गुणस्तरीय शिक्षा अबको एजेन्डा
विभिन्न पेसागत माग राखेर सडक सङ्घर्ष गरिरहेका शिक्षकका माग पूरा गर्न सरकार सहमत भएसँगै विधिवत् रूपमा आन्दोलन टुङ्गिएको छ ।
एसइईको उत्तरपुस्तिका परीक्षण गर्न सुरु
। सरकार र शिक्षकबिच सहमति भएलगत्तै कपिलवस्तुमा एसइई (माध्यमिक शिक्षा परीक्षा) उत्तरपुस्तिकाको परीक्षण कार्य सुरु गरिएको छ ।
आन्दोलन सकिएसँगै विधार्थी भर्ना अभियान सुरु
झण्डै एक महिनापछि शिक्षकहरूको आन्दोलन सकिएसँगै बिहीबारदेखि सुनसरीको सामुदायिक विद्यालयमा विधार्थी भर्ना अभियान सुरु भएको छ ।
आवासीय र घुम्ती शिक्षा खोज्दै उपल्लो मुस्ताङ पुग्छन् विद्यार्थी
जाजरकोट जिल्लाका खगेन्द्र विक उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–२, छोसेरमा रहेको दिव्यदिप माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ । भूकम्प प्रभावित परिवारका सदस्य विक आफन्तको सहयोगमा मुस्ताङ पुग्नुभएको हो ।
कतै विद्यार्थी भर्ना, कतै सुनसान
कञ्चनपुरमा झन्डै एक सय सामुदायिक विद्यालयले विद्यार्थी भर्ना कार्य पूरा गरेका छन् । २५६ सामुदायिक विद्यालय रहेका कञ्चनपुरमा हाल ९० वटा सामुदायिक विद्यालयले मात्र विद्यार्थी भर्ना गरेका छन् ।
विद्यालयको अक्षयकोषकामा दुई करोड १७ लाख सङ्कलन
म्याग्दीको मालिका गाउँपालिका ७ बिममा रहेको किसानी माध्यमिक विद्यालयले स्थापना गर्न लागेको किसानी सञ्जीवनी अक्षयकोषमा दुई करोड रुपियाँ भन्दा बढी सङ्कलन भएको छ ।
चोयाकोटको सन्देशमूलक पहलकदमी
शिक्षक आन्दोलनले सामुदायिक विद्यालयहरू देशभरी ठप्प छन् । त्यहीबेला बाजुराको एक विद्यालयले पठनपाठन बन्द नहोस् भनेर चालेको कदमको राम्रो सन्देश गएको छ ।
विद्यालयमा विपद् जोखिम न्यूनीकरण स्रोत केन्द्र सञ्चालन गरिने
त्यसका लागि तानसेन नगरपालिका, डिजास्टर एजुकेसन प्रोमोसन अफिस र सिटिनेट प्लस आर्टस् सेन्टर फर क्रियटिभ पार्टनरसिप्स डिजाइन एन्ड क्रियटिभ सेन्टर कोवे, जापानबीच त्रिपक्षीय सम्झौता भएको हो ।
सरकार र शिक्षककाे वार्ता सकारात्मक रुपमा अघि बढेको छ: शिक्षामन्त्री पन्त
काठमाडौँ, वैशाख १७ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताउनुभएको छ । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उहाँले मङ्गलबार रातिको वार्तापछि मन्त्रालयमै सञ्चारकर्मीलाई जानकारी दिनुभएको हो । वार्तामा शिक्षक पनि सकारात्मक रुपमा प्रस्तुत भएको जनइएको छ । शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीचको वार्ता मङ्गलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुभएको थियो । साथै महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको जनाइएको छ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सोमबार भएको वार्ता सकारात्मक रुपमा अघि बढेकामा आज पुनः वार्ता भएको हो । शिक्षक सङ्घ सङ्गठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ ।
अभिभावक आफैँले थाले पढाउन
शिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा गएपछि अभिभावकले नै विद्यालय खोलेर आफैँले पढाउन थालेका छन् । सिद्धिचरण नगरपालिका–३, ओखलढुङ्गाको नारायणस्थान माध्यमिक विद्यालयका अभिभावकले विद्यालय खोलेर पढाउन थालेका हुन् ।
पालिकाको दबाबपछि सञ्चालनमा आउँदै विद्यालय
शिक्षकको आन्दोलनले गर्दा बन्द भएका तनहुँ सामुदायिक विद्यालय पालिकाको दबाबपछि खुल्न थालेका छन् ।
विद्यालय सञ्चालन गर्न मुसिकोटको निर्देशन
गुल्मीको मुसिकोट नगरपालिकाले मङ्गलबारदेखि सामुदायिक विद्यालयका नियमित कक्षा सञ्चालन आन्दोलनरत शिक्षकलाई निर्देशन दिएको छ ।
खुल्न थाले सामुदायिक विद्यालय
नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण पच्चिस दिनदेखि बन्द रहेका सामुदायिक विद्यालय खुल्न थालेका छन् ।
महालक्ष्मीका सबै विद्यालय सञ्चालन हुँदै
धनकुटाको महालक्ष्मी नगरपालिकाका बिद्यालयहरु मंगलवारदेखि सञ्चालन हुनेभएका छन् । महालक्ष्मी नगरपालिकाका बिद्यालय ब्यबस्थापन समितिको भेलाले बिद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
नगरपालिकाको परिपत्रपछि खुल्न थाले मध्यनेपालमा विद्यालय
नगरपालिकाले विद्यालयमा भर्ना अभियान र पठनपाठन सुचारु गर्न परिपत्र गरेपछि लमजुङको मध्यनेपाल नगरपालिकामा विद्यालयहरू खुल्न थालेका छन् ।
शिक्षकका मागमा घनीभूत छलफल
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने र उक्त ऐनमा आफूहरूको पेसागत हक अधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका शिक्षकका माग पूरा गर्ने सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफललाई तीव्रता दिएको छ ।
कालीगण्डकी गाउँपालिकाका विद्यालय सञ्चालनमा
गुल्मीको कालीगण्डकी गाउँपालिकाका विद्यालय आइतबारदेखि सञ्चालनमा आएका छन् ।
शिक्षकसँग वार्ता सुरु
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने र उक्त ऐनमा पेसागत हकअधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेको नेपाल शिक्षक महासङ्घसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शनिबार वार्ता गरेको छ ।
शिक्षकका माग सम्बोधन गर्ने प्रयास जारी छः अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि आफ्नो पार्टीले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ ।
बन्दीपुर गाउँपालिकाद्वारा आइतबारबाट अनिवार्य पढाई सुरु गर्न सूचित
तनहुँको बन्दीपुर गाउँपालिकाले आइतबारबाट अनिवार्य पढाई सूचारु गर्न सूचित गरेको छ । शिक्षकहरूको दबाबमूलक आन्दोलनले गर्दा प्रभावित बनेको पठनपाठन प्रक्रिया सुरु गर्न सूचित गरेको हो ।
विद्यालय सञ्चालन नगरे राजीनामा दिन शिक्षकहरूलाई गाउँपालिकाको निर्देशन
गुल्मीको कालीगण्डकी गाउँपालिकाले वैशाख १४ गतेबाट विद्यालय सञ्चालन नगरे राजीनामा दिन शिक्षकहरूलाई निर्देशन दिएको छ ।
नेपालमा कति छन् विद्यालय ?
पूर्वप्राथमिक शिक्षामा कुल भर्नादर ८४ दशमलव ७ पुगेको छ भने प्रारम्भिक बाल विकासको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिको प्रतिशत ६६ दशमलव ९ पुगेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।
सरकार र शिक्षकहरूबिच छलफल सकियो, पुनः छलफल हुने
काठमाडौँ, वैशाख १३ गते । सरकार र शिक्षक महासङ्घबिच छलफललाई निरन्तरता दिने सहमति भएको छ । शनिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसहित सरकारी प्रतिनिधि र शिक्षक महासङ्घका प्रतिनिधि बिचको छलफलमा संवादलाई निरन्तरता दिने सहमति भएको हो । शनिवार बिहानदेखि सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक प्रतिनिधि र सरकारबिच वार्ता भएको थियो । वार्ताले छलफललाई निरन्तरता दिने र आन्दोलनका क्रममा शिक्षकहरूले उठाएका मागहरू पूरा हुनुपर्ने माग शिक्षकहरूले गरेको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनु भयो । उहाँले शिक्षक महासङ्घ अहिले आन्दोलनमा रहेको र आन्दोलनका क्रममा उठाएका विषयवस्तुहरू मन्त्री पन्तसँग छलफल भएको बताउनु भयो । उहाँले बैठकले छलफल र संवादलाई निरन्तरता दिने निर्णय गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘नेपाल शिक्षक महासङ्घ अहिले आन्दोलनमा छ । आन्दोलनका क्रममा हामीले उठाएका विषयवस्तुका बारेमा माननीय मन्त्रीज्यूको उपस्थितमा छलफल भयो । छलफल र संवादलाई निरन्तरता दिने निर्णय भएको छ ।’नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले सरकारले शुक्रवार दोस्रो पटक गरेको परिपत्रको आधारमा औपचारिक छलफलमा आएको बताउनु भयो । उहाँले अहिले नै निष्कर्षमा पुगी नसके पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल सरकारले आफूहरूका माग पूरा गरेको खण्डमा निष्कर्षमा छिटै पुग्ने बताउनु भयो । उहाँले मुलुकभरका विद्यालय र ७० लाख विद्यार्थी र अभिभावकहरूको जिम्मेवारी पनि शिक्षक महासङ्घलाई रहेको भन्दै शिक्षक कर्मचारीको सेवा सुविधा मात्रै सुनिश्चित गर्नका लागि नभई गुणस्तरीय शिक्षा प्रदान गर्न नेपाल सरकार शिक्षा ऐन ल्याउन माग गर्दै आन्दोलनमा होमिएको बताउनु भयो । केही समय लाग्न सक्ने तर निकास दिएरै छोड्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामी औपचारिक रूपमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट पछिल्लो समय हिजो मात्रै दोस्रो पटक गरिएको परिपत्रको आधारमा हामी औपचारिक रूपमा छलफल र संवादमा छौँ । हामी निष्कर्षमा पुगेका छैनौँ । निष्कर्ष शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल सरकारले हामीले पेस गरेका माग मुद्दामा यथेष्ट जानकारी गराउने र जानकारी गराइसकेपछि मात्रै हामी निकासमा आउनेछौँ । समग्र विद्यालय मुलुकभरका, ७० लाख विद्यार्थी र अभिभावकहरूको जिम्मेवारी पनि नेपाल शिक्षक महासङ्घको काँधमा छ । तसर्थ हामीले शिक्षक कर्मचारीको सेवा सुविधा मात्रै सुनिश्चित गर्नका लागि होइन, गुणस्तरीय शिक्षा प्रदान गर्न नेपाल सरकार शिक्षा ऐन लिएर आऊ भन्ने अभियानमा सडक आन्दोलन जारी छ । आज आन्दोलनको ८५ औँ दिन हो । सडक आन्दोलन गरेको आज २५ औँ दिन हो । केही समय लाग्न सक्छ तर हामी निकास दिन्छौँ । निकास दिने मुख्य निकाय भनेको शिक्षा मन्त्रालय र नेपाल सरकार हो ।’विद्यालय शिक्षा विधेयक सदनमा प्रवेश गरे लगत्तै आन्दोलन रोक्ने शिक्षकहरूको अडान कायमै रहेको छ ।
शिक्षाद्वारा जातीय एकता सुदृढीकरण
पछिल्ला केही दशकमा, विशेष गरी दुर्गम र जातीय अल्पसङ्ख्यक क्षेत्रमा निरन्तर सुधार र लगानीमार्फत चीनले व्यापक र सन्तुलित शैक्षिक विकास हासिल गरेको छ ।