ढिलो गरी ओछ्यान छाड्छु । आङसम्मै पारिलो घाम आइसकेछ । सकी नसकी ओछ्यानबाट उठेर बरन्डामा आएर बस्छु । नैनाले दिएको कालो चियाको सुर्को लिँदै आफ्नै हात र हत्केलालाई नियाल्छु । उमेरमा तनक्क तन्केको हत्केला नशा र चाउरीले भरिएछ । तन साँचै बुढो भएछ । उसो त मन पनि जवान कहाँ छ
र ? उमेरमा बुर्कुर्सी मार्दै जँघार तरिन्थ्यो, थुम्को नाघिन्थ्यो र गु्ड्दागुड्दैको ट्र्याक्टरबाट उखुको लाँव्रmा तानेर खाइन्थ्यो । न चिन्ताको भारी न त शोकको भकारी । जिन्दगी कलकल बगेको खोला भैmँ सललल बगेको थियो, सङ्लो थियो । जतिखेर पनि मन पखेटा लाएर उड्न लालायित हुन्थ्यो तर समय बित्यो, पानी पिया खोलामा धेरै पानी बग्यो, पानी पिया खोलाले हजारौँ लाखौँ पूmलघोडाहरू पचायो । साँच्चै नै समय आपैmँ पनि बुढो भयो कि कसो ? किनकि हिजोआज हिँड्दै नहिँडी थकाइ लाग्न थालेको छ । हो नै, अचेल आँगन पनि परदेश भैmँ लाग्न थालेको छ ।
सधैँ चहलपहल हुने घर सुनसान छ, चुपचाप छ । भान्साबाट आउने कुकरको सिटीले मात्र यो चिसो मौनतालाई बेला बेलामा भङ्ग गर्छ । त्यसपछि नैनाले पकाएको भोजनको स्वाद, भान्छामा उनको मेहनत, उनको पीडा सबै एकै ठाउँमा घुलमिल हुन्छन् । मेरो साथी भने पनि, आफन्त भने पनि, श्रीसम्पत्ति भने पनि नैनाबाहेक अरू को नै छ र ? के नै छ र ? उमेरले म सत्तरी नाघेको वृद्ध, सुगरको रोगी, पे्रसरको रोगी । पछिल्लो मेरो परिचय नै यही हो । चाहरेर पनि नचाहेर पनि, उमेरसँगै पछिल्ला दिनमा अघिल्ला परिचय धूमिल हुँदै जाने रहेछन् ।
मनले नि भन्छ, मस्तिष्कले नि भन्छ, सत्तरी वटा वसन्त र शिशिर देखिसकेपछि जीवनमा अब देख्न र सुन्न बाँकी नै के छ र ? साथमा न त छोरा, न त छोरी । खेतमा एक्लै एक्लै उभिएको बुख्याँचा जस्तो जिन्दगीको के
काम ? के अर्थ ? के महìव ? बोनसको जिन्दगी बाँचिरहेको मान्छेको चाहना नै के हुन्छ र ? उसले अब जीवनमा गर्न नै के सक्छ र ? जिन्दगीको प्लेटफर्ममा उभिएर मृत्युको रेललाई कुर्नुबाहेक उसको काम नै के हुन्छ र ? मायाविहीन, खुसीविहीन जिन्दगीलाई मृत्युको अँगालोबाट भगाउनुको के अर्थ ?
