तनहुँबाट एसइईको नतिजाका लागि प्राप्ताङ्क भक्तपुर पठाइयो
तनहुँमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनको बाटो खुलेको छ ।
गलेश्वरधाममा गुरुकुल परम्परा ओझेलमा
हिन्दू धर्मावलम्बीहरूको आस्थाको प्रमुख केन्द्रका रूपमा परिचित गलेश्वरधाममा सञ्चालन हुँदै आएको गुरुकुल शिक्षा परम्परा विभिन्न समयका स्वार्थ र व्यवस्थापन समस्याका कारण पटक–पटक अवरुद्ध हुँदै अन्ततः ओझेलमा परेको छ।
स्याङ्जाको चापाकोटमा भोलिबाट भर्ना अभियान सुरु हुँदै
सरकारले वैशाख १५ गतेबाट भर्ना र २१ गतेबाट पठनपाठन गर्ने भनेपनि स्याङ्जाको चापाकोट नगरपालिकाले भोलि(शुक्रबार)बाट भर्ना अभियान र १४ गतेबाट पठनपाठन सुरु गर्ने भएको छ ।
विद्यार्थी घटेपछि बेनीका १५ विद्यालयको तह समायोजन
म्याग्दीको बेनी नगरपालिकाले सामुदायिक विद्यालयहरुमा विद्यार्थी सङ्ख्या घट्दै गएपछि १५ विद्यालयको तह समायोजन गरी कक्षा घटुवा गरेको छ भने एउटा विद्यालय बन्द गरेको छ ।
करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिकसत्र २०८३ का लागि आवश्यक पाठ्यपुस्तक बिक्री वितरण गरिरहेको छ ।
अब शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट
राष्ट्रिय किताबखाना (निजामती) ले सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको सिटरोल आगामी आर्थिक वर्षदेखि प्रदेशको शिक्षा हेर्ने मन्त्रालयमार्फत गर्ने भएको छ ।
स्थानीय तहसँग मागियो विद्यालय समायोजनको विवरण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको कार्यान्वयनका क्रममा विद्यालय समायोजन र नयाँ स्थापना गरिएका विद्यालयको विवरण मागेको छ ।
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
छात्रवृत्ति पाउनेको नाम देखिने गरी टाँस्नुपर्ने
निजी विद्यालयमा छात्रवृत्तिमा पढेका विद्यार्थीको नाम अभिभावकले देखिने गरी सार्वजनिक गर्नुपर्ने भएको छ । छात्रवृत्ति वितरण प्रणालीलाई पारदर्शी बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो पहल गरेको हो ।
सामुदायिकतर्फ चाख्लिघाट उत्कृष्ट : घोराहीका १३ विद्यालयको नतिजा शतप्रतिशत
घोराही उपमहानगरपालिकाद्वारा सञ्चालित कक्षा ८ को नगरस्तरीय परीक्षाको नतिजामा सामुदायिक विद्यालयतर्फ आधारभूत विद्यालय चाख्लिघाट प्रथम भएको छ ।
राष्ट्रपति शैक्षिक सुधारअन्तर्गत विद्यालय भवन शिलान्यास
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत सुनसरीको जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयमा आठकोठे पक्की भवन बन्ने भएको छ। वराहक्षेत्र नगरपालिकामार्फत निर्माण हुने दुईतले आरसिसी भवनको शिलान्यास गरिएको छ।
छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक विद्यालयलाई नियमबमोजिम प्रदान गरिएका छात्रवृत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।
तनहुँका २२ वटै परीक्षा केन्द्रमा एसइईको उत्तरपुस्तिका परीक्षण सम्पन्न
तनहुँ जिल्लामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण कार्य पूरा भएको छ । छिटो, व्यवस्थित र मर्यादित रूपमा परीक्षा सम्पन्न गर्ने सरकारी लक्ष्यअनुरूप जिल्लाका २२ वटै परीक्षा केन्द्रमा सुरु गरिएको उत्तरपुस्तिका परीक्षण कार्य तोकिएको समयमै पूरा भएको हो ।
मुस्ताङमा उत्तरपुस्तिका जाँच्न सकियो
मुस्ताङमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को उत्तरपुस्तिकाको परीक्षण सकिएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ मुस्ताङले सबै विद्यालयमा पढाइ हुने विषयको उत्तरपुस्तिकाको परीक्षण जिल्लामै गरेको छ ।
नौ महिनामा जापानमा बाउन्न नेपालीले गुमाए ज्यान
वैदेशिक शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई दिइने परामर्श व्यवसायमा विकराल समस्या देखिएको छ । सही परामर्शबिना नै उच्च शिक्षाका लागि बिदेसिने क्रम बढ्दा विदेश पुगेपछि थुप्रै विद्यार्थीले हैरानी बेहोरिरहेका छन् । त्यहाँ खेप्नुपरेको आर्थिक, मानसिक तथा अन्य तनावका कारण थुप्रै विद्यार्थीले ज्यानसमेत गुमाएका छन् । केही गलत व्यवसायीका कर्तुतका कारण उब्जिएको समस्या सल्टाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई समेत हम्मे परेको छ ।
जाजरकोटमा नयाँ शैक्षिक सत्र अगावै पुग्यो पाठयपुस्तक
नयाँ शैक्षिक सत्र अगावै जाजरकोटका पुस्तक पसलमा किताब आइपुगेका छन् । शैक्षिक सत्र २०८३ आउन केहि दिन बाँकी रहेपनी जनक शिक्षा सामग्री केन्द्रले अनुमति पाएका व्यवसायीले खरिद जिल्लामा ल्याएका छन् ।
‘जेनजी घाइतेको अध्ययन कानुनसम्मत’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबिबिएस अध्ययनको अवसर उपलब्ध गराउने सरकारको निर्णय प्रचलित कानुन अनुसारै भएको जनाएको छ ।
जेनजी घाइतेलाई निःशुल्क एमबिबिएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबिबिएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको प्रष्ट पारेको छ ।
कर्णालीमा नयाँ शैक्षिकसत्रअगावै पाठ्यपुस्तक व्यवस्थापन गरिँदै
कर्णाली प्रदेशका सबै सामुदायिक विद्यालयमा नयाँ शैक्षिकसत्रअगावै पाठ्यपुस्तक व्यवस्थापन गरिसक्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले जनाएको छ ।
विश्वविद्यालमा पुनरसंरचना हुँदैछ : उपकुलपति अर्याल
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. दीपक अर्यालले विश्वविद्यालय अहिले पुनरसंरचनामा गइरहकोको बताउनुभएको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा १ सुखडस्थित घोडाघोडी बहुमुखी क्याम्पसको भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले विश्वविद्यालय अन्तर्गतका क्याम्पसबाट नै धेरै कामकाज हुनेगरी व्यवस्था मिलाइएको बताउनुभयो ।
विवाहित महिलालाई कम्प्युटर तालिम दिने तयारी
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले विवाहित महिला (बुहारी) लाई कम्प्युटर तालिम दिने तयारी गरेको छ । नगरपालिकाभित्रका विवाहित महिला अर्थात् बुहारीलाई निःशुल्क आधारभूत कम्प्युटर तालिम दिने तयारी गरिएको हो ।
नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक वितरण
समयमा पाठ्यपुस्तक नपाउने अवस्थाको अन्त्य गर्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेड बागमती प्रादेशिक कार्यालय भरतपुरले नयाँ शैक्षिक सत्रअगावै पाठ्यपुस्तक पु¥याउने काम गरेको छ । पछिल्ला केही वर्ष समयमा पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको अध्ययन प्रभावित हुँदै आएकामा यो शैक्षिक सत्रअगावै प्रादेशिक कार्यालयले चैत १६ गतेदेखि सात जिल्लामा पाठ्यपुस्तक वितरण कार्य सुरु गरेको हो । नेपाल सरकारले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड बागमती प्रादेशिक कार्यालय भरतपुरका प्रमुख धनबहादुर केसीले सूचीकृत स्टेसनरी पसलमार्फत विद्यार्थीसम्म पाठ्यपुस्तक पु¥याउने काम भएको जानकारी दिनुभयो ।
दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले सरकारको दुई दिने सार्वजनिक बिदासम्बन्धी निर्णयले विद्यालय तहको शैक्षिक क्यालेण्डरमा दीर्घकालीन असर पार्ने जनाएको छ ।
भवन जीर्ण बन्दै गएपछि विद्यालयमा पक्की भवन बनाउन सुरु
सुनसरीको वराहक्षेत्र-१० स्थित भगवती माध्यमिक विद्यालयको पक्की भवन निर्माण सुरु गरिएको छ।