• ११ चैत २०८२, बुधबार

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

blog

मकवानपुर, चैत  ११ गते ।  कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका–११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवकोे मृत्यु भएको हो । गम्भीर घाइते भएका सोही स्थानका ट्रकचालक ३३ वर्षीय कृष्ण यादवलाई उपचारका लागि चितवन पठाइएको छ । रासस