‘छोरोले फोन गरेको थियो ?’ नैनाले बिहानीपखको दोस्रो पटकको चिया दिँदै सोधिन् । इन्कारमा मैले मन्टो मात्र हल्लाएँ । ‘कुरा गर्न मन लाग्दा आपँैmले फोन गरे पनि हुन्छ नि । मलाई पो आएको फोन उठाउनुबाहेक अर्थाेक आउँदैन त ।’ कुरा गर्दागर्दै तरकारी काटिसकेर नैना भान्छातिर लागिन् । म केही बोलिनँ । माथि र तल गर्न असजिलो हुन थालेपछि माथिल्लो तला भाडामा बस्नेलाई दिएर हामी भुइँतलामा बस्न थालेको पनि डेढ दुई वर्ष हुन लाग्यो । भाडामा बस्ने केटो समन निकै मिजासिलो र सहयोगी स्वाभावको छ तर उसकी श्रीमती डेजी भने अहोहो ! कुनै समयमा चलचित्रका दृश्य दगुरे भैmँ जिन्दगी दौडिएको भान हुन्थ्यो । जिन्दगीको दगुराइ मलाई ख्याल मन पथ्र्यो र ? त्यसैले कुनै कुनै बेला त जिन्दगीको गतिलाई रोकेर एकै निमेष भए पनि जिन्दगीको मायालु अनि स्नेहालु मुहार हेर्न मन लालायित हुन्थ्यो तर त्यो बेलामा जिन्दगीमा त्यत्ति पनि फुर्सद कहाँ थियो र ? नोकरी, राजनीति, बच्चा, श्रीमती, घर भन्दाभन्दै दिनको चौबिस घण्टा पनि कम हुन्थ्यो । जीवनमा उडेर पहाड नाघ्ने जोश थियो, संसारै जित्ने चाहना थियो । हुन त फव्रिmएको पूmल भैmँ मुस्कुराउनलाई बाधा केही थिएनन् किनकि पूmल भैmँ सुन्दर दुई पूmल घरमा हुर्किरहेका थिए । तिनै दुई पूmलमा नैना र मेरो प्राण बसेको थियो । तिनै दुई पूmलले हाम्रो संसार झलमल्ल र ढकमक्क भएको थियो । सुन्दर सपना विपनामा परिणत भएको अनुभूतिले हामी पुलकित थियौँ, हाम्रो मन पुलकित थियो । झलमल्ल घाम लागेको बेलामा पुसको चिसो स्याँठको कसलाई सम्झना आउँछ र ?
यो डेजी नामको आँधीले भर्खरै नैनलाई घुक्र्याएर गइछ । उसले भाडा घटाइदिनुप¥यो भनेर नघुक्र्याए पनि मैले सोचिसकेको थिएँ । त्यसैले समनलाई बोलाएर आउने महिनादेखि घरको भाडा अठार हैन बाह्र हजार मात्र दिए हुन्छ भनिदिएँ । एकछिन त ऊ अकमक्क प¥यो । फेरि उसले मेरो हात समाउँदै भन्यो, ‘किन त्यसो गर्नुपथ्र्यो र हजुरबा । म अठार हजार नै तिर्थे नि । अब हजुरले भनेपछि नाइँ पनि कसरी भनूँ ? हजुरलाई धन्यवाद छ । केही काम प¥यो भने भन्नु न ।’ मलाई थाहा थियो, हामीलाई केही कामका लागि उसको आवश्यकता पर्दा हामीले भन्नै पर्दैनथ्यो बरु हामीले भन्नुभन्दा अगाडि नै ऊ आइसकेको हुन्थ्यो । त्यसैले भाडाभन्दा पनि उसले हामीलाई गरेको सहयोग र स्नेह ठुलो थियो, महìवपूर्ण थियो ।
अमन र श्रमन यस्तै तीन चार कक्षाको विद्यार्थी हुँदाको कुरा हो । दुवैलाई एकै चोटि झाडाबान्ताले सतायो । दुवैलाई झन्डै एक हप्ता जति अस्पतालमा राख्नु प¥यो । अस्पतालबाट घर फर्किएपछि नैनाले दुवैलाई बाहिरको खाजा खान र पानी पिउनसमेत रोकिन् । विद्यालय जाँदा उमालेको पानी टुम्लेटमा राखिदिन्थन् । घरमै बनाएको खाजा लिएर उनी विद्यालय पुग्थिन् । यो व्रmम दुवै जना कलेज नपुगुन्जेल चलिरह्यो । जस्तै घाम, पानी, अस्वस्थ हुँदा पनि नैनाले यो तालिकामा फरक पर्न दिइनन् । ती निठुरीहरूले यो कुरा सम्झिँदा हुन् कि नाइँ । जब कि तोते बोली बोल्दैदेखि हामीले जिस्क्याउँदा उनीहरू हानाथाप गर्दै भन्थे, “बाबालाई म पाल्छु । आमालाई म पाल्छु ।”
