बागलुङबाट चार हजार २५१ विद्यार्थी एसइई परीक्षामा सहभागि हुँदै
बागलुङमा यस वर्ष चार हजार २५१ विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् । ति मध्ये दुई हजार १११ छात्रा र दुई हजार १४० छात्र रहेको जिल्ला शिक्षा समन्वय इकाई बागलुङका प्रमुख प्रकाशबन्दु अर्यालले जानकारी दिनुभयो ।
निर्धक्क भएर परीक्षा दिन आग्रह मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बिहीबाट सुरु हुन थालेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा सहभागी सम्पूर्ण परीक्षार्थीहरुलाई डर, त्रासविना उच्च मनोबलका साथ परीक्षा दिन आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभएको छ।
आजदेखि एसइई : पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी हुँदै
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीले एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
एसइईमा कपिलवस्तुबाट नौ हजार ८८२ विद्यार्थी सहभागी हुने
कपिलवस्तुमा बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को सबै तयारी पूरा भएको छ ।
स्नातक तहको शुल्क गाउँपालिकाले तिरिदिने
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा (स्नातक तह) अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने भएको छ । पालिकाभित्रका स्नातक तह अध्ययन गर्दै विद्यार्थीको क्याम्पसलाई बुझाउनुपर्ने शुल्क गाउँपालिकाले तिरिदिने भएको हो ।
विद्यालयलाई सिसिटिभी क्यामरा सहयोग
सल्यानको दार्मा गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा सिसिटिभी क्यामरा जडान गरिएको छ। यसले विद्यालयको शैक्षिक वातावरणलाई प्रविधिमैत्री बनाउँदै सुरक्षा र अनुशासनमा सुधार ल्याउने उद्देश्य राखिएको छ।
सांगीतिक पीटीमा रमाउँछन् विद्यार्थी
हरेक दिन बिहान १० बज्दा माइकबाट वार्मअप धुन बज्न थाल्छ, अनि विद्यार्थीहरू अनुशासित ढंगमा आफ्नो कक्षाकोठाबाट लाइनबद्ध हुँदै विद्यालयको मैदानमा आउँछन्।
दाङमा एसइई : ४४ परीक्षा केन्द्र, १३ हजार ९९८ विद्यार्थी सहभागी
दाङमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १३ हजार ९९८ जना विद्यार्थी सहभागी हुने भएका छन्। जिल्लाका १० स्थानीय तहमा रहेका ११६ सामुदायिक र १४४ संस्थागत गरी २६० विद्यालयबाट विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन्।
एसइई परीक्षा मर्यादित बनाउन विकास मञ्चको ध्यानाकर्षण
चैत १९ गतेदेखि सुरु हुन लागेको एसइई परीक्षालाई जिल्लामा मर्यादित बनाउन सिरहा विकास मञ्च, सिरहाले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको छ।
सुनसरीका एसइई केन्द्राध्यक्षलाई प्रशिक्षण
माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई मर्यादित, भयरहित र व्यवस्थित गर्न सुनसरीका केन्द्राध्यक्षहरूलाई निर्देशन दिएको छ ।
हुम्ला र डोल्पाका लागि पठाइयो पाठ्यपुस्तक
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जबाट कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला र डोल्पामा नयाँ शैक्षिक सत्र २०८३ का लागि पाठ्यपुस्तक पठाइएको छ ।
परीक्षार्थी कम भएपछि रघुगङ्गाको एसइई केन्द्र हटाइयो
म्याग्दीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थी संख्या घटेपछि यस वर्ष एउटा स्थानीय तह परीक्षा केन्द्रविहीन बनेको छ ।
सुदूरपश्चिमबाट ५४ हजार परीक्षार्थीले एसईई दिने
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यसवर्ष सुदूरपश्चिम प्रदेशबाट करिब ४५ हजार परीक्षार्थी सहभागी हुने भएका छन् ।
एसईई सञ्चालन गर्न केन्द्राध्यक्ष तोकियो
यही चैत १९ गते बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि ताप्लेजुङमा केन्द्राध्यक्ष तोकिएको छ । एसईई सञ्चालन हुने जिल्लाका ११ वटा केन्द्रका लागि केन्द्राध्यक्ष तोकिएको हो ।
छात्रवृत्ति रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
जुम्लाको तातोपानी गाउँपालिका वडा नं. १ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामिना गरेको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सामुदायिक विद्यालयको पाठ्यपुस्तक ताप्लेजुङ पुग्यो
सामुदायिक विद्यालयको पाठ्यपुस्तक ताप्लेजुङमा यसवर्ष समयमै आइपुगेको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा करिव दुई साताअघि नै जिल्लामा पाठ्यपुस्तक आइपुगेको हो ।