• ९ वैशाख २०८३, बुधबार

गौतमको जीवन भोगाइ ‘बिर्सुं कसरी’

blog

काठमाडौँ, वैशाख ९ गते । नवराज गौतमको जीवन भोगाइमा आधारित मार्मिक लोकगीत ‘बिर्सुं कसरी’ सार्वजनिक भएको छ । गीतले प्रेम, पीडा र बिछोडको गहिरो अनुभूति बोकेको छ । गीतमा गायक मोतिराज खनाल र गायिका शान्तिश्री परियारको स्वर रहेको छ । गीतको शब्द स्वयम् गौतमले लेख्नुभएको हो भने सङ्गीत संयोजन गायक खनालकै रहेको छ । महेन्द्र भण्डारीको सङ्गीत संयोजन रहेको गीत मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा तयार गरिएको हो । गीतमा सुमन रानाले रेकर्डिङ र कुमार रानाले मिक्सिङको काम समाल्नुभएको छ ।

गीतको म्युजिक भिडियोमा नवराज गौतमसँगै सरिता ढुङ्गाना, भगवान भण्डारी, चन्दा बिडारी, कमला भुजेल, सागर गिरी, गीता खनाल, कृष्टिना शाह, सरिता कुँवरलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । गीतको भिडियोलाई देवेन्द्र कुँवरले निर्देशन गर्नुभएको छ । गीतमा दीपक गिरीको छायाङ्कन र राजेश कुमारको सम्पादन रहेको छ ।