धरान विराटनगर चल्ने आराथुन गाडी होस् कि विराटनगर जोगबनी चल्ने रसियन थोत्रो डज नै किन नहोस्, उनीहरूको रफ्तारलाई जितेर दुई कलिला मुनाहरूको रहरका प्वाँखहरू पलाउन थालिसकेका थिए । त्यसैले इटहरीको माया, पे्रम र अपनत्वलाई मनमा स्थायी रूपले बास बस्न दिएरै मैले मेरो गोठ काठमाडौँ सारेँ । उड्न खोज्ने सपनालाई पखेटा लाउँन मद्दत गरेँ । न त समय रोकियो न त उड्न खोज्ने पखेटाहरू नै । त्यसैले उड्ने सपनालाई चीलगाडीले पटक पटक गरेर सात समुद्र पारी लग्यो । दुई मुटुहरूले चार आँखाबाट ती दृश्य हेर्नु र भक्कानिनुबाहेक अरू केही गर्न सकेनन् ।
मेरो परिवारमा सन्ततिहरूको रहरले पनि बिहे पनि भयो । संजोगले पनि बिहे पनि भयो । नयाँ पिढीको प्रवेश भएपछि हामी स्वतः पुरानो पिढी भयौँ । नयाँ पिढीसँग नयाँ सोच, नयाँ चिन्तन र जीवनलाई हेर्ने मात्र नभएर भोग्ने दृष्टिकोण पनि नयाँ थियो । नैना र मैले एकले अर्कालाई हेराहेर ग¥यौँ, माया, परिवार र जिम्मेवारी भनेर जीवन जाँतोमा पिसिँदा थाहै नपाई हाम्रो कलकलाउँदो बैँस त बुढेसकालको पोल्टोमा पो बास बस्न गइसकेको रहेछ । आपूmले बाँडेको माया फल लागिनसक्दै अरूकै हुन पो हतारिसकेको रहेछ । दुई मुटुमा भुत्ते कर्दो रेटिएको असाध्य पीडानुभूति भयो । यो स्वार्थ हो कि समर्पण हो ? यो सही हो कि गलत हो ? स्वाभाविक हो कि होइन ? मनले यसै हो भनेर निक्र्यौल गर्न सकेन । तर मुटुको मायाले सात समुद्र पारि बसाई सर्न लाग्दा ढुङ्गाको बाहेक अरू कुन मुटु नरोला र ?
‘नैना, खै किन हो आज मन सारै छटपट छटपट भइरहेको छ ।’ ‘भो, धेर चिन्ता नगर्नु, आधा रात भइसक्यो अब सुत्नुस्,’ ओछ्यानमा पल्टिनासाथ नैना घुर्न थालिसकेकी हुन्छिन् तर आफ्नो आँखामा निद्राको नाम निसानै हुन्न । अचम्म लाग्छ मलाई, सन्तान जवान हुनासाथ बाबुआमा र बाबुआमाकै सोच कसरी पुरातन हुन थाल्छ ? सन्तान र अभिभावक बिचमा किन दुरी बढ्न थाल्छ ? जब कि तिनै बाबुआमाको हात समातेर जवान भएका उनीहरू बाबुआमाकै सम्पत्ति र सपनामाथि टेकेर चीलगाडीमा बसेर सात समुद्र जान सक्षम हुन्छन् ? के त्यसको पछाडि बाबुआमाको सिङ्गो जवानी, रहर, सपना र सम्पत्ति समर्पण भएको जिउँँदो इतिहास सन्ततिले कहिल्यै बुझ्नु नपर्ने ? भोलि आपूm पनि अभिभावक बन्छु भन्ने आजको दिनमा सोच्नै नहुने ? कस्तो अचम्म, छोराछोरी अलि ठुलो हुनेबित्तिकै आपूm हुर्किएको काख उनीहरूलाई सानो हुन थाल्छ, गनाउन थाल्छ । अभिभावकको सन्निधिले उनीहरूलाई बिझाउँन, झर्को लाग्छ थाल्छ ।
अभिभावकको शरीरबाट पसिना कसका लागि बहेको हुन्छ ? अभिभावकले आफ्ना रहरहरू, सपनाहरूलाई कसका लागि दबाएर रातदिन मेहनत गरेका हुन्छन्
