अर्जुन काफ्ले
स्याङ्जा, असार २ गते । जिल्लाको भिरकोट नगरपालिकामा चट्याङ लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा भिरकोट नगरपालिका–९ सेलबास बस्ने ४६ वर्षीय देउबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङको झड्का लाग्दा थापाको घाइते हुनुभएको हो ।
प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले घाइते थापाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको बताउनुभयो ।