झापाको भद्रपुर नगरपालिका–८, क्याम्पस मोडमा वृद्ध आमामाथि कुटपिट गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ।
वैदेशिक रोजगारीमा पठाउने भनी ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर लगायतका सहरी क्षेत्रमा यतिबेला विद्युतीय चुल्हो (इन्डक्सन र इन्फ्रारेड) को व्यापारमा उल्लेख्य वृद्धि भएको छ ।
काठमाडौँको गौरीघाटमा चैती छठ मनाइएको छ । पहिलापहिला तराईंमा मात्र मनाइने छठ पर्व पछिल्लो समयमा काठमाडौँसहित देशभर मनाइन्छ । विशेष गरेर चैती छठ पछिल्ला वर्षमा मात्र काठमाडौँमा मनाउन थालिएको हो ।
म्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्र्वको दुर्गम गाउँमा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविरमार्फत प्रभावकारी सेवा प्रदान गरेको छ ।
बागमती प्रदेशको किसान तथा कृषि उद्यमीको उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रदेशस्तरीय कृषि प्रदर्शनीको तयारी पूरा भएको छ ।
हिउँले सेताम्मे बनेको ताप्लेजुङस्थित पाथीभरा मन्दिर परिसर ।
सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झन्डा फहराइएको छ । इनरुवा नगरपालिका–७ मा निर्माणाधीन ग्रिन सिटी पार्कभित्र २१० फिट अग्लो राष्ट्रिय झन्डा फहराइएको हो ।
महोत्तरीको जलेश्वर नगरपालिका–१ मा अवस्थित बरूण सरोवर ९पोखरी०मा मङ्गलबार चैती छठ मनाइँदै ।
सप्तरीमा यसवर्ष गहुँ उत्पादनमा कम हुने अनुमान गरिएको छ । धानपछिको दोस्रो गहँुबाली पाक्ने बेलामा भएको बेमौसमी वर्षासँगै आएको हावाहुरीको असरले यसपटक जिल्लामा गहुँ उत्पादन कम हुने अनुमान गरिएको हो ।
स्वास्थ्य कार्यालय पश्चिम नवलपरासी क्षयरोग नियन्त्रण तथा व्यवस्थापनको क्षेत्रमा देशकै उत्कृष्ट भएको छ ।
विगत केही दिन यता राजविराज नगरपालिकामा लामखुट्टेको प्रकोप बढेपनि त्यसको विरुद्ध विषादी छर्किन समस्या भएको छ । मानव स्वास्थ्य र स्वास्थ्य मन्त्रालयको निर्दैशिकाको व्यवस्था अनुसार लामखुट्टे विरुद्धको विषादी छर्किन समस्या भएको हो ।
यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा वृद्धि भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८३ अङ्कले बढेर दुई हजार ९६० दशमलव ४० को बिन्दुमा पुगेको छ ।
मध्यपूर्वमा बढ्दो द्वन्द्व चौथो हप्तामा चलिरहदा लेबनानमा ११८ र कुवेतमा दुई सय भन्दा बढी बालबालिकाको मृत्यु भएको जनाइएको छ । रिपोर्ट गरिएका तथ्याङ्कमा हिंसा जारी रहँदा प्रभावितको सङ्ख्या बढ्ने आशंका गरिएको छ ।
गुल्मीको चन्द्रकोट गाउँपालिकास्थित शान्तिपुरमा महोत्सव सुरु गरिएको छ। चन्द्रकोट क्षेत्र विकास समिति शान्तिपुरको आयोजनामा आज ९मङ्गलबार० देखि प्रथम चन्द्रकोट महोत्सवु सुरु गरिएको हो।