उत्तरपुस्तिका परीक्षण तत्कालै
२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरु भएको छ । परीक्षाको पहिलो दिन सबै केन्द्रमा सौहार्दपूर्ण वातावरणमा परीक्षा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
सल्यानमा एसईई उत्तर पुस्तिका परीक्षण सुरु
सल्यानका १९ वटै परीक्षा केन्द्रबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) का उत्तर पुस्तिका जाँच तथा परीक्षण कार्य सुरु गरिएको छ ।
गुल्मीको चार स्थानीय तहमा आजैबाट उत्तरपुस्तिका जाँच्न सुरु
पहिलेका माध्यमिक शिक्षा परीक्षा (एसईई)मा परीक्षा सकिएको केही समयपछि मात्रै उत्तरपुस्तिका जाँच गरिन्थ्यो । फरक जिल्लामा उत्तरपुस्तिका जाँच हुँदैआएको थियो ।
झापामा दुई कैदी सहित १७ हजार ६६३ जना विद्यार्थी एसइई परीक्षामा सहभागी
बिहिबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा झापाका दुई जना कैदी बन्दीले परीक्षा दिएकाछन् ।
कैलाशका २२४ विद्यार्थी एसईई परीक्षामा सहभागि
मकवानपुरको कैलाश गाउँपालिकाका २२४ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन् ।
ताप्लेजुङमा दुई जनाले कारागारबाटै दिए एसईई
ताप्लेजुङमा दुई कैदीबन्दीले कारागारबाटै माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनुभएको छ । जिल्ला कारागार ताप्लेजुङमा सजाय भुक्तान गरिरहेका दुई परीक्षार्थीले यस वर्षको एसईई दिनुभएको हो ।
बाँकेमा ३५ बालबन्दी र ८ कैदी एसइईमा सहभागी
बिहीबारदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा बाँकेका दुई वटा बाल सुधार गृह र दुई वटा कारागारमा रहेका ४३ जना बालबन्दी तथा कैदी ले पनि सहभागिता जनाएका छन्।
हुम्लाका सात परीक्षा केन्द्रमा एसइई परीक्षा शान्तिपूर्ण
बिहीबार बिहान ८ बजेबाट सुरु भएको यस वर्षको एसइई परीक्षा जिल्लाका सातै परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। परीक्षा व्यवस्थित ढंगले सञ्चालन गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थानीय तहसँगको समन्वयले पनि परीक्षा शान्तिपूर्ण बनाउन सहयोग पुर्याएको छ।
तनहुँमा छ हजार बढी विद्यार्थी एसइई परीक्षाको मैदानमा
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)अन्तर्गत तनहुँ जिल्लाबाट छ हजारभन्दा बढी परीक्षार्थीहरू परीक्षामा सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई तनहुँका अनुसार जिल्लाका कूल ६ हजार १५५ जना परीक्षार्थीहरू आजदेखि परीक्षाको मैदानमा उत्रिएका हुन् ।
शान्तिपूर्ण रुपमा एसईई परीक्षा सुरु (फोटो फिचर)
यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको आजदेखि देशभरका एक हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको छ । बिहीबार पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा विद्यार्थी सामेल भएका छन् ।
मधेशका शिक्षामन्त्रीद्वारा एसइई परीक्षार्थीलाई शुभकामना
मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी कुमारी तिवारीले बिहीबारदेखि देशभर सुरु हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना दिनुभएको छ ।
एसइई परीक्षा : हलभित्र मोबाइल लैजान निषेध
आज (बिहीबार)देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा परीक्षा हलभित्र मोबाइल लैजान निषेध गरिएको छ। मोबाइल भेटिएमा जफत गरी नष्ट गरिने जनाइएको छ।
सप्तरीमा नौ हजार विद्यार्थी एसइईमा सहभागी
आज (बिहीबार) देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सप्तरीबाट नौ हजार दुई सय ७६ जना विद्यार्थी सहभागी हुँदै छन् ।
बागलुङबाट चार हजार २५१ विद्यार्थी एसइई परीक्षामा सहभागि हुँदै
बागलुङमा यस वर्ष चार हजार २५१ विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् । ति मध्ये दुई हजार १११ छात्रा र दुई हजार १४० छात्र रहेको जिल्ला शिक्षा समन्वय इकाई बागलुङका प्रमुख प्रकाशबन्दु अर्यालले जानकारी दिनुभयो ।
निर्धक्क भएर परीक्षा दिन आग्रह मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबाट सुरु हुन थालेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा सहभागी सम्पूर्ण परीक्षार्थीहरुलाई डर, त्रासविना उच्च मनोबलका साथ परीक्षा दिन आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको छ।
आजदेखि एसइई : पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी हुँदै
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीले एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
एसइईमा कपिलवस्तुबाट नौ हजार ८८२ विद्यार्थी सहभागी हुने
कपिलवस्तुमा बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को सबै तयारी पूरा भएको छ ।
स्नातक तहको शुल्क गाउँपालिकाले तिरिदिने
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा (स्नातक तह) अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने भएको छ । पालिकाभित्रका स्नातक तह अध्ययन गर्दै विद्यार्थीको क्याम्पसलाई बुझाउनुपर्ने शुल्क गाउँपालिकाले तिरिदिने भएको हो ।
विद्यालयलाई सिसिटिभी क्यामरा सहयोग
सल्यानको दार्मा गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा सिसिटिभी क्यामरा जडान गरिएको छ। यसले विद्यालयको शैक्षिक वातावरणलाई प्रविधिमैत्री बनाउँदै सुरक्षा र अनुशासनमा सुधार ल्याउने उद्देश्य राखिएको छ।
सांगीतिक पीटीमा रमाउँछन् विद्यार्थी
हरेक दिन बिहान १० बज्दा माइकबाट वार्मअप धुन बज्न थाल्छ, अनि विद्यार्थीहरू अनुशासित ढंगमा आफ्नो कक्षाकोठाबाट लाइनबद्ध हुँदै विद्यालयको मैदानमा आउँछन्।
दाङमा एसइई : ४४ परीक्षा केन्द्र, १३ हजार ९९८ विद्यार्थी सहभागी
दाङमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १३ हजार ९९८ जना विद्यार्थी सहभागी हुने भएका छन्। जिल्लाका १० स्थानीय तहमा रहेका ११६ सामुदायिक र १४४ संस्थागत गरी २६० विद्यालयबाट विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन्।
एसइई परीक्षा मर्यादित बनाउन विकास मञ्चको ध्यानाकर्षण
चैत १९ गतेदेखि सुरु हुन लागेको एसइई परीक्षालाई जिल्लामा मर्यादित बनाउन सिरहा विकास मञ्च, सिरहाले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको छ।
सुनसरीका एसइई केन्द्राध्यक्षलाई प्रशिक्षण
माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई मर्यादित, भयरहित र व्यवस्थित गर्न सुनसरीका केन्द्राध्यक्षहरूलाई निर्देशन दिएको छ ।
हुम्ला र डोल्पाका लागि पठाइयो पाठ्यपुस्तक
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जबाट कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला र डोल्पामा नयाँ शैक्षिक सत्र २०८३ का लागि पाठ्यपुस्तक पठाइएको छ ।