वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठले अब बन्ने सरकारले सीमा विवाद समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक सेवानिवृत्त शिक्षकसहित दुई जनाको मृत्यु भएको छ। तीव्र गति र सडक सुरक्षामा गरिएको लापरबाहीका कारण पछिल्लो समय दुर्घटना बढ्दै गएका छन्।
अमेरिकाको धम्कीपछि केही घण्टामै इजरायली-अमेरिकी संयुक्त आक्रमणले इरानका दुई ग्यास सुविधा र पाइपलाइनलाई लक्षित गरेको इरानी मिडिया मङ्गलबारले जनाएको छ ।
इराकमा भएको हवाई आक्रमणमा हसद अल-शाबी गठबन्धनका १५ जना सदस्य मारिएका छन् । यो आक्रमणलाई इरान-अमेरिकी युद्ध सुरु भएपछिको सबैभन्दा घातक घटनाका रूपमा हेरिएको छ ।
तौल घटाउने औषधीको सस्तो जेनेरिक संस्करण बजारमा तीव्ररूपमा फैलिन थालेपछि भारतले त्यसको दुरूपयोग र स्वास्थ्य जोखिमबारे कडा चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयले औषधि प्रयोगमा अनियमितता बढ्न सक्ने भन्दै निगरानी र कार्यान्वयन कडा बनाएको जनाएको छ ।
एक समय मुगल युगका कुलीनको भव्य निवास भएका हवेली घर अहिले पुरानो दिल्लीमा पुनरुत्थान र भग्नावशेषबिचको नाजुक अवस्थामा छन् । कतिपयलाई प्रेमपूर्वक मर्मत गरिए पनि धेरै संरचना क्रमिक क्षयको बाटोमा छन् ।
मुलपानी मैदानमा मङ्गलबार भएको खेलमा पुलिसले नेपाल एपिएफ क्लबलाई एक सय ८५ रनले हरायो । यस्तै अर्को खेलमा बागमतीले गण्डकी प्रदेशलाई एक सय ७० रनले पराजित गर्यो ।
उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने स्पष्ट सन्देश दिएको छ । देशका नेता किम जोङ उनले आणविक शक्तियुक्त राष्ट्रका रूपमा आफ्नो स्थिति ‘अपरिवर्तनीय’ रहेको घोषणा गर्दै दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको छ ।
युक्रेनमा मङ्गलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण पाँच जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीहरूले बताएका छन् । पोल्तावा क्षेत्रमा दुई जना र जापोरिझिया, खेरसन र खार्किवमा एक–एक जनाको मृत्यु भएको जनाइएको छ ।
नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृतिबिना यही १३ गते केन्द्रीय निर्वाचन गर्न लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई राखेपले मङ्गलबार पुन: २४ घण्टाभित्र कारणसहितको स्पस्टीकरण माग गर्दै पत्र काटेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग उपलब्धी मुलक वार्ता गरेपछि इरानी उर्जा पुर्वाधार विरुद्धको आक्रमण पाँच दिनका लागि स्थगित गरेको बताउनु भएको छ । यद्यपि इरानले भने वार्ता भएको कुरा अस्वीकार गरेको छ ।
बर्दियामा प्रहरीले १० राउन्ड हवाई फायर र चार राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।
दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिकै शक्तिशाली भूकम्प गएपछि स्थानीय प्रशासनले तटीय क्षेत्र खाली गराउन चेतावनी जारी गरेको छ । ७.६ म्याग्निच्युडको यो भूकम्पले क्षेत्रीय रूपमा त्रास फैलाए पनि हालसम्म ठूलो क्षति वा सुनामीको खतरा नदेखिएको जनाइएको छ ।