आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २४ वटा मतदानस्थल थपिएका छन् । प्रदेशका १२ जिल्लामध्ये आठ जिल्लामा २४ नयाँ मतदानस्थल थपिएका हुन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को शिखर सम्मेलन हुन नसकेको ११ वर्ष भयो । नेपालको अध्यक्षतामा सन् २०१४ मा अठारौँ सार्क शिखर सम्मेलन काठमाडौँमा भएको थियो ।
पाँचथर सदरमुकाम फिदिममा सञ्चालन भइरहेको हाड जोर्नीका बिरामी लक्षित १५ दिने निःशुल्क शिविरको छैठौं दिन आइतबारसम्म ७९ जनाको शल्यक्रिया गरिएको छ ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका – २ ल्होस्थित रिपुम बौद्ध गुम्बामा भिषण आगलागी भएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
धुलिखेलमा हालै एउटा गोष्ठी भयो । ‘जेनजी राजनीति : अवसर, चनौती र दिगो सफलता’ विषयक गोष्ठीको आयोजना युवा अभियान नामक संस्थाले गरेको थियो । तीनदिने गोष्ठीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन,
सप्तरी प्रहरीले चार वर्ष १८ दिन कैद सजाय पाएका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
चुनावी घोषणापत्र भनेको कुनै पनि राजनीतिक दलको प्राथमिकता र प्रतिबद्धताको औपचारिक दस्ताबेज हो । ती घोषणापत्र लोकतन्त्रमा हुने आवधिक निर्वाचनका आकर्षण पनि हुन् । त्यस अर्थमा निर्वाचन र दलका घोषणापत्र एक अर्कासँग सम्बन्धित रहेका हुन्छन् । ८७ दिनपछि २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको दिन नजिकिँदै गर्दा प्रतिस्पर्धी दलहरू चुनावी घोषणापत्र लेखनको तयारीमा जुटे
सत्यवति गाउँपालिका–२ की ८६ वर्षीया वृद्धा कृष्णा कुवँरको आँखा बन्द भएपछि बुढेशकालको जीवन निकै कष्टपूर्ण रह्यो । एक जीवनमा सहज उपचारको मेसो नमिलेका कारण लामो समय पीडा खेप्नु भएको कुँवर गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेर आँखा देख्ने हुनुभयो ।
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तोकिएको फागुन २१ को प्रतिनिधि सदस्य निर्वाचनलाई लक्ष्य बनाएर मधेशी दल र नेताहरू आपसी तिक्तता भुल्दै नजिक हुने प्रयत्नमा सक्रिय छन् ।
तामाङ पत्रकार सङ्घको २२ औँ स्थापना दिवसका अवसरमा तीन सञ्चारकर्मी र नाट्यकर्मीलाई पुरस्कृत गरिएको छ । तामाङ पत्रकार सङ्घ, काठमाडौँद्वारा आइतबार आयोजित कार्यक्रममा ऊर्जा तथा सिँचाइमन्त्री कुलमान घिसिङले सञ्चारकर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।
सार्वजनिक संस्थानमा गरिएको करिब ४७ अर्ब रुपियाँ सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण तथा शेयर लगानीको विवरण संस्थानका बहीखाताले लामो समयदेखि पुष्टि गर्न सकिएको छैन ।
नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा राजधानीमा आयोजित कविगोष्ठीमा कथाकार लक्ष्मण अधिकारीको ‘मर्फिन’ कथासङ्ग्रहमाथि चर्चा गरिएको छ । समालोचक डा. लेखराज खतिवडाले कथा ‘मर्फिन’ ले नेपाली चिकित्सा क्षेत्रको समग्र पक्षलाई उधिन्न सफल भएको बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाभित्र बाँकी रहेको विद्युतीय तार भूमिगत गर्ने काम तत्काल अगाडि बढाइने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको नेतृत्वमा आइतबार मन्त्रालयमा बसेको सरोकारवालाको छलफलपछि रोकिएका कार्य तत्काल अगाडि बढाउने सहमति भएको मन्त्रालयले जनाएको छ ।
सरकारले निर्यातमा व्यवसायीलाई दिँदै आएको नगद अनुदानबापतको बाँकी रकम उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत निर्यातमा दिइँदै आएको नगद अनुदानबापतको रकम कटौती गरे पनि पुरानो रकम भने उपलब्ध गराइने भएको हो ।