शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक २ गते । कवि तथा गीतकार दिनेश अधिकारी सम्मानित हुनुभएको छ । उहाँको लेखन–यात्राको स्वर्ण वर्षको अवसर पारेर ‘नझरेका फूलहरू’ नामक संस्थाले एक कार्यक्रम आयोजना गरी उहाँलाई सम्मान गरेको हो । कार्यक्रममा अधिकारीको हालै प्रकाशित कवितासङ्ग्रह ‘पानीको परेड’ बाट कविहरू कवितावाचन गरेका थिए भने विभिन्न कलाकारले अधिकारीका गीतहरूको गायन र नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तै कवि मनु मञ्जिलले कवि अधिकारी आफ्नो पुस्ताका अग्रणी कवि र गीतकार हुन् भन्दै उनको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा कवि अधिकारीले कविता र गीतबारे सङ्क्षिप्त विचारसहित आफ्ना केही कविता र गीतहरू सुनाउनुभएको थियो । ‘नझरेका फूलहरू’ का प्रस्तोता केपी घिमिरेले कवि अधिकारीलाई सम्मान गर्न पाएकोमा संस्था आफैँ गौरवान्वित भएको धारणा व्यक्त गर्नुभयो ।