कैलालीको बर्दगोरिया गाउँपालिकाले छाडा पशुचौपायाको दिगो व्यवस्थापन तथा गौशाला सुदृढीकरण गर्ने भएको छ । पर्याप्त खाना र व्यवस्थापन अभावले गौशालामा रहेका गाईको नाजुक अवस्था झल्काउने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पालिकाले व्यवस्थापनमा चासो दिएको हो । गा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
नवलपुरमा सञ्चालन गरिएको जापानिज इन्सेफलाइटिसविरुद्धको विशेष खोप अभियानले लक्ष्य पूरा गरेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको नरहरिनाथ गाउँपालिका–१ स्थित कोटवाडा स्वास्थ्य चौकीलाई जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।
चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ ।
देशभरका स्थानीय तहमा रहेका प्रज्ञाप्रतिष्ठानका पदाधिकारीहरूको भेलाले १३ बुँदे घोषणापत्र जारी गरेको छ । भरतपुर महानगरपालिका प्रज्ञाप्रतिष्ठानको आयोजनामा दुई दिनसम्म चलेको उक्त भेलाले सबै स्थानीय तहमा प्रज्ञाप्रतिष्ठान स्थापना गर्ने र नाममा एकरूपता ल्याउने निर्णय गरेको हो ।
मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ । यस अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ ।
लुम्बिनी प्रदेशस्तरीय महिला तथा पुरुष कबड्डी प्रतियोगिता २०८२ मा पुरुषतर्फ रोल्पा र महिलातर्फ बर्दिया जिल्ला प्रथम भएका छन् ।
स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ ।
गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमश मन्दिरमा दर्शन गर्न आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । मङ्गलबार चैते दसैँ मेला पनि सुरु भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
बाजुराको जडाङ्गा खोलामा रहेको बेलिब्रिज पुल दानसाँघु खोलामा स्थानान्तरण गरिने भएको छ । सरोकारवाला निकाय र स्थानीयबीच सहमति भएपछि उक्त पुल जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ स्थित दानसाँघु खोलामा सार्ने निर्णय गरिएको हो ।
आज (बुधबार) बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएसँगै यो वर्षको चैती छठ पर्व सम्पन्न भएको छ । मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवम् सूर्य पूजाको महान् उत्सव चैती छठको समापन गरिएको हो ।
तनहुँको म्याग्दे गाउँपालिका–७ मा लिफ्टिङ खानेपानी आयोजनाको तामाको तार बारम्बार चोरी हुन थालेपछि स्थानीयवासी कुवाको पानी र टाढाका मुहानमा निर्भर हुन बाध्य भएका छन् ।
मकवानपुरको बकैया गाउँपालिका–११ का वडा सदस्य ज्ञानबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको छ । मङ्गलबार पिपलडाँडालेक सडकखण्डमा लत्रिरहेको विद्युत् तारमा प्रवाह भएको करेन्ट लाग्दा गोलेको मृत्यु भएको हो ।