• १३ मंसिर २०८२, शनिबार

अन्नपूर्ण आधारतिर घुम्दा

blog

मध्यरातसम्म घान्द्रुक जागिरह्यो । काठमाडौँबाट लामो बाटो बसमा घान्द्रुक पुगेका हामी राम्ररी निदाउन पाएनौँ । भोलि बिहान सबेरै उठेर सुरु गर्नु छ अन्नपूर्ण आधार शिविर (दक्षिण) को पदयात्रा । असोजको अन्तिम, चिसो रामै्र छ घान्दु्रकमा । नहोस् पनि किन, अन्नपूर्ण र माछापुच्छ«े हिमालको काखमा कुनै मायालु शिशु झैँ लुटपुटिएर बसेको छ घान्द्रुक । आफ्नो परम्परागत परिचयलाई बचाएर आजसम्म सुरक्षित राख्न सकेकैले यहाँ आन्तरिक र बाह्य पर्यटकको ओइरो लागेको छ । चिसोको पर्वाह थिएन यसलाई । पर्यटकको चहलपहलमा रमाउँदै यो सङ्गीतमा नचाइरहेको थियो ।

घान्द्रुकबाट जिप चढेर तल झिनुसम्म जान करिब १ घण्टा लाग्दोरहेछ । घान्द्रुकबाट माथि माथि हिँडेर कोमरोङ डाँडा पुग्ने बाटो पनि कायमै रहेछ । स्थानीयले तल झिनु झरेर फेरि छोमरोङ जान २ घण्टाको उकालो हिँड्नुभन्दा पुरानै बाटो चोमरोङखोला झरेर छोमरोङतिर जान सल्लाह दिए । उनीहरूकै सल्लाह अनुसार हामी माथिको बाटो हिँड्न तयार भयौँ । घान्द्रुकको आँगन होटेलमा बिहानको खाजा खाएर पैदलयात्रा सुरु भयो । 

शरद ऋतुको सुन्दरता आँखाभरि पोतिएको छ । अन्नपूर्ण र माछापुच्छ«ेको चुचुराहरू हातले टिप्न मिल्ला झैँ नजिकै देखिन्छन् । बिहानको सिर्सिरे बतासले शरीरमा नयाँ ऊर्जा थपिदिएको छ । वनजङ्गलमा चराचुरुङ्गीहरू आफ्नै तालमा गीत गाइरहेका छन् । त्यही तालमा हराउँदै हामीले पनि पाइला अगाडि बढाइरह्यौँ । कोमरोङ डाँडा नपुगुन्जेल बाटो तेर्सै रहेछ । बाटामा होटेल बाक्लै रहेछन् । विडम्बना नै भनौँ, मोटर  बाटो झिनुतिरबाट गएपछि यताका होटल सुनसान बन्न पुगेका रहेछन् । होटेलवाला अनुहारमा निराशा पोतेर बसिरहेका देखिन्थे । हामी १ घण्टा हिँड्दासम्म अरू यात्री भेटेनौँ । कोमरोङडाँडा पुगेर हेर्दा तल देखियो चोमरोङखोला । 

शीतल बाटो । १ घण्टामा झरियो चोमरोङखोला । त्यहाँबाट २ घण्टाको उकालो चढेपछि छोमरोङ जाने तेर्सो आउने रहेछ । यही उकालोमा घोरेपानीबाट अन्नपूर्ण आधार शिविर जान आउने पर्यटक पनि भेटिने रहेछन् । बल्ल मान्छे फाट्टफुट्ट भेटिए । आधा घण्टा तेर्सिएपछि छोमरोङ आइपुग्यो । ‘अगाडि बास पाउन सजिलो छैन ।’ त्यहाँका होटेलवालाले सुनाए । त्यसैले त्यहीँबाट एक जना होटेल्नीलाई माथितिरका होटेलमा फोन गर्न लगायाँैँ । तल्लो सिनुवाको प्रीति होटेलमा एउटामा कोठा खाली भएको थाहा भयो । हामीले नाम र फोन टिपायौँ । त्यहीँ बस्ने निर्णय गरी विस्तारै हिँड्यौँ । 

छोमरोङतिरको बाटोले लट्ठै पार्ने रहेछ । नमुना बाटो । पर्यटकको भिड त्यत्तिकै छ । खच्चडको ताँती त्यस्तै । टङटङ घन्टीको आवाजले गुञ्जाएमान छ । फर्केर आएकाहरू गोडा घिसार्दै हिँडेका । उत्तरपूर्व फर्केर बसेको गाउँ छोमरोङ । अन्नपूर्ण आधार शिविर जानेहरूले छोमरोङमै रहेको एक्यापको अफिसमा नाम टिपाएर जानुपर्ने रहेछ । यसभन्दा अगाडि गएपछि पालना गर्नुपर्ने नियमको जानकारी यहीँ गराइँदोरहेछ । थाकेकाले हाम्रो पनि गति निकै कम थियो । बल्लबल्ल ३ बजे हामी तल्लो सिनुवाको होटेलमा पुग्यौँ । छोमरोङबाट फोन गर्न लगाएको कुरा सम्झायौँ । हामीले झोला थन्क्याएर आराम ग¥यौँ । 

असोज २४ गते । सबेरै नास्ता गरेर उकालिन थाल्यौँ । माथिल्लो सिनुवा पुग्दा पर्यटक फाट्टफुट्ट उठेको देखियो । माथिल्लो सिनुवाबाट बाटो तेर्सै रहेछ । जङ्गलको बाटो । प्रात्कालीन समय । चराहरू रमाइ रमाइ गाइरहेछन् । हावा सिर्सिर चलिरहेको छ । दायाँतिर मोदीखोला एक तमासले कराइरहेको छ । मोदीखोलाको पारि कास्कीको माछापुच्छ«े गाउँपालिका रहेछ । हामी हिँडिरहेको अन्नपूर्ण गाउँपालिका । बाटो कतै थोरै उकालो, कतै कतै थोरै ओरालो र धेरै जसो तेर्सो रहेछ । बेम्बो पुग्न २ घण्टा लाग्यो । पूरै निगालो घारीको बाटो हुँदै पुगिने भएर होला यस ठाउँको नाम अङ्ग्रेजीमा ‘बेम्बो’ राखिएको रहेछ । 

बेम्बोबाट तल्लो दोभान पुग्न १ घण्टा लाग्छ । तल्लो दोभानबाट विस्तारै उकालो सुरु हुन्छ । करिब चालिस मिनेटमा माथिल्लो दोभान आउँछ । माथिल्लो दोभानमा पनि चार पाँच वटा होटेल छन् । हामीले थोरै बेर थकाइ मा¥यौँ । बाटो आफ्नै हो । आफैँले काट्नु छ । त्यसैले बसेर समय किन बर्बाद गर्नु ? 

‘शनैः कन्था शनैः पन्था’ भनेर संस्कृतमा एउटो श्लोक पढेको याद आयो । लामो यात्रामा नरोकिइकन विस्तारै हिँड्नु अचुक सूत्र हो । थकाइ मार्ने निहुँमा लामो समय बसियो भने गोडा दुख्छ, हिँड्न सकिँदैन । माथिल्लो दोभानबाट आधा घण्टा हिँडेपछि  पोजेङ्गेम वराह मन्दिर आउँछ । पारिपट्टि त्यहीँबाट तोमरोङ झरना देखिन्छ नजिकै । माछापुच्छ«ेको काखबाट झरेको झरना । मुनितिर मोदीखोला ह्वाङह्वाङ कराएको सुनिन्छ । ३ बज्यो देउराली पुग्न, माथि उक्लन सकिँदैन आज । एकै पटक ३,२०० मिटरको उचाइभन्दा माथि गए गाह्रो हुन्छ । हिमालको यात्रामा उचाइसम्बन्धी रोग लाग्न सक्छ । हिँड्न सक्नेहरू त ३,७०० मिटरको माछापुच्छ«े आधार शिविर पुग्ने हुँकारसहित उकालिन थाले । हामी भने देउरालीमै रोकियौँ । 

असोज २५ । बिहान उठेर देउरालीबाट हाम्रो यात्रा सुरु भयो । साङ्ग्रिला होटेलमा बिहानको खाजा खाएर हामी दम्पती अगाडि बढ्यौँ । उचाइ बढ्दै गए पनि यतातिर जाडो ठिकै खालको छ । पातलै ज्याकेटले काम गरिरहेको छ । जति जति माथि गयो त्यति त्यति स्वाँस्वाँ बढ्ने समस्या तर आनन्दको अनुभूति थपिँदो छ । दायाँतिर मोदीखोला हाम्रै साथमा छ । हामी त्यसकै किनारैकिनार उकालिइरहेका छौँ । केही माथि गएपछि माथितिरबाट झर्ने मान्छेहरू भेट हुन थाले । खोच्याउँदै झरेका । हामी पनि गोडा दुखेर गतिलोसँग त हिँड्न कहाँ सकेका थियौँ र ! भोलि फर्कंदा हाम्रो पनि हालत यस्तै त हुने हो भन्ने भयले भित्रभित्रै गालिरहेको थियो हामीलाई ।

केहीमाथि बाटाको छेउमा तीन सय जति भेडाबाख्रा भेटिए । गोठाला कोही देखिएन् । मान्छेका नाममा हामी मात्रै छौँ त्यतिबेला । तीन वटा भोटेकुकुर घ्वाङ्घ्वाङ् गर्दै हामी भएतिर आए । मनले 

‘आजै रहेछ सकिने दिन भन्यो ।’ शान्ता पछाडि, म अगाडि भएर हिँडिरहेका छौँ । उनी पनि आत्तिइन् । म पनि आत्तिएँ । हातमा लौरो त छ तर भएर के गर्नु ! डरायो भने झन् टोक्लान् भनेर हिँडाइ टक्क रोकेर उभिएँ । मायालु स्वरमा ‘कालेहरू नकराऔ’ भनेर आवाज निकालेँ । कुकुर अघि जस्तो डर लाग्ने गरी कराएनन् । मुखमा हेर्न थाले । त्यति धेरै पदयात्री हिँड्ने बाटामा मान्छेलाई टोकिहाल्ने कुकुर त त्यसरी किन छोडिन्थ्यो होला र ! भन्ने कुरा मनले बल्ल सोच्यो । कुकुरले हामीबाट खाने कुरा मागेका रहेछन् भन्ने कुरा खुल्न थाल्यो । हामीसँग बिस्कुट केही थिएन । हामी केहीबेर उभियौँ । मान्छेहरू फाट्टफुट्ट आउन थाले । माछापुच्छ«े आधार शिविर पुग्न अझै  करिब २ घण्टा लाग्छ । घाम चर्कंदै गएपछि हिँड्न सकिँदैन । त्यसैले शीतलमै उकालो नापिसक्नुपर्ने बाध्यता छ । 

हामी ११ बजेतिर माछापुच्छ«े आधार शिविर पुग्यौँ । निकै रमाइलो ठाउँ रहेछ यो । यहाँबाट दुइटा बाटा फाटेका । एउटा बाटो बायाँ जाने अन्नपूर्ण आधार शिविरतिर । अर्को बाटो दायाँ माछापुच्छ«े हिमालतिर । यसको उचाइ ३,७०० मिटर रहेछ । अन्नपूर्ण आधार शिविर टेक्न ४,१३० मिटरमा पुग्नु पर्छ । यहाँबाट विस्तारै जाँदा ३ घण्टा । माछापुच्छ«े, गङ्गापूर्ण र अन्नपूर्णका समूह पर्यटकको स्वागतमा लस्करै उभिएका छन् मुसुक्क मुस्कुराएर । वरिपरि सबैतिर बाबियो जस्तो देखिने घाँस छ । बिरुवाका नाममा अरू केही छैन । यो कस्तो अद्भुत ठाउँ होला ! विश्वका अनेकौँ कुनाबाट आएका छन् पर्यटक । अन्टार्कटिकाबाहेक अरू सबै महादेशका पर्यटक भेटिए बाटामा । जता हेरे पनि हिमाल मात्रै देखिन्छ । बल्ल बल्ल दिउँसो २ बजेतिर पुगियो आधार शिविर । मान्छेहरू बोर्डमा टाँसिएर आआफ्ना देशका झन्डा बोकेर प्रफुल्ल मुद्रामा फोटो खिचिरहेका थिए ।  हामी पनि रोलव्रmममा फोटो लिन उभियौँ । सन् १९५० मे ३ का दिन अन्नपूर्ण हिमालमा पहिलो पटक आरोहण गर्ने फ्रान्सका पर्वतारोही मौरिस हर्जोगको सालिक यहाँ राखिएको रहेछ । उनले अन्नपूर्ण हिमालको आरोहण उत्तरी मोहडाबाट गरेका थिए । यही आरोहणपछि नेपालका हिमालका बारेमा विश्वमा चर्चा हुन थालेको हो ।  

बाँकी समय रमाइलो गफ गरेर समय बित्न थाल्यो । केही देशी, कोही विदेशी पर्यटक । जातभात, भूगोल, धनी गरिब केही कुराको मतलब नभएको अवस्था यतिबेला । यी सबै बन्धनबाट माथि उठ्न सके कति अपार आनन्द आउने रहेछ । त्यस रातको बसाइले त्यो ज्ञान दिलायो । वास्तवमा भावनात्मक नाता सबैभन्दा ठुलो हुने रहेछ भन्ने अनुभव त्यतिबेला हुन्थ्यो । 

असोज २६ गते । बिहान सबेरै उठेका छन् पर्यटकहरू । सबैलाई एउटै चासो छ– हिमालमा पोतिएको सूर्यको किरण हेर्ने । हिमाललाई सुनको थुप्रो बनेको देख्ने । हामी पनि सूर्योदय हेर्न मान्छेको भिडमा मिसियौँ । घाम विस्तारै आउन थाले । हिमालका चुचुराहरू व्रmमशः पहेँलिन थाले । ६ः४५ बजेतिर बिहानको खाजा तयार भयो । खाजा खाएर बिहानको ७ः१५ बजे हामीले अन्नपूर्ण आधार शिविर छाड्यौँ । अरू रमाइरहेका थिए । जति रमाइलो भए पनि त्यसलाई छाडेर फर्कनैपर्ने रहेछ । अन्नपूर्ण, माछापुच्छ«े, गङ्गापूर्णलगायतका हिमाल हामीलाई अझै बसिरहन भनिरहेका थिए तर हामी पर्सि त काठमाडौँ जसरी पनि पुग्नुपर्ने बाध्यतामा थियौँ । त्यसैले मन भारी बनाएर हिमाली चुचुरालाई बिदाइको हात हल्लाउँदै तलतिर झर्न थाल्यौँ ।