीमा उल्लेखनीय परिवर्तन थालेको छ। नगरपालिकाले गत पुस ५ गते लामो समयपछि सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरी सेवाग्राहीका गुनासा, सुझाव र अनुभव संकलन गरेको थियो।
कैलालीमा सुत्केरी पीडा लागेपछि स्वास्थ्य केन्द्र जाने क्रममा महिलाले बाटोमै नवजात शिशु जन्म दिनु भएको छ। मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया दुर्गा बिकले सोमबार बाटोमै शिशु जन्म दिनुभयो।
करिब तीन महिनामै उत्पादन हुने र बजार मूल्य राम्रो पाउने भएकाले बाँकेका किसानहरू पछिल्लो समय स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन्।
पाल्पामा क्षयरोगीको सङ्ख्या घट्न सकेको छैन । जिल्लाको विभिन्न स्थानमा हरेक वर्ष क्षयरोगीको सङ्ख्या बढ्दो अवस्थामा रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
अरनिको राजमार्गअन्तर्गतको बाह्रबिसे–कोदारी सडक स्तरोन्नति कार्य सुरु गरिएको छ। सडक विभागले वर्षातले क्षतिग्रस्त भएको यस सडकको स्तरोन्नतिका लागि अर्थ मन्त्रालयसँग दुई अर्ब ३७ करोडको स्रोत सहमती लिएर काम अघि बढाएको हो।
जाजरकोट भूकम्प गएको तीन वर्ष बित्न लाग्दा पनि पीडितहरू सुरक्षित आवासबाट वञ्चित भएका छन्।
अमेरिका–इजरायल र इरानबिच बढ्दो तनावले मुख्य ट्रान्जिट हब जस्ता दुबई, कतार र साउदी अरेबियामा असर पुर्याउँदा युरोप र अमेरिकाबाट आउने पर्यटकहरू नेपाल पुग्न सकिरहेका छैनन्।
काठमाडौँ, चैत १० गते । स्थानीय बजारमा आज पनि सुनकोे मूल्य घटेको छ । सुन तोलामा एक हजार ६०० ले घटेको हो । चाँदी भने तोलामा ८० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५०५ कायम भएको छ । सोमबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४२५ कायम भएको थियो । गत आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी चार हजार ५४० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३५ र त्यति नै परिमाणको चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस
देशकै प्रमुख धार्मिक तथा पर्यटकीयस्थल शारदा नगरपालिका वडा नम्बर ११ स्थित खैरबाङ भुवनेश्वरी भगवती मन्दिरमा चैते दसैंको अवसरमा भक्तजनको भीड बढ्ने अनुमान गरिएको छ।
जिल्ला अस्पताल बैतडीमा हाड–जोर्नीसम्बन्धी जटिल शल्यक्रिया सेवा सुरु गरिएको छ। दोगडाकेदार गाउँपालिका–३ का एक पुरुषको खुट्टामा रुख ढलेर चोट लागेपछि घुँडामुनिको दुबै हड्डीमा सानो चिराबाट सफल शल्यक्रिया गरिएको हो।
सर्वसाधारणलाई घर बनाउन तथा फर्निचर तयार गर्न काठ उद्योग र तस्करको भर पर्नुपर्ने बाध्यता हट्दै गएको छ । नेपाल वन निगम लिमिटेडको जनकपुर डिपोले सुलभ मूल्यमा सहज तरिकाले काठ उपलब्ध गराउन थालेपछि त्यो बाध्यता हट्दै गएको हो ।
यहाँको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई कारबाही अघि बढाएको छ । आर्थिक वर्ष २०७७÷७८ थालिएको १५ शय्याको कोट अस्पताल निर्माणलाई अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाएको हो ।
बागलुङ नगरपालिका –१ रामरेखाका महिलाहरु मादल बजाउने तालिम लिन थाल्नुभएको छ । वडा कार्यालयले आफ्नो वडाभित्र रहेको ४० जना महिलालाई ७ दिने निःशुल्क तालिमको आयोजना गरेको हो ।