शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
इनरुवा, चैत १० गते । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झन्डा फहराइएको छ । इनरुवा नगरपालिका–७ मा निर्माणाधीन ग्रिन सिटी पार्कभित्र २१० फिट अग्लो राष्ट्रिय झन्डा फहराइएको हो ।
पाथीभरा देवीको मन्दिर निर्माणका लागि आयोजित पुराणका बिच इनरुवामा सो झन्डा राखिएको हो । पञ्चेबाजाको धुनसहित विशेष पूजाआजा गरी राष्ट्रिय झन्डाको झन्डात्तोलन गरिएको थियो ।
ग्रिन सिटी परियोजनाअन्तर्गत इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झन्डा राखेको डीएन ग्रुपले जनाएको छ । अग्लो राष्ट्रिय झन्डासहित निर्माणाधीन पाथीभरा मन्दिरको पूर्णतासँगै थपिने संरचनाहरूले इनरुवाको पर्यटन र विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।