मैले खोजेको देश (कविता)
यो के आएछ ? अहँ... मैले ल्याउन खोजेको मैले ल्याउन सोचेको
माया जुनीभरीलाई (कविता)
पिरतीको सन्देश देऊ उडिजाने चरीलाई साँची राखौँ मुटुभित्र हाम्रो ‘माया जुनीभरीलाई’
विश्वभरका नृत्यको व्याकरण भैरव अल्फा साइन्स सार्वजनिक
नृत्यलाई कला सँगसँगै विज्ञानको रूपमा समेत व्याख्या गरिएको पुस्तक ‘भैरव अल्फा साइन्स’ सार्वजनिक गरिएको छ । उक्त पुस्तक नेपालका प्रथम नृत्य निर्देशक ९१ वर्षीय भैरव बहादुर थापाले लेखेका हुन् ।
रूपवती रुप्से झरना
कति हैरानीपछि बल्ल हामी रुप्से झरना समक्ष उपस्थित थियौँ । झरनासँग साक्षात्कार हुँदा भिज्नुको के दुःख ? हिलोमा जाक्किनुको के चिन्ता ? पानीमै चोबलिनुको के सास्ती ? थिएन केही पर्वाह । भएन कुनै कष्ट । ढुङ्गामा बजारिँदा पनि दुखेन । पानीमा भिजिँदा पनि चिसो लागेन । मनको इच्छा पूरा भएपछि के हैरानी, के सास्ती ! मन रमाएपछि अनुहारमा खुसीका मुस्कान स्वतः प्रकट हुँदोरहेछ । गाडीमा थचारिएर थिल्थिलो भएको पीडा केही नहुँदो रहेछ । अनेकौँ खाल्डाखुल्डी, कोप्चेरो र भिरको जोखिम नाघेर आइपुग्नुको उपलब्धि यही त थियो । आँखै सामुन्ने सौन्दर्यको सुन्दर तस्बिर ‘रुप्से झरना’ झरिरहेको झरझर । झरनाको दृश्यले हाम्रा भोका आँखालाई ग्वाम्म अँगालो मार्न आउने । पानीका कञ्चन जलकणले गालामा जताततै म्वाइँ खान थाल्ने । सुक्खा अनुहारलाई सिञ्चन गर्दै त्यो मायालु स्पर्श–सुखले बेग्लै आनन्द दिने ।
विगत र वर्तमानका दस्ताबेज
नेपाली साहित्यमा विशिष्ठ नाम हो मन्जु काँचुली । उहाँका कविता, कथा, नाटक, लघुकथालगायत दर्जनौँ कृति प्रकाशित छन् । विसं २०१७ देखि कविता लेखनमा सक्रिय काँचुली दर्जनौँ साहित्यिक सङ्घ–संस्थाबाट पुरस्कृत हुनुभएको छ । हालसम्म पनि नेपाली भाषासाहित्यमा आफ्ना अमूल्य क्षण अर्पण गरिरहनु भएको छ । यसैको निरन्तरता हो, उहाँको पछिल्लो लघुकथा कृति ‘काँचुलीका लघुकथा’ । नेपाली साहित्यमा उहाँका कृतिहरू पढ्ने अवसर निरन्तर पाएका छौँ । ‘काँचुलीका लघुकथा’ कृतिले नेपाली लघुकथामा उहाँको गर्विलो उपस्थिति देख्न सकिन्छ । जीवनका अनुभव तथा नेपालको राजनीतिक परिवर्तन र त्यसको परिणाम जनतासम्म पुग्न नसकेका तिता क्षणका साक्षी लेखकका अनुभूति नेपाली साहित्यमा हामीले पढिरहेका छौँ, निरन्तर पढिरहने छौँ ।
‘पुस्तकले रोएकालाई हँसाउँदैन !’
रोएका कति छन् रुने जति खुसी पारी हँसाउन्न यो खोज्दा हुन् धनमान मुक्ति कतिले केही दिलाउन्न यो । ऐतिहासिक पहिलो उपन्यास ‘रजबन्धकी’ का लेखकद्वय टुकराज–पद्मराज मिश्रले सुरुमै ‘सानो गन्थन’ भनेर पुस्तकका बारेमा यस्तो श्लोक उल्लेख गर्नुभएको छ । अर्थात् यस पुस्तकले रोएकालाई हँसाउँदैन होला र धन, मान र मुक्ति खोज्नेका लागि पनि केही दिन सक्दैन होला तर यस उपन्यासले विसं १८२७ देखि १८३८ तिरको लमजुङ, तनहुँ, पाल्पाको चालचलन र अवस्थाबारे प्रस्ट पार्न खोजेको छ । सामाजिक, आर्थिक र ससाना राज्यबिचको लडाइँबारे पनि जानकारी दिएको छ ।
डा. राजेन्द्रप्रसादको आत्मकथा नेपालीमा
भारतका प्रथम राष्ट्रपति ‘डा. राजेन्द्र प्रसादको आत्मकथा’ नेपालीमा अनुवाद गरेर प्रकाशनमा ल्याइएको छ। साहित्यकार एवं अनुवादक श्याम प्रधानद्वारा अनुवादित ‘आत्मकथा डा. राजेन्द्रप्रसाद’ को एक समारोहबिच लोकार्पण गरियो। वासुशशी स्मृति परिषद्का अध्यक्ष एवं वरिष्ठ स्रस्टा गणेश रसिकको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभू घिमिरे र वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराईले सो कृतिको लोकार्पण गर्नुभएको हो। ओरियन्टल पब्लिकेशनद्वारा प्रकाशित सो कृतिमाथि डा. घिमिरे, डा. भट्टराई, साहित्यकार राधेश्याम लेकाली, प्रद्युम्न जोशी, ठाकुर बेलबासे, हरि गौतमलगायतले प्रकाश पार्नुभएको थियो।
लोकसंस्कृति हराउँदै गएकोमा चिन्ता
राष्ट्रिय लोकसांस्कृतिक सङ्घले स्कुल स्कुलमा पुगेर लोकसङ्गीतको स्थान र महत्वको विषयमा विद्यार्थीलाई प्रशिक्षण दिन थालेको छ। बालबालिकालाई नेपालका लोकलय तथा ठेट भाषाको बारेमा बुझाउनका लागि यस्तो अभियान थालेको हो। राष्ट्रिय लोकसांस्कृतिक सङ्घका उपाध्यक्ष तथा सङ्गीतकार दीपक शर्माले लोकलय तथा ठेट भाषा संरक्षणका लागि राज्यले कुनै पहल नगरेपछि आफूहरूले यस्तो अभियान थालेको बताउनुभयो। उहाँले भन्नुभयो, “अहिले हरेक बालबालिकाले नेपालीभन्दा विदेशी गीतहरू गुनगुनाउँछन्। नेपाली गीतसङ्गीत तथा संस्कृति नै लोप हुने अवस्था आएको हुनाले स्कुल स्कुलमा लोकसङ्गीत स्थान र महत्वको विषयको प्रशिक्षणको कार्यक्रम राख्नु परेको हो।” यदि यसको संरक्षणमा कोही नजुट्ने हो भने नेपालीको पहिचान नै हराउने उहाँको चिन्ता छ।
विमल गुरुङ कृति पुरस्कारका लागि २१ कृति सार्वजनिक
कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०७९ सालको प्रकाशित कृतिहरुमध्ये उत्कृष्ट एक कृतिलाई दुई लाख नगद राशी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने भएको छ ।