• २१ कात्तिक २०८२, शुक्रबार

वडा कार्यालय भवन बन्ने

blog

गोरखा नगरपालिका–८ मा रहेको बराहमा वडा कार्यालयको शिल्यान्स गर्दे गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण बहादुर राना ।

गुणबहादुर रोका 

सुलीकोट, कात्तिक २१ गते । गोरखा नगरपालिका–८ को वडा कार्यालयको नयाँ भवन बन्ने भएको छ । यसअघि वडा कार्यालयको सेवा गोरखा नगरपालिकाको कार्यालय भवनबाट सञ्चालन हुँदै आएकोमा अब आफ्नै भवन निर्माण सम्पन्न भएपछि सेवा अझै प्रभावकारी र सहज हुने अपेक्षा गरिएको छ । 

गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगरले शुक्रबार एक कार्यक्रमकाबिच भवनको शिल्यान्स गर्दै जनताको घर दैलोमा सेवा पुर्‍याउने उद्येश्यले वडा कार्यालयको भवन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । 

उक्त वडा कार्यालयले सबै वडाबासीहरुलाई वडा कार्यालयसम्म पुग्न सबैभन्दा सजिलो हुनुका साथै वडाबासीको प्रशासनिक कामकाज, सिफारिस, दत्र्ता तथा प्रमाणपत्र सेवाहरुलाई अझ व्यवस्थित बनाउने विश्वास गरिएको छ । 

उक्त वडा कार्यालय भवन निर्माणको लागि कूल १ करोड ६५ लाख ४० हजार रुपियाँमा गोरखा नगरपालिका र सचेत कन्ट्रक्सन प्रालि बिच २०८२ साल वैशाख १५ गते सम्झौता भई २०८३ साल जेठ १५ गते सम्पन्न गनुपर्ने सम्झौतामा उल्लेख छ । 

उक्त भवनमा साँढे दुई तलामा एक सभाहल, प्रशासनिक कोठा गरी १० वटा कोठा बनाइने भएको छ । वडा कार्यालयको शिल्यान्स कार्यक्रममा गोरखा नगरपालिकाका उपप्रमुख, १४ वटाका वडा अध्यक्ष कर्मचारी, तथा स्थानिय बासिन्दाको उल्लेखिनय सहभागिता रहेको थियो । 

सहभागी बक्ताहरुले वडा कार्यालय भवन निर्माणले स्थानीय सेवा वितरणमा सहजता ल्याउने र विकासको गतिलाई तिब्र बनाउने र सबै प्रशासनिक सेवा आफ्नै भवनबाट सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।