अर्जुन काफ्ले
स्याङ्जा, चैत ११ गते । मुक्तिनाथ विकास बैंकले पुतलीबजार नगरपालिका– १४ मा एक सय जना विद्यार्थीलाई विद्यालय झोला र एक सेट कम्प्युटर प्रदान गरेको छ ।
मुक्तिनाथले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यहाँको श्रवण माविमा अध्ययनरत ८४ जना विद्यार्थीलाई विद्यालय झोला प्रदान गरेको हो ।
यस्तै बैंकले पाणिनी संस्कृत गुरुकुलमा १६ जना बटुकहरुलाई विद्यालय झोला र एक कम्प्युटर सेट प्रदान गरेको हो ।
सामग्री हस्तान्तरणमा बैंकका सञ्चालक भरत प्रसाद लम्सालले बालबालिकाको शैक्षिक मनोविज्ञानको बृतिविकास र शैक्षिक उत्साह विकास गर्नका लागि सहयोग होस् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरेको बताउनुभयो ।
लम्सालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले निरन्तर रुपमा शिक्षा, स्वास्थ्य र बैंकिङलगायतका क्षेत्रमा विविध कार्यक्रम गर्दै आइरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा बैंकका क्षेत्रिय उपप्रबन्धक ऋषीनाथ ढकाल, पन्चमुखि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सूर्य लामिछाने, गुरुकुलमका प्रधानाध्यापक देविसरा काफ्ले लगायतले मन्तव्य राख्नुभएको थियो ।