मनोज बिरामी छ यसैले उसका दुवै दिदीको अनुहार अँध्यारो छ, मनोज बिरामी छ यसैले उसका आमाबाबु भित्रभित्र रोइरहेछन्, मनोज बिरामी छ यसैले उसका साथी चिन्तित छन्, मनोज बिरामी छ यसैले उसकी भित्री मायालु दुःखी छ ।
जब कुनै घरको मान्छे बिरामी हुन्छ तब त्यसको असर समाजमा धेरैतिर पर्दछ तापनि ठुलो चोट भोग्ने चाहिँ उसको नजिकका आफन्त नै हुन् । उसका दुवै दिदी विदेशमा छन्, सूचना उद्योगको विकासले श्रव्यदृश्य माध्यममा सम्पर्क भइरहन्छ । जब मान्छे आफ्नै व्यथाले पीडित हुन्छ तब हरएक कुरो
निरर्थकतामा परिणत हुन्छ । दिदीहरूले समुद्रपारबाट बर्साएको मायाले ऊ निथ्रुक्क हुन्छ तर उसको व्यथामा कमी आउँदैन । गाह्रो भएर ऊ आमाको हातमा मोबाइल राखिदिन्छ र आपूm पर्लक्क खाटमा पल्टन्छ ।
२२ वर्षको युवा मनोज, संसार हाँक्ने आँट झिकेर गर्विलो हुनुपर्ने अवस्था, साथीभाइसित रमाइलो गर्ने, मायालुसित जिस्किने, रहरैरहरमा टन्नमन्न भएर हिँड्ने उसका दिनहरू अब ऊसित छैनन् । उसका दिनहरू खिएर गएका छन्, उसको मन हार खाएर ऊदेखि भाग्दै छ । उसको घर उसलाई देखेर बिहान रुन थाल्छ, ऊ छाडेर जानुपर्ने कल्पना गर्दै घरलाई देख्दा झस्कन्छ ।
उसको रोग मधुमेह हो जससित जेलिएर अनेक रोगले उसलाई उठ्नबाट रोक्छन् । ऊ रोगसित भिडिरहेको यात्री ! पेटको, अनिद्राको समस्या छ, उच्च रक्तचापले सताइरहेछ । औषधी नखाइनहुने, खाँदा खाँदा तिनै औषधीले सताउने ! काल त्यस्तो रहेछ जो न हुरुक्क हुन दिन्छ न त जुरुक्क उठ्ने भएर स्वास्थ्यलाभ नै गर्न दिन्छ । तीन वर्षदेखि कालसित भिडिरहेको त्यस युवकलाई स्याहार्दै दिदी रमा र आमाबाबु उसको स्वास्थ्यलाभका लागि मरिमेटेर लागिरहेछन् ।
रमा सानैमा आमाको मृत्यु भएर टुहुरी भएकी केटी जसलाई मनोजकी आमाले हुर्काइन् । उसका बाबुले मधेशतिर गएर अर्कै घरजम गरे । रमा मनोजभन्दा केही दिन मात्र जेठी थिई । आफ्ना दिदीहरूलाई भन्दा ऊ रमालाई बढी रुचाउँथ्यो र उसलाई बोकेर हिँड्थ्यो । रमाले नजिकैको एउटा केटालाई मन पराई जसले गर्दा उसको उमेर छिप्पिनुभन्दा पहिला नै बिहे भयो । सानी छँदा मनोजले उसलाई हे¥यो, बिरामी पर्दा ऊ अहिले मनोजको धराली भएर उच्च इमानदारिताको प्रशंसा पाइरहिछ ।
मनोजका बुवा प्राइभेट कम्पनीमा काम गर्ने भएकाले सजिलोसित घर आउन पाउँदैनन्, आमा छन् बाथकी रोगी । मान्छे आज एक्लिँदै गएको छ । यता मनोजले भने रमा जस्ती सहृदयी साथी पाएको छ जसको सुश्रूषा काललाई मन परेको छैन । एकतिर दिदीभाइ अर्कोतिर काल दुवैका बिच ठुलो सङ्घर्ष चल्छ र तीन वर्षपछि टुङ्गिन्छ । “दिदी, भिनाजु कहिले आउनुहुन्छ ? मलाई एउटा ल्यापटपको रहर थियो । खबर पठाइदिन्छ्यौ कि ?”
“जाबो एउटा ल्यापटप, के ठुलो कुरा भो र ? तिम्रो रोग बिसेक त होस्, तिम्रा रहरका कुरा सब पु¥याइदिउँला ।” अहिले उसको उपचार सरोकार अस्पतालमा चलिरहेछ । डाक्टर छन्– सुरेश । उसलाई कैयौँ अस्पताल घुमाइयो । केही दिन बिसेक भए जस्तो हुन्छ अनि फेरि बल्झिहाल्छ । प्रत्येक हप्ताजसो त्यहाँ पु¥याइन्छ, रगत र दिसापिसाबको जाँच गरिन्छ । छातीको एक्स रे पनि गरिएकै छ । औषधी र भिटामिन पनि खाइएकै छन् तर मनोज खिएर जाँदो छ । शरीर दुब्लो छ तैपनि गोडा उसको देहलाई बोक्न अनिच्छुक छन् । घरमा परिवार हैरान, रोगी हैरान, विदेशमा बस्ने दिदी, भिनाजु हैरान ! यसो गरे हुन्छ कि उसो गरे हुन्छ कि भन्यो, अहँ केही लाग्दैन । निरास जस्तै भएर एकपल्ट त डाक्टरले सोधिहाल्यो, “भाकलसाकल पनि गर्नुभएको छ कि ?”
“छैन, त्यस्तो केही गरिएको छैन ।” एकपल्ट त स्टेथेस्कोप लगाउँदै र हाँस्दै उसले सोध्यो, “मनोज, तिम्रो खास रोगै छैन, तिमी आपूmलाई रोगी ठान्छौ र रोगका अगाडि आत्मसमर्पण गर्छौ, जुन दिन तिमी रोगको त्रासबाट भाग्छौ उस दिन तिमीबाट रोगको भ्रम पनि भागिहाल्छ । तिमी निरोगी भइहाल्छौ ।”
दिदीतिर फर्कंदै उसले भन्यो, “रमा नानी, मनोजलाई म रोगले गल्दै गइरहेछु भन्ने चिन्ताबाट मुक्त गर्नु प¥यो अनि मात्र औषधीले छुन्छ । औषधी यति बाठो हुन्छ कि त्यो त रोगीले मन सफा राखेमा सफल हस्तक्षेप गर्ने उत्सुकता नै लिँदैन ।”
“आपूmलाई निरोगी भन्दैमा औषधीले छुने भए यति धेरै अस्पताल, यति धेरै नर्स र डाक्टरको जरुरतै नपर्दो हो । रोगीलाई निरोगी मन बनाउने केही दिनको तालिमले नै अपेक्षित नतिजा प्राप्त हुँदो हो, म त गल्दै गइरहेछु डाक्टरसाहेब, गल्दै गइरहेछु, स्पष्ट भनिदिनोस्, मेरो आयु सिद्धिएको हो कि अझै बाँकी छ ?”
मनोजका दुवै हात समातेर डाक्टरले भने, “मनोज बाबु, मेरो शिरतिर हेर त तिमी जस्ता कैयौँ बिरामीलाई हेर्दाहेर्दै मेरो आधा कपाल खुइलिएर गयो, बाँकी जति सब काँस जस्तो भइसक्यो तैपनि म निराश छैन । तिम्रा काला केश र जवानी देख्दा मलाई के लाग्छ भने सानै प्रयत्नबाटै तिमी चिरञ्जीवी भएर समाजमा उत्रने छौ, म केही औषधी थपथाप गरिदिन्छु, सात दिनपछि सकारात्मक परिणाम लिएर तिमी आउँदा मेरा यी सेता केश तिम्रो निरोगी जीवनको सङ्केत दिँदै चलमलाउने छन् ।”
हप्ता दिनसम्म घर आउन नपाउँदा मनोजका बुवा चिन्तित थिए । बल्लतल्ल तीन दिनको बिदा मिलाएर उनी आइपुगे, सरासर मनोजको कोठामा पसे । तिनको अनुहारको एउटा पाटो उज्यालो र अर्को पाटो अँध्यारो देखियो, डाँडाका दुई पाखामा एकतिर घाम र अर्कोतिर छाया देखिए जस्तो । “मनोज, कस्तो छ तिमीलाई ?”
ऊ बोलेन । दुवै हातले उसलाई सुम्सुम्याउँदै त्यही प्रश्न दोहो-याए, तिनकी पत्नी उभिएर हेरिरहेकी थिइन् ।
“बुवा, लामै बिदा लिएर घर बस्न मिल्दैन ? बुवा नहुँदा मलाई त कस्तो कस्तो लाग्छ ।”
बुवाले उत्तर दिए, “प्राइभेट कम्पनीको काम, म नभएपछि मेरो काम चलाउन अर्को मान्छेको जरुरत परिहाल्छ, सरकारी काम भएको भए बिदा मिलाउन केही सजिलो पथ्र्यो किनभने त्यहाँ कर्मचारीको कमी हुँदैन, प्राइभेटमा अड्कलेर कर्मचारी राखिन्छ तैपनि म त्यहाँको पुरानो कर्मचारी भएकाले केही दिन मिलाएर त आएकै छु, । भन, तिम्रो रोग ओह्रालो लाग्दै छ कि छैन ?”
“मलाई अस्पतालै फेर्नुपर्ने हो कि जस्तो लागिरहेछ बुवा, त्यो अस्पताल ती डाक्टर मेरा लागि अनुकूल हुन सकेनन् नत्र मेरो रोग घटेर जानै पथ्र्यो, अस्पताल पनि के फेरिरहनु भनेर म चुप लागिरहेँ, तिनका औषधी हार्दै छन्, रोग तिनलाई दबाएर माथि उठ्दै छ, म साहसका साथ सामना गरिरहेकै छु ।”
“कसैलाई बिसेक हुन समय लाग्दो रहेछ । कम्पनीमा काम गर्ने साथीकी पत्नी छ वर्षसम्म रोगाई अनि मात्र उसको नवोदय भयो । मनोजले पनि अभैm केही महिना रोगसित लड्नैपर्ने होला, दैवले बाबु तिमीलाई निरोगी भएर बाँच्ने लामो आयु दिएको छ, धन्दा नमान, बिसेक हुन्छ ।”
रमाले दुध, चिया, हलुवा र फलपूmल ल्याई । मनोज भित्तामा अडेस लागेर बस्यो, दुध र बिस्कुट खायो । जिउमा रगतको कमी छ कि जस्तो देखिन्थ्यो नत्र ऊ कसैलाई पनि बिरामी रहेछ भन्ने लाग्दैनथ्यो । उसको हँसिलो अनुहारमा रोगले कालो लगाउन सकिरहेको थिएन ।
मनोजका बाबुले पत्नीलाई, रमालाई सम्झाए, छोरालाई सान्त्वना दिए । नेटबाट विदेशमा भएका छोरीसित कुराकानी भयो । उनी छउन्जेल घरमा एक प्रकारको उत्साह छाइरहेको थियो जब उनी हिँडे तब घर निराशाको अँध्यारोमा रुन लागे जस्तो देखियो । बिरामीको स्याहार गर्दै दिदी र आमा आँसु पुछ्दथे ।
“दिदी, मलाई एक जोर राम्रो सर्टपाइन्ट लाउने रहर छ । आफैँ कमाएर किन्ने विचार थियो, सकिनँ । अफिसमा मेरो नाम अझै काटिएको छैन होला । बिसेक भयो र अफिस जान थालेँ भने तिमीलाई, आमालाई, बुवालाई पनि केही किनेर दिऊँ भन्ने लागिरहेछ । अफिस पनि पसेँ बिरामी पनि भएँ, मनमा लागेका सबै विचार ओइलाएर गए ।” “भाइ, सद्दे बन पहिला अनि जे जे रहर छ त्यो गरौला । सूचीकारकहाँ उभिन पनि त तिमीलाई गाह्रो पर्छ अहिले, कसरी जानु ?”
ऊ बोलेन ।
“भाइ मैले भनेको तिमीलाई कस्तो लाग्यो ?”
‘दिदी, कपडाको वmुरा अहिले छाडौँ, केही मिठो चिज बनाएर÷किनेर ल्याइदिन सक्छौ ? खाऊँ खाऊँ लागिरहेछ ।” दुधमा खुवा पकाएर झिकेपछि थोरै मह राखियो र उसलाई खान दिइयो । खुब मीठो मानेर उसले खायो । “दिदी, भोलि पनि खाजा यही खानु पर्छ कि ?”
“तिमी जे भन्छौ, त्यही बनाऔँला, हुन्न ?”
खाना खाएर पल्टेको दुई घण्टापछि उसले भन्यो, “ममी, छाती गह्रौँ भएर आयो, किन होला ?”
“म सुमसुम्याइदिन्छु, ठीक भइहाल्छ ।”
आँसु रोकेर तिनी छोराको छाती हलुकासित सुमसुम्याउन थालिन् ।
“ममी, सास फेर्न अलि अप्ठेरो भए जस्तो भयो ।”
“अस्पताल जाऔँ, हुन्न ?”
“जान्नँ, त्यो अस्पताल त म, जाँदै जान्नँ ।”
“हो, त्यो अस्पताल नजाने, अर्कै अस्पताल जाऔँ, ल उठ ।”
“कुन अर्कै अस्पताल ?”
“मृत्युञ्जय अस्पताल ।”
गाडीमा आमा र रमा छन्, चालक बिस्तारै हाँकिरहेछ । ऊ आँखा यता र उता यसो नचाउँछ, कदाचित् पुरानै अस्पताल ल्याइयो कि भन्ने सन्देह होला ।
उसले भन्यो, “ममी, मलाई जसरी पनि बचाउनोस् है !” आकस्मिक कक्षमा सुताइयो । चारैतिर उसले यसो हेरेको के थियो, आँखा बन्द ! यत्ति हेर्न ऊ संसारमा आएको रहेछ, यत्ति हेर्न !
आमा र रमाको मुखमा तिनै शब्दहरू अस्पष्ट तवरले गुन्जिरहन्छन्, “ममी, मलाई जसरी पनि बचाउनोस् है ! ममी, मलाई जसरी पनि बचाउनोस् है !”