जोस(नाइजेरिया), चैत १६ गते । यस अघि बन्दुकधारीले नाइजेरियाको अशांत पठार राज्यको राजधानी जोस स्थित एउटा बारमा आक्रमण गरी कम्तिमा एक दर्जन मानिसको हत्या गरेका थिए । आक्रमणको प्रतिशोधको क्रममा थप १० जनाको मृत्यु भएको स्थानीयलाई उदृत गर्दै सोमबार एएफपीले जनाएको छ ।
नाइजेरियाको मध्य क्षेत्रमा रहेको पठार राज्यका ग्रामीण क्षेत्रमा बारम्बार हिंसा हुने गरेको जनाइएको छ । जुन किसानबिचको भूमि विवादसँग जोडिएको छ । जोस नर्थ जिल्लाको अङ्गुवान रुकुबामा रहेको बार-एन्ड रेस्टुरेन्टमा आइतबार अज्ञात बन्दुकधारी समुहले गोली चलाउँदा कम्तीमा १२ जनाको मृत्यु भएको पठार रेडक्रसका सचिव नुरुद्दीन हुसैनी मगाजीले पुष्टि गर्नु भएको छ ।
आक्रमणकारीले संयुक्त रूपमा गोली हान्दा १२ जनाको घटनास्थलमै मृत्यु स्थानीयलाई उदृत गर्दै एएफपीले जनाएको छ । सरकारले संदिग्धको नाम नखुलार्ई अनुसन्धान चलिरहेको बताएको छ । रासस/एएफपी