त ? मन चर्किन थाल्छ, फाट्न थाल्छ, रुन थाल्छ तर फाटेको मनलाई सिलाउन सक्ने मन निर्दयी र निठुरी बनेर भविष्यको खोजीको बहानामा विदेशमा रमाइरहेको हुन्छ । सन्तान भएर पनि जीवनमा सन्तानविहीन भैmँ बाँच्नुको के अर्थ ? के महìव ? सोचाइले, पीडाले र छटपटीले निद्रालाई आपूmनजिक आउनै नदिएपछि म जसोतसो उठेर चिया बनाउन भान्सातिर लाग्छु ।
सपना पनि हिजोआज नराम्रो देख्न थालेको छु । कतै केही अनिष्ट हुने पो हो कि ? आफ्नो छटपटी र तनाव नैनासँग बाँडेपछि मन अलि हल्का हुन्छ । तर रात छिप्पिँदा नछिप्पिँदै छाती असहनीय तरिकाले दुख्न थाल्छ । तातो पानी खान्छु । नैनाले मालिस गरिदिन्छिन् । तर कुनै सिप नलागेपछि समनलाई बोलाउन बाध्य भइयो । कत्ति पनि झर्कोफर्को नगरी उसले गंगालाल अस्पताल पु¥यायो । बिल काट्ने, पैसा बुझाउने, डाक्टरसँग कुरा गर्ने सबै काम उसैले ग¥यो । साधारण एक्स रे र रगतको जाँचको परिणाम सामान्य आएपछि एमआरआई गरियो । त्यसको परिणामा पनि सामान्य आएपछि डाक्टरहरूले आपसमा सरसल्लाह गरेर केही औषधी दिए र रातभरि स्लाइन पानी दिइरहे ।
औषधीको प्रभावले होला म बिहान अबेलासम्म निदाएछु । त्यहीबेलामा काममा जान ढिला हुन्छ भनेर नैनाले समनलाई घर पठाइछन् । कार्यालय जानेव्रmममा समन र डेजी खाना लिएर आएछन् । त्यो पनि मलाई थाहा भएन । पछि म बिउँँझिएपछि पो नैनाले बेली बिस्तार लगाइन् । सबै जाँचको परिणाम सामान्य आएपछि तेस्रो दिन म फेरि घर आइपुगेँ । नैनाले दिएको सूची अनुसार सबै सामान समनले ल्याएर भान्सामा राखिदिएर फिर्ता पैसा पनि उसले नैनालाई दिइसकेको थियो । मेरै करबलमा उसले मसँग बसेर चिया पियो । ऊ जानलाई उठ्न लाग्दा मैले उसको हात समातेर कृतज्ञता व्यक्त गर्दै भनेँ, ‘बाबु, तिमीलाई धेरै धेरै धन्यवाद छ । तिम्रो गुण हामी कसरी तिर्न सकौँला र ?’
‘मलाई आफ्नै छोरा नाति सम्झेर आशीर्वाद दिनुस्, भैहाल्यो नि,’ उसले मुसुक्क मुस्कुराउँदै भन्यो । मैले ऊ गएतिर हेरँे । अग्लो जिउडाल जस्तै यो केटोको मन पनि कति फराकिलो कति अग्लो । सके मेरो नाति पनि यत्रै भयो कि ? यस्तै सहयोगी र दयालु स्वभावको छ कि ? मन चसक्क हुन्छ । छाती दुख्ला कि भनेर म टेलिभिजनका दृश्यहरूमा मनलाई भुलाउने प्रयास गर्छु ।
स्वास्थ्यमा गडबडी भइरहेकै छ तर जचाउँदा सबै रिपोर्ट ठिक छ भन्ने नै आउँछ । मेरो तुलनामा त नैना कति स्वस्थ र निरोगी छिन् । उनी पनि मै जस्तो रोगी भएकी भए हाम्रो हेरचाह कसले गथ्र्यो होला र ? मैले जानेदेखि आजसम्म उनले औषधी मुखमा हालेकी छैनन् । आफ्नै खानपानले उनले आफ्नो शरीरलाई आफ्नो नियन्त्रणमा राखेकी छिन् । एक जना अलि भरपर्दी सहयोगी माइली भेटिएकीले पनि नैनालाई अलि सजिलो भएको छ । भाँडा माझ्ने, लगा धुने र भुइँ पुछ्ने कामबाट फुर्सद पाए पनि नैनाले फुर्सदले बस्न जानेकी नै छैनन् । यसो फुर्सद भयो कि उनी बारीमा पसेर तुलपूmल गोडमेल गर्न पसिहाल्छिन् । त्यत्ति गरेर पनि समय उभ्रियोभने चिल गाडीमा चढेर जानेहरूको कोठा मिलाउन थाल्छिन्, उनीहरूको बच्चा बेलाको तस्बिर र लुगा हेरेर मैले थाहा नपाओस् भनेर चुपचाप चुपचाप आँसु बहाउँछिन् । आमाको दस धारा दुध घटघट पारेको नसम्झिनेहरूले आमाको आँखाबाट बहेको पानीको महìव के बुझ्थे र ! नैनाले धेरै दिनदेखि नातिनातिनासँग कुरा गर्ने रहर गरिरहेकी थिइन् तर सम्पर्क हुनै सकिरहेको थिएन । मैले पो नजानेको हो कि भनेर समनलाई बोलाएर मोबाइल उसको हातमा राखिदिएँ तर अहँ ! मेसेन्जरमा पनि र मोबाइल नम्बरमा पनि सम्पर्क हुनै सकेन ।
दिक्दारीको भाव मैले नैनाको मुहारमा देखिरहेको थिएँ । बिहानको घाम ताप्दै चिया खाइरहेको बेलामा अचानक उनको हातबाट चियाको कप खस्यो । डेजी र समन अफिस गइनसकेकाले मैले हतारिँदै उनीहरूलाई बोलाएँ । झटपट ह्याम्पस अस्पताल पु¥याइयो । तर उफ ....! चालिस वर्षभन्दा लामो हाम्रो सम्बन्धलाई चुँडाएर उनले मलाई एक्लै छाडेर उनी त अनन्त यात्रामा हिँडिसकिछिन् । म कति बेर रोएँ, मलाई नै थाहा छैन । मैले आपूmलाई फेरि एक पटक टुहुरा भएको अनुभव गरेँ । हरे, नैनाबिना एक्लै म कसरी बाँचुला ? बरु साथै प्राण गैदिएको भए कति जाती हुन्थ्यो । आफन्तहरूले आए । दस थरी कुरा सुनाए । दुई सालाहरू र समनले नै सबै व्यवस्था मिलाएपछि हामी घर फर्कियौँ ।
‘अन्तिम पटक हामी आमाको मुख हेर्न जसरी पनि नेपाल आउँछौँ,’ भनेर भान्जाहरूले मामाहरूलाई भनेकाले नैनालाई शिक्षण अस्पतालको चिसो बरफको बाक्सामा राखेर म अझ बढी चिसिएर घर आइपुगेको थिएँ । घरव्यहार कसरी चलेको छ ? राखनधरान के हो ? कता छ ? के छ ? मलाई केही थाहा थिएन । यो सबै नैनाले नै समालेकी थिइन् । मेरो मन, मेरो मस्तिष्क शून्यमा टाँगिएको थियो । नैनाबिना अब धेरै दिन म पनि बाँच्छु जस्तो लागेकै थिएन । समनले मलाई छाडेको थिएन, बालखालाई फुलाए भैmँ उसले मलाई सम्झाइरहेको थियो, मेरो खानपिनको ध्यान राखिरहेको थियो । मराउ घरमा आएका मानिसहरूको खाने, सुत्ने र व्यवस्था सबै उसैले मिलाइरहेको थियो । यस्तो बेलामा डेजीले पनि निकै सघाएकी थिइन् । छोरोहरू चौथो दिन राति आइपुग्ने खबर आयो । यो खबरले मलाई खासै उत्साही बनाएन । जिउँदोको जन्ती हुन नसक्नेहरू मर्दाको मलामी बन्नुको के अर्थ र ? भन्ने भाव मनमा जागिरह्यो । मैले धेरै सोचेँ, समनलाई भनेर दराज खोल्न लगाएर बहुमूल्य सामान र पैसा के कति छ भनेर जानकारी लिएँ । कति रहरले होला नैनाले सुनका सानाठुला धेरै गहना बनाएकी रहिछिन् । त्यही बेलामा डेजीले चिया लिएर आइन् ।
‘समन बाबु, यो लेऊ,’ मैले ऊतिर एउटा चेक बढाएँ । उसको मुहारमा प्रश्नहरू र आश्चर्यको भाव देखेपछि मैले भनेँ, ‘आश्चर्य नमान, यो तिमीहरूलाई मेरो र नैनाको माया अनि उपहार हो । नैनाले पनि तिमीलाई आफ्नै छोरासरह माया गर्थिन् । तिमीले हामीलाई गरेको सहयोग र हामीप्रति देखाएको माया र सद्भावको अगाडि यो बिस लाखको चेक केही पनि हैन मात्र यो तिमीलाई नैना र मेरो आशीर्वाद हो । अनि डेजीलाई लाऊ यो सबै गहना । जीवनमा खुसी रहनु र यस्तै सहयोग रहनु ।’ उनीहरूले पैसा र गहना लिन नमाने पनि मैले स्नेहपूर्वक लिन आग्रह गरेपछि असजिलो मानी मानी उनीहरूले लिए । उनीहरू गएपछि मेरा गालामा आँसुको पैरो गइरहेको थियो ।
छोराहरू नआउन्जेल म दिनको एकचोटि शिक्षण अस्पताल पुगेर नैनालाई भेट्थेँ । कुरा गर्थें तर पालेले लामो कुरा गर्न दिँदैनथ्यो । त्यसैले घाम नडुबुन्जेल म बाहिरै बसिरहन्थेँ । मलाई थाहा थियो, भित्र चिसो बरफमा नैना चिर निद्रामा छिन् भनेर । यो सम्झिँदा मन भक्कानिन्थ्यो । डाको छाडेर रुन मन लाग्थ्यो । सधैँ पारिलो घाम मन पराउने नैनालाई त्यो चिसो बरफले कति दुःख दियो होला भन्ने पीडाबोधले छटपटिएर फेरि नैनालाई भेट्न खोज्दा पाले रिसाउँथ्यो, ‘य बाज्या, कटी हेर्ने ? यसो नगर, बिटेको आट्मालाई नि कष्ट हुन्छ रे क्या । हाकिमले ठा पायोभने मैले गाली खानु पर्छ ।’ छोराहरू आए । नैनालाई मुक्तिको बाटो देखाए । मलाई पनि माया देखाए । त्यसैले नेपालको सबै सम्पत्ति बेच्ने र बुवालाई पनि अमेरिका लाने भने । नातिनातिना औधी रमाए । कति लामो समयपछि नाति नातिनासँग भेट भएको थियो । त्यसैले मेरा नातिनातिना यत्तिविधि मायालु होलान् भन्ने मलाई के थाहा र ? छोराहरूले साथै लाने भनेपछि मैले पनि नाइँनास्ती गरिनँ र घरजग्गा बिव्रmीका लागि जहाँ जहाँ भन्छन् ल्याप्चे लाएर हस्ताक्षर गरिदिएँ । पैसा दुई भाइले बाँडेर लिए । चीलगाडीमा चढ्ने दिन पनि आयो । दुई भाइ मिलेर समनलाई बोलाए र भनेँ, ‘बुबा, तपाईंलाई हामीसँगै लाने विचार गरेका थियौँ तर यो उमेरमा तपाईंलाई अमेरिका लगेर तपाईंले त्यहाँको रहन सहन र संस्कृतिमा आपूmलाई भिजाउनै सक्नुहुन्न । त्यसैले समन भाइ, यी बुबाको छोराछोरी कोही छैनन् भनेर बुबालाई कुनै वृद्धाश्रममा लगेर राखिदेऊ है ।’ दुई भाइले दिएको पैसा समनले उनीहरूकै मुखमा फ्याँकिदियो र ऊ करायो । ‘थुक्क, लोभी, पाखण्डी, निर्दयीहरू । कसरी भन्न सकेको आफ्नो जन्मदिने बाबुलाई वृद्धाश्रममा छाडिदिनु भनेर । तिमीहरू आमाको मुख हेर्न आएका हैनौ, बरु बाबुको जिन्दगीभरिको कमाइ लुट्न मात्र आएका हौ तर याद राख, तिमीहरू दुवै जनाको पनि छोरा रहेछ । तिमीहरूले पनि यस्तै दिन भोग्न नपरोस् । निठुरीहरू, बुबाको तिमीहरूले चिन्ता गर्नु पर्दैन । बुबालाई म पाल्छु ।’
आफ्नो रगत पराइ भएको बेलामा को हो, को हो एक जना अपरिचित केटोको यो माया र समर्पणले म पग्लिरहेको थिएँ । मेरो मनले भनिरहेको थियो, सुन्यौ नैना, तिमी मेरो चिन्ता नगर है । कोही नभए पनि हाम्रो पनि कोही रहेछ नि ।