• १० चैत २०८२, मङ्गलबार

वैदेशिक रोजगारीमा ठगी गर्ने चार जना पक्राउ

blog

काठमाडौँ, चैत १० गते ।  वैदेशिक रोजगारीमा पठाउने भनी ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी लामो समयसम्म झुक्यानमा राखी उनीहरु सम्पर्कविहिन भएका थिए ।  

प्रहरीका अनुसार स्थायी घर कास्की रुपा नगरपालिका वडा नं. ५ भइ हाल काठमाडौं टोखा नगरपालिका ३ बस्ने ३६ वर्षीय बिकल पौडेल, स्थायी घर रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १२ भइ हाल काठमाडौँ तार्केश्वर नगरपालिका वडा नं. १६ बस्ने ४२ वर्षीया धनिराम बुढा पक्राउ परेका छन् ।

यसैगरी, स्थायी घर गुल्मी कालिगण्डकी गाउँपालिका वडा नंं ६ भइ हाल काठमाडौँ टोखा नगरपालिका वडा नं. १० बस्ने ३७ वर्षीय काशिराज दर्जी र स्थायी घर नुवाकोट शिवपुरी गाउँपालिका वडा नं. ५ भइ हाल काठमाडौं टोखा बस्ने २५ वर्षीय सरस्वती भण्डारी पक्राउ परेका छन् । 

पौडेलले क्यानडा लैजाने भन्दै दश लाख रुपियाँ, बुढाले अमेरिका लैजाने भन्दै १८ लाख रुपियाँ, दर्जीले क्रोएशिया लैजाने भन्दै तीन लाख २० हजार रुपियाँ र भण्डारीले रोमानिया लैजाने भन्दै एक लाख ४६ हजार रुपियाँ ठगी गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरुलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको छ ।