शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख २३ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसियन गेम्स छनोट र एसिसी महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
क्यानले बुधबार इन्दु बर्माको कप्तानीमा महिला टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानमा पूजा महतो, विन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सीता रानामगर, अनु कठायत, मनिषा उपाध्यक्ष, रुविना क्षेत्री, सोनी पाख्रिन र सिमाना केसी हुनुहुन्छ ।
सोनीले टोलीमा पुनरागमन गर्नुभएको हो । यस्तै टोलीका सावित्री धामी, सोमु विष्ट, सना प्रविण र लक्ष्मी साउदलाई वैकल्पिक खेलाडीको रूपमा समावेश गरिएको छ ।
एसियन गेम्स छनोट मलेसियामा मे २३ देखि ३१ तारिख सम्म र एसीसी महिला प्रिमियर कप जुन १ देखि १३ तारिखसम्म हुने छ ।