व्यङ्ग्यकार वात्स्यायन सम्मानित
यस वर्षको सूर्यभक्त–पतनादेवी स्मृति वाङ्मय पुरस्कार पोखरा निवासी वरिष्ठ व्यङ्ग्यकार दुर्गा बराल वात्स्यायनलाई प्रदान गरिएको छ ।
प्रक्रियासार कौमुदी पुस्तकको लोकार्पण
नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हरिलाल पौडेलद्वारा रचना गरिएको प्रक्रियासार कौमुदी (प्रयोगात्मक संस्कृत भाषा व्याकरण) पुस्तकको लोकर्पण गरिएको छ ।
सञ्चार र नाट्यकर्मी पुरस्कृत
तामाङ पत्रकार सङ्घको २२ औँ स्थापना दिवसका अवसरमा तीन सञ्चारकर्मी र नाट्यकर्मीलाई पुरस्कृत गरिएको छ । तामाङ पत्रकार सङ्घ, काठमाडौँद्वारा आइतबार आयोजित कार्यक्रममा ऊर्जा तथा सिँचाइमन्त्री कुलमान घिसिङले सञ्चारकर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।
नागार्जुनमा ‘मर्फिन’ को चर्चा
नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा राजधानीमा आयोजित कविगोष्ठीमा कथाकार लक्ष्मण अधिकारीको ‘मर्फिन’ कथासङ्ग्रहमाथि चर्चा गरिएको छ । समालोचक डा. लेखराज खतिवडाले कथा ‘मर्फिन’ ले नेपाली चिकित्सा क्षेत्रको समग्र पक्षलाई उधिन्न सफल भएको बताउनुभयो ।
लोकदोहोरी प्रतिष्ठान गण्डकी अध्यक्षमा गुरुङ
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाटले माया गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । प्रतिष्ठान गण्डकीले पहिलो पटक महिला नेतृत्व पाएको हो ।
समालेर राख...सँगालेर राख
आर्य समाजको अनुयायी परिवारमा जन्मेकी उनलाई केही भजन गाउनबाहेक गीताङ्गे बन्न पारिवारिक सहमति थिएन । बाल्यावस्थामा स्वास्थ्य खासै राम्रो रहेन । उनी बिरामी परिरहन्थिन्, अस्पतालमा भर्ना भइरहनु पथ्र्यो । जसले गर्दा उनको विद्यालयको पढाइमा त्यति सन्तोषजनक नतिजा निस्किएन
कमरेड जलजला उपन्यासको विवेचना लोकार्पण
राष्ट्रिय जनमोर्चाका महासचिव लेखक मनोज भट्टको पुस्तक ‘कमरेड जलजला उपन्यासको विवेचना’ को लोकार्पण भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, पूर्वमन्त्री दीनानाथ शर्मा, नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सो पुस्तकको विवेचनाको सार्वजनिक गर्नुभएको हो ।
नागार्जुनमा मर्फिनको चर्चा
नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा शनिबार राजधानीमा आयोजित कविगोष्ठीमा कथाकार लक्ष्मण अधिकारीको मर्फिन कथासङ्ग्रहमाथि चर्चा गरिएको छ ।
से फोक्सुन्डो पुग्दा शब्द हराउँछन्,मन बोल्छ
जीवनमा कहिलेकाहीँ यस्तो यात्रा हुन्छ, जसले केवल दृश्य होइन, भित्रको मन पनि परिवर्तन गरिदिन्छ । से फोक्सुन्डो तालको हाम्रो यात्रा त्यस्तै एक अनुभव थियो, जहाँ प्रकृति, मित्रता, सङ्घर्ष र सौन्दर्य सबै एकसा
कालो रात
मनको कुनैकुनामा जब पीडाको भुङ्ग्रो सल्किन्छ, त्यसले पोल्न थालेपछि मान्छे कि त मौन बस्छ कि त बर्बराउन थाल्छ । वनिताको मनमा त्यस्तै भुङ्ग्रोे सल्किएको थियो । पक्षाघातले थलिएका ससुरा समीरको
सुकर्मको कलात्मक अभिव्यक्ति
‘नमन’ नम्रता र विनयको पर्याय हो । यही नम्रता र विनयशील प्रवृत्तिको उपजका रूपमा पत्रकार तथा साहित्यकार जयदेव भट्टराईको ‘नमन’ शीर्षकको कृति प्रकाशमा आएको छ । नेपालका विविध क्षेत्र (साहित्येत
जाँदाजाँदै (कविता)
पहिरोले बगाउन नसकेको एक पाखा हरियो बाँकी छ तिम्रो रिफ्रेस टियर्सका लागि
कवि निरुपमको ‘कुमारी माया’
कवि तथा गीतकार निरुपम श्रेष्ठले तेस्रो कृतिका रुपमा गीतसङ्ग्रह ‘कुमारी माया’ पाठकसामु ल्याउनुभएको छ । यसअघिका दुई कवितासङ्ग्रह देश स्वप्न (२०६३) र बूढो समय (२०७९) बाबुराम श्रेष्ठका नाममा सार्वजनिक छन् । अब चाहिँ निरुपम श्रेष्ठका नाममा पाठकबिच कवि तथा गीतकार आउनुभएको छ ।
पीडाचक्र
तिम्रा सुनियोजित उतारचढावमा मेरा निष्कलङ्क उत्साह नगुम्स्याऊ भयभीत रासायनि
छालछेउको इतिहास
किनार छोडेर उकालोमा कुदे पाइला ! किङ एडवर्ड परेडबाट बाटो मोडिएर उत्तर लागेपछि समुद्र छोडियो । अनि हामी पसेथ्यौँ बाक्लो र रमाइलो बस्तीतिर । डेभनपोर्ट परै रह्यो । चिल्ला सडक, राता गुच्छा
सम्झनामा नर्वेको यातायात
नर्वेलाई अनुशासनप्रिय देशका रूपमा लिइन्छ । एक नेपाली भुक्तभोगीले मलाई बताए– नर्वेको समाजलाई विघटन हुनबाट जोगाउने नै यहाँको नियम कानुन कार्यान्वयन गर्नका निम्ति गरिने कडाइ हो । समाज
पर्यटक तान्दै पुतलीबजार
पोखराबाट एक घण्टाको यात्रापछि स्याङ्जाको पुतलीबजार पुग्न सकिन्छ । इतिहास, संस्कृति र प्रकृतिको अद्वितीय सङ्गम बनेको छ– पुतलीबजार । श्रवणकुमारको समाधिस्थल भई अन्धाअन्धी दहबाट बगेको पवित्र आँ
नारायणगोपालले गाउन नभ्याएको गीत
केही मिठो बात गर रात त्यसै ढल्किँदै छ भरे फेरि एकान्तमा रुनु त छँदै छ नेपाली आधुनिक गायनमा नाराय
सम्झनामा नारायण गोपाल
सङ्गीतका उस्ताद स्वरसम्राट् नारायण गोपाल गुरुवाचार्यलाई नचिन्ने, नसम्झिने यो संसारमा कमै होलान् । बुवा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट विसं १९९६ असोज १८ गते बुधबार
गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’
नेपालको संविधान जारी भएपछि स्थानीय तहलाई स्थानीय सरकार भनिएको छ । यसअघि स्थानीय तहलाई स्थानीय निकाय भन्ने गरिन्थ्यो । शब्दमा फरक भए पनि जिम्मेवारी भनेँ उस्तै छ । हिजोको स्थानीय निकायको क्षेत्र सानो थियो भनेँ आज त्यसको आकार बढेर ठुलो भएको छ । हिजोका गाउँ विकास समिति (गाविस) अहिले वडामा परिणत भएका छन् ।
हर्षोल्लासका साथ मनाइयो उँधौली
मङ्सिर पूर्णिमाका अवसरमा किराँत समुदायले पितृका साथै प्रकृतिको समेत मान, सम्मानका लागि नृत्यको भावभङ्गीमा पूजा प्रार्थना गर्दै बिहीबार उँधौली पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
प्रियासनको १३ औँ कृति ‘नयाँ लुगा’ सार्वजनिक
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव तथा उपन्यासकार सविन प्रियासनको १३ औँ कृति ‘नयाँ लुगा’ को बिहीबार घोराहीमा विमोचन गरिएको छ। राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालले उपन्यासको विमोचन गर्नुभयो।
विलोमको दशौँ अभ्यास सम्पन्न
नेपाली लघुकथाको अध्ययन, विश्लेषण र समकालीन प्रवृत्तिमाथि केन्द्रित ‘विलोम’ लघुकथा अभ्यासको दसौँ श्रृङ्खला मंसिर १७ गते सम्पन्न भएको छ।
धुमधामसँग मनाइँदै योमरी पुन्ही
उपत्यकालगायत देशैभरि छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले बिहीबार योमरी पुन्ही धुमधामसँग मनाउने भएको छ ।