• २० कात्तिक २०८२, बिहिबार

रमेन्द्र–सावित्री लघुकथा पुरस्कार प्रदान

blog

निर्वाचित पदाधिकारी ।

काठमाडौँ – सिर्जनामा इनरुवाको चौथो साधारणसभा तथा अधिवेशनमा निम्न पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।

लघुकथाकार ममता मृदुलको प्रमुख आतिथ्यमा सन्चालन भएको सो कार्यक्रममा  रमेन्द्र–सावित्री लघुकथा पुरस्कार लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ लाई र लघुकथाकार रामकुमार पन्डित, काठमाडौँलाई सिर्जनामा इनरुवा साहित्य स्रस्टा सम्मान प्रदान गरिएको थियो ।    

कार्यक्रममा सिर्जनामा इनरुवा साहित्य पुरस्कार (तारानाथ शर्मा पोख्रेल र अन्य दस जना स्रष्टालाई सिर्जनामा इनरुवा स्रष्टा सम्मान ०८२ प्रदान गरिएको छ ।

कार्यक्रममा टङ्कप्रसाद भेटवाल, ऋषिराज तिवारी, भुपाल अधिकारी र किरण मेहताले आजीवन सदस्यताको प्रमाणपत्र लिनुभएको  छ ।

अधिवेशन आगामी कार्यकालका लागि अध्यक्षमा लीलानाथ सिलवाल निर्वाचित हुनुभयो ।