• २० फागुन २०८२, बुधबार

मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा जडान

blog

रौतहट निर्वाचन क्षेत्र नं. ४ को मतगणनाका लागि तयार पारिएको मतगणनास्थल । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 

रौतहट, फागुन २० गते । रौतहटका चार वटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि मतगणनास्थल तयार पारिएको छ ।

मतगणनाका लागि सिसी क्यामेरा, तारजाली सहित लाइट, ,साउण्डको व्यवस्था सहित मतगणनास्थल तयार पारिएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनाका लागि निर्वाचन क्षेत्र नं. १ को लागि जुद्ध माध्यमिक विद्यालय , क्षेत्र नं. २ को लागि ब्रह्म्ज्योती माध्यमिक विद्यालय लौकाहा ,क्षेत्र नं.३ को लागि जनता माध्यमिक विद्यालय कटहरिया र क्षेत्र नं.४ को लागि जनज्योति बहुमुखी क्याम्पसमा मतगणनास्थल तयार गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दाशले जानकारी दिनुभयो ।

मतगणनालाई व्यवस्थित, छिटो र सुरक्षित बनाउनका लागि मतगणना स्थललाई तारजालीले बार्नका साथै सिसी क्यामेरा जडान गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ४ चन्द्रनिगाहपुरका निर्वाचन अधिकृत उद्धव ढोडारिले बताउनुभयो ।

उहाँका अनुसार तारजालीभित्र मत गणक कर्मचारी बस्ने र तारजालीको बार बाहिरबाट उम्मेदवारका प्रतिनिधिले हेर्ने व्यवस्था मिलाइएको छ ।