फागुन महिना नेपाली चलचित्रका लागि खासै लाभदायक नदेखिए पनि चैतमा भने चार चलचित्र प्रदर्शनले गर्दा केही आशा जगाउने ठाउँ देखिएको छ । चैतको दोस्रो साताबाट अर्थात् १३ गते ‘हामी तीन भाइ’ प्रदर्शन हुने तयारीमा छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ सामान्य रुपमा घटेको छ । युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्कको भाउ भने बढेको छ ।
हिमाली जिल्लाको परिवेशलाई समेटिएर तयार पारिएको ‘हुम्लाको लिमी’ गीतको म्युजिक भिडियो अहिले चर्चामा छ । चर्चासँगै उक्त गीतमा टिकटक बनाउनेको सङ्ख्या पनि बढेको छ । आफ्नै स्थानका बारेमा गीत रचना गरी म्युजिक भिडियो सार्वजनिक भएपछि दैनिक टिकटक निर्माण गरेर सामाजिक सञ्जालमा पोस्ट गर्नेको सङ्ख्या बढेको हो ।
खाना पकाउने ग्यासको आयात बढे पनि बजारमा उपभोक्ताले भने अझै सहज रूपमा पाउन सकेका छैनन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघसम्म तीन लाख २१ हजार ८९ मेट्रिक टन ग्यास आयात भएकोमा फागुनमा मात्र तीन लाख ७२ हजार २८१ मेट्रिक टन ग्यास आयात भएको छ । माघको तुलनामा फागुन महिनामा ५१ हजार मेट्रिक टनभन्दा बढी ग्यास आयात भएको तथ्याङ्कले देखाएको छ । ५१ हजार मेट्रिक टन ग्यासले ३६ लाख ५० हजार ग्यास सिलिन्डर भरिन्छन् । ग्यास आयात बढ्दा पनि बजारमा एउटा सिलिन्डर हुने उपभोक्ताले ग्यास पाउन सकेका छैनन् ।
सरकारले होटेल तथा रिसोर्टको स्तर वर्गीकरणसम्बन्धी नयाँ मापदण्ड ल्याउने भएको छ । हाल जारी रहेको होटेल, रिसोर्ट, पर्यटक लज, मोटेल तथा बेड एन्ड ब्रेकफास्ट (बिएन्डबी) को वर्गीकरण र स्वीकृतिसम्बन्धी मापदण्डलाई २०७६ लाई परिमार्जन र संशोधन गर्दै आतिथ्य उद्योगमा छ वर्षपछि नयाँ व्यवस्था लागु गर्ने प्रक्रिया अघि बढेको छ ।
कोशी प्रदेशका मोरङ–सुनसरीका १० वटा फर्मका कुखुरामा एचफाइभ एनवान (बर्डफ्लु) र मौसमी इन्फ्लुएन्जा (एचवान एनवान) देखिएपछि नष्ट गरिएको छ । अहिलेसम्म दुई जिल्लाका आठ वटा फार्ममा लेयर्स र दुई वटा फार्मका ब्रोइलर कुखुरा नष्ट गरिसकिएको छ ।
ग्लोबल आइएमई बैङ्क लिमिटेड र तिलगङ्गा आँखा प्रतिष्ठानबिच आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकमा मोतीविन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्नेसम्बन्धी समझदारी भएको छ ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली भएको छ ।
कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२, राजपुरमा मेसिनले चैते धान रोपाइँ गरिएको छ । स्थानीय कृषक जयलाल भण्डारीले १० कट्ठा जमिनमा मेसिन प्रयोग गरी चैते धान रोप्नुभएको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ कपिलवस्तुको सहयोगमा सहभागितात्मक उन्नत प्रविधि प्रदर्शन कार्यक्रम अन्तर्गत उक्त रोपाइँ गरिएको हो । परम्परागत रूपमा धान खेती गर्दै आउनुभएका कृषक भण्डारीले पर्ती रहेको खेतको सदुपयोग गर्ने उद्देश्यले पहिलो पटक मेसिनले चैते–५ जातको धान रोपेको बताउनुभयो ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएर यसको अन्तिम नतिजा पनि आइसकेको छ । निर्वाचन सम्पन्न गर्न खटिएका सुरक्षाकर्मी तथा सरोकारवालाको कथाकहानी भने अझै बाँकी नै छ । प्रत्येक निर्वाचनको बेला भर्ना गरिने ‘निर्वाचन प्रहरी’ का कथाकहानी कहिलेकाहीँ रोचक र पीडादायी दुवै हुने गरेको छ । यस पटक पनि एक लाख ३५ हजार निर्वाचन प्रहरी भर्ना
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८३ भदौ २४, २५ र २६ गते गर्न प्रस्ताव पेस भएको छ । सभापति गगनकुमार थापाले कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मङ्गलबार पार्टीका संस्थापक बिपी कोइरालाको जन्मजयन्तीकै दिन भदौ २४ गतेदेखि १५ औँ महाधिवेशन गर्न प्रस्ताव गर्नुभएको हो ।
नेपालमा ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२४ मा मात्र ६७ हजार क्षयरोगका बिरामी फेला परेका हुन् । विश्वमा हरेक वर्ष करिब ८० लाख नयाँ क्षयरोगी थपिने तथ्याङ्क रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका प्रत्यासी बालेन्द्र (बालेन) शाहलाई संसदीय दलको नेता चयन गर्न विधान परिमार्जनको तयारी सुरु गरेको छ । बुधबार रास्वपा केन्द्रीय कार्यालय चःमतिमा बस्ने केन्द्रीय समिति बैठकले वरिष्ठ नेता शाहलाई दलको नेता चयन गर्न विधानमा भएको बाधा अड्काउ (धारा ८०) फुकाउने जनाएको छ ।
प्रतिनिधि सभा सदस्यको शपथग्रहण र संसद् बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार सिंहदरबारभित्र बनेको संसद् भवनभित्र बैठकका लागि आवश्यक सम्पूर्ण संरचना निर्माणको काम सकिएको छ ।
सल्यान–सुर्खेत सिमानाको घना जङ्गल । जहाँ नजिकै मान्छेको बस्ती छैन, रात पर्दा जनावर र हावा चलेको आवाजबाहेक अरू केही सुनिँदैन । त्यही जङ्गलको बिचमा कालिमाटी गाउँपालिका–७, वनगाउँका जितबहादुर सार्कीको परिवार बर्सौंदेखि कष्टकर जीवन बिताइरहेको छ । काठ र खरको कमजोर छाप्रोभित्र गरिब जिन्दगी जिउनुपर्ने यो परिवारका सदस्यहरूको बाध्यता छ ।