शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
लीलाराज खड्का
बिर्तामोड, चैत्र १६ गते । जबरजस्ती करणी आरोपमा झापाका स्थापित उद्योगी प्रदीप मित्तल पक्राउ परेका छन् । सोमबार बिहान उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको हो ।
गत चैत ३ गते दिउँसो १:१५ बजे मेचीनगर–१४, पाथीभरा टोलमा बिर्तामोड-२ बस्ने ६२ वर्षीय प्रदीप मित्तलले सोही ठाउँ बस्ने २३ वर्षीया युवतीलाई जबरजस्ती करणीको प्रयास गरेका थिए । जबरजस्ती करणी उद्योग कसुरमा जाहेरी दर्ता भएपछि मित्तललाई प्रहरीले खोजी गरिरहेको थियो ।
पीडकको खोजतलास जारी रहेकोमा उनी आज बिहान १०:१५ बजे आफै इप्रका धुलाबारीमा उपस्थित भएकाले नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।