आजबाट शिक्षकले काठमाडौंमा प्रदर्शन गर्ने
नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा प्रदर्शन गर्दैछ । महासंघले आज दिउँसो १ बजेबाट माइतीघर मण्डलामा धर्ना दिन लागेको हो ।
पूर्वाधार बिना चार वर्षदेखि चलेको मंगलादेवी आवि
जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर ८ बाँखरकोट गाँउमा रहेको श्री मंगलादेवी आधारभूत विद्यालयमा शौचालय र खेलमैदान नभएको करिव चार वर्ष भयो । विद्यालयमा शौचालय नहुँदा शिक्षक विद्यार्थीहरु खुल्ला शौच गर्न बाध्य छन् ।
शिक्षक महासङ्घ : काठमाडौं जाऔं अभियानमा
नेपाल शिक्षक महासङ्घले चैत २० गते बुधबारदेखि दोस्रो चरणको कार्यक्रमको रुपमा ‘काठमाडौं जाऔं अभियान’ सुरु गर्ने भएको छ ।
नमुना विद्यालयकै नतिजा कमजोर
घोराहीमा नमुना विद्यालयको नतिजा कमजोर देखिएको छ । उपमहानगरपालिकाले सार्वजनिक गरेको कक्षा ८ को नतिजामा नगरले नमुना विद्यालय बनाएका विद्यालयकै नजिता कमजोर देखिएको हो ।
बबई बहुमुखी क्याम्पसमा सुन्दरम गुप्ता विजयी
मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको बबई बहुमुखी क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनमा संयुक्त प्यानलका तर्फबाट नेपाल विद्यार्थी सङ्घका सुन्दरम गुप्ता विजयी हुनुभएको छ ।
धनुषाको मुखियापट्टीमा दर्ता नभएका विद्यालय बन्द
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा बिना दर्ता सञ्चालनमा रहेका निजी विद्यालयहरू बन्द गरिएको छ ।
तिलाकर्णाली क्याम्पसमा दोस्रो पटक सिंह विजयी
कालीकोटको तिलाकर्णाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा अखिल क्रान्तिकारी हिक्मत सिंह विजयी हुनुभएको छ ।
त्रिविमा मेसिनबाट मतदान : तीन हजार ११८ मत खस्यो
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सोमबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ । त्रिविका मतदान अधिकृत डा. अवतार सुवेदीका अनुसार कुल मतदाता छ हजार १४६ मध्ये तीन हजार ११८ मत खसेको छ ।
आगामी शैक्षिक सत्रको पाठ्यपुस्तक म्याग्दी पुग्यो
आगामी नयाँ शैक्षिक सत्रका लागि जिल्लाका सामुदायिक विद्यालयलाई आवश्यक पर्ने पुस्तक म्याग्दीको बेनीमा पुगेको छ ।
विद्यालय शिक्षा विधेयकलाई छिटो टुङ्ग्याऔंः मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयकलाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिनुभएको छ ।
उपकुलपतिले राजीनामा दिनुभएको औपचारिक जानकारी आएको छैन : मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजंग बरालले राजीनामा दिनुभएको खबर मिडियाबाट थाहा पाए पनि आफूलाई आधिकारिक जानकारी प्राप्त नभएको बताउनुभएको छ ।
शिक्षा ऐन चाहियो–महासङ्घ : सकारात्मक छौं–शिक्षा मन्त्रालय
नेपाल शिक्षक महासङ्घले विद्यार्थी, शिक्षक कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारीका लागि निरन्तर दबाबमूलक सङ्घर्षका कार्यक्रम गर्दै आएको छ ।
प्रभावकारी बन्दै दौँतरी शिक्षा
गुलरियाको हिमाली आधारभूत विद्यालय र कृष्णसार आधारभूत विद्यालयका किशोर किशोरी आजभोलि साथीहरू सँग खुलेरै यौन तथा प्रजनन स्वास्थ्यका कुरा गर्दछन् ।
स्वरोजगारमूलक शिक्षा प्रदेशको प्राथमिकता : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले हेटौँडा उपमहानगरपालिका १० स्थित वन सङ्कायका दुई क्याम्पसको निरीक्षण अवलोकन गर्नुभएको छ ।
कागजमा मात्रै सञ्चालित श्री राष्ट्रिय प्राथमिक विद्यालय
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित श्री राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था कहाली लाग्दो छ । विद्यालय को कक्षा कोठामा ढोका छैन भने खानेपानी र शौचालय लगायतका पूर्वाधार केही पनि छैन ।
शिक्षा विधेयक पास गर्न सुझाव
नेपाली कांग्रेसको शिक्षा विभागद्वारा आयोजित ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार’ विषयक विमर्श कार्यक्रमका सहभागीले विधेयक यही हिउँदे अधिवेशनबाट पारित गर्नुपर्नेमा जोड दिएका छन् ।
गोरखापत्रकर्मी अधिकारीलाई दुई लाख रुपियाँको दिगो विकास पुरस्कार
गोरखापत्रकर्मी प्रकृति अधिकारीलाई दुई लाख रुपियाँ राशीको दिगो विकासका लागि जीवन विकास पुरस्कार, २०८१ प्रदान गरिएको छ।
एसइईमा ४ जीपीए ल्याउनेलाई एक लाख ५१ हजार पुरस्कार
गुल्मीको छत्रकोट गाउँपालिकाले एसइई परीक्षमा चार जिपिए ल्याउने विद्यार्थीलाई एक लाख ५१ हजार रुपियाँ दिने भएको छ ।
बबई बहुमुखी क्याम्पसमा चैत १८ गते स्ववियु निर्वाचन हुने
यही चैत १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि मध्यपश्मिनञ्चल विश्वविद्यालयअन्तर्गत रहेको बर्दियाको बबई बहुमुखीक्याम्पसमा चुनावी सरगर्मी बढेको छ । बबई बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन चुनावी प्रतिस्पर्धाका लागि मैदामा उत्रिएका छन् ।
त्रिचालिस आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न
त्रिभुवन विश्वविद्यालयका ४३ वटा आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न भएको छ ।
‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासन
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ प्रयोग भएको पुष्टि भएको हो ।
विश्वविद्यालयमा तालाबन्दीको समस्या पेचिलो बन्दै गयो : मन्त्री भट्टराई
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मानक विश्वविद्यालयको रुपमा स्थापित गर्नेगरी कानुन बनाउन सुझाव दिनुभएको छ ।
गुल्मीमा २४ जना स्थायी शिक्षक नियुक्ति
गुल्मीमा प्राथमिक तहका २४ जना स्थायी शिक्षक नियुक्ति भएका छन् । जिल्लाका लागि शिक्षक सेवा आयोगको परीक्षाबाट उत्तीर्ण भएका स्थायी शिक्षकहरूलाई नियुक्ति गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाई गुल्मीले शिक्षक सेवा आयोगको परीक्षाबाट उत्तीर्ण भएका शिक्षकहरूलाई नियुक्ति पत्र प्रदान गरेको छ ।
एसइईमा अमर्यादित काम गर्ने केन्द्राध्यक्षसहित निरीक्षक हटाइयो
जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अमर्यादित कार्य गर्ने स्थानीय एक विद्यालयका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्षसहित केन्द्रमा खटिएका सबै निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